Top Navigation
Main Navigation
सोमबार, पुस २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आठ वर्षमा पनि पुल निर्माण भएन
आठ वर्षमा पनि पुल निर्माण भएन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, मंसिर ५, २०८०

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका-३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण शुरु भएको ८ वर्ष वित्यो तर पनि पूरा हुन सकेको छैन्।

पाँचौ पटक ठेक्का सम्झौताको म्याद थप भएको यो पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र पूरा भएको हो। एक सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि वि.स. २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता ठेक्का सम्झौता भएको थियो।

योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी रु. १४ करोड १९ लाख ६५ हजार ८८१ पुुगेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ। 

कुुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले गत साउनमा कटान गरेर जोखिम बनाएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए।

डिजाइनको समस्याले २ वर्ष रोकिएको यो पुुल निर्माणको काम संघीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो। मोटरेबल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको छ।

कुञ्जो, ताउलुङ, टिटी, देउरालीका १ सय ५० भन्दा बढी घरधुरी लाई आवत जावतमा असुविधाका साथै आलु लगायत गाउँमा उत्पादन भएको कृषि उपज निकासीमा समस्या भएको छ।

निर्माणाधिन छायो–कुञ्जो जोड्ने मोटरेबल पुलको निरिक्षण गरेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले निर्माण व्यवसायीलाई काममा फर्काउन ताकेता भइरहेको र काम नगरे कारबाहीसँगै ठेक्का तोडेर पुल निर्माणलाई पूर्णता दिने उनले बताए।

एल.आर.डि.पी.का विज्ञहरुको टोलीले हालै सो पुलको निरिक्षण गरेको र टोलीको सुझावको आधारमा जोखिम न्युनीकरण तथा पुल संरक्षणको काम गर्ने तयारी भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:४५
##chhyokunjobridge #mustang
प्रतिक्रिया दिनुहोस्
थप समाज
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने सोमबार, पुस २१, २०८२
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन सोमबार, पुस २१, २०८२
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ सोमबार, पुस २१, २०८२
काठमाडौंमा चिसो बढ्यो
काठमाडौंमा चिसो बढ्यो सोमबार, पुस २१, २०८२
तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे सोमबार, पुस २१, २०८२
आजकाे माैसम: वर्षा र हिमपातको सम्भावना
आजकाे माैसम: वर्षा र हिमपातको सम्भावना सोमबार, पुस २१, २०८२
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ : शनिबार, पुस १९, २०८२
आज तमु ल्हाेसार पर्व
आज तमु ल्हाेसार पर्व मंगलबार, पुस १५, २०८२
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्? मंगलबार, पुस ८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ जाडोलाई तह लगाउँने ११ उपाय
  • नंः ३ सत्य आफैमा एउटा ठूलो तन्त्र हो
  • नंः ४ आज तमु ल्हाेसार पर्व
  • नंः ५ जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्