Top Navigation
Main Navigation
सोमबार, पुस २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • संस्कृति जोगाउन अग्रसर
संस्कृति जोगाउन अग्रसर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक ३०, २०८०

रामपुर, पाल्पा । देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ। सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति-विसङ्गति बढ्दै गएको छ।

तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका-३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ। समाजले गाउँ-गाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ।

ढोलक, बाजा, झुर्मा, ट्याम्को, नरसिंहा, विकुल, सहनाइलगायतका विभिन्न वाद्यवादनसहित देउसीभैलोका नाममा अहिले भित्रिएको विकृतिलाई रोक्न सामूहिकरूपमा देउसीभैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विक बताउँछन्। “अहिले देउसीभैलोको मौलिकपन नै भेटिदैन, संस्कृतिमा पूरै विकृति भित्रिएको छ, पुराना संस्कार, संस्कृति मौलिकरूपमा मनाइनुपर्छ, यस अभियानमा हामी सामूहिकरूपमा जुटेका छौँ”, उनले भने।

समाजले गत वर्ष १ लाख ६० हजारको विभिन्न वाद्यवादनका सामग्री खरिद गरेको अध्यक्ष विकले बताए। नयाँ पुस्तामाझ देउसीभैलोको मौलिक परम्परा नै मेटिसकेको र आधुनिकताले समाजमा विकृति ल्याएको बताउँछन्, समाजका ज्येष्ठ सदस्य मोहनबहादुर विक।

उनले पहिला–पहिलाको देउसीभैलोको तुलनामा हिजोआज धेरै फरक रहेको बताए। आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकामा उनी चिन्तित छन्।

बालबालिका, युवा, उमेर ढल्कदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसीभैलोमा गाउँ-गाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरभेटीले खुसी हुँदै दानदक्षिणा दिने गरेको युवा मनु विक बताउँछन्।

देउसीभैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा लगाउने उनले बताए। नयाँपुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिकरूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ।

मौलिक बाजाको तालमा देउसीभैलो समूह घर-घरमा आउँदा स्थानीय पनि दङ्ग छन्। मेमोरीकार्ड, क्यासेट गीत, युट्युबबाट हिन्दी, रिमिक्स, पप, आधुनिक, लोकगीतमा देउसीभैलो खेल्नेको जमात बढ्दो छ। मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसीभैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ।

देउसीभैलोबाट चाडपर्व मनाउने नाममा विकृति विसङ्गति भित्रिन नदिन दलित मुक्ति समाजले गरेको यस कार्यलाई सबैले सकारात्मकरूपमा लिएका छन्। समाजमा ८० घरपरिवार दलित समुदायमात्र आबद्ध छन्। आफ्नो समाजभित्र हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको समाजले जनाएको छ।

हिजोआज खैँजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसीभैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन। कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो। पश्चिमा संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसीभैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ।

बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ। तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन्।

उज्यालै उज्यालैको पर्वका रूपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो। चाडपर्वमा पहिलेजसो मौलिकपनको सट्टा नयाँपन दिन खोज्दा पुरानो इतिहास नै मेटिन पुगेको बूढापाका बताउँछन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ०९:३६
##culture #palpa #rampur
प्रतिक्रिया दिनुहोस्
थप समाज
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने सोमबार, पुस २१, २०८२
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन सोमबार, पुस २१, २०८२
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ सोमबार, पुस २१, २०८२
काठमाडौंमा चिसो बढ्यो
काठमाडौंमा चिसो बढ्यो सोमबार, पुस २१, २०८२
तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे सोमबार, पुस २१, २०८२
आजकाे माैसम: वर्षा र हिमपातको सम्भावना
आजकाे माैसम: वर्षा र हिमपातको सम्भावना सोमबार, पुस २१, २०८२
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ : शनिबार, पुस १९, २०८२
आज तमु ल्हाेसार पर्व
आज तमु ल्हाेसार पर्व मंगलबार, पुस १५, २०८२
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्? मंगलबार, पुस ८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ जाडोलाई तह लगाउँने ११ उपाय
  • नंः ३ सत्य आफैमा एउटा ठूलो तन्त्र हो
  • नंः ४ आज तमु ल्हाेसार पर्व
  • नंः ५ जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्