Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • धादिङको तेह्र सय बर्ष पुरानो गंगा-जमुना जात्रामा झनै रौनकता
धादिङको तेह्र सय बर्ष पुरानो गंगा-जमुना जात्रामा झनै रौनकता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, मंसिर ८, २०८०

मलेखु, धादिङ । धार्मिक तथा पर्यटकीय रुपले परिचितस्थल हो धादिङको गंगा-जमुना झरना ।

यो झरनामा वर्षाैदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन। यो झरना हिउँदमा खासै देखिदैन । तर, देशका थुप्रै जिल्लाहरुबाट यो मेला हेर्न र गंगा जमुना माइको दर्शन गर्न आउने गर्दछन्।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधिनी एकादशीको दिन मनाइन्छ। गंगाजमुना गाउँपालिकाको नाम पनि यहि मेलाको नामबाट राखिएको हो।

झरनाको फेदीमा जम्मा भएका भक्तजनले एकादशीको दिन बिहानै स्नान गरि पुजाआजा गर्ने गरेका छन्।
१३ सय वर्ष अगाडि गंगा र जमुना नाम गरेका दुई छोरीहरु बेपत्ता भएको र परिवार खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं हामीलाई यही पुजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगा जमुना माइको मेला सुरु भएको किम्बदन्ती छ।

गंगाजमुना गाउँपालिका-५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन्। तीन सय मिटर माथिबाट झर्ने यो झरनामा गएर नुहाउने र मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन छ।

झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पुजा आजा गर्ने प्रचलन पनि रहेको छ।
एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरि डोली तार्ने बत्ती सेलाऊने र पहरामा रहेको भगबान गंगा जमुनाको दर्शन गरि फर्किने चलन छ।

गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ। भक्तजनहरुले गंगा-जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक बिश्वास रहि आएको गाउँपालिका अध्यक्ष भक्तवहादुर लामाले बताए।

गंगा जमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ। विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ ।

यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ।

स्थानीय सिंहवहादुर तामाङ भन्छन्-’एकादशीको दिन रात नै झाक्री नाचको रौनक अझ छुट्टै हुन्छ। भाकल बुझाउन वा दर्शन गर्न आउनेहरुले रातभर आ–आफ्नो भेषभुसा र पहिरन अनुसारको कला देखाउँछन् र विहान भएपछि झरनामा स्नान गरी पुजापाठ गरेर फर्कन्छन्।’

यो जात्रा धादिङको गंगा जमुना गाउँपालिकास्थित फुलखर्कमा छ। यहाँबाट घाम अस्ताएको र उदाएको दृष्य निकै रोमान्चक देखिन्छ। जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रीकालिन कन्सर्टको आयोजना गर्दै आएको छ। लङ्गरबुर्जा खेल यहाँको रात्रीकालिन जात्राको विशेषता हो।

हरिबोधिनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पुजा हुने गरेपनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ। धार्मिक तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण र आकर्षक भएपनि त्यस ठाँउसम्म पुग्नका लागि सडक सञ्जालको कठिनाई छ।

भौगोलिक हिसावले विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १७:१३
##gangajamunajatra #gangajamuna #dhading
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्