उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-५ देउरीस्थित अन्नपूर्ण स्कुलकाे बस आज दिउँसो उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा दुर्घटना भएको छ।
उक्त स्कुल बस दुर्घटना हुँदा बस चालकसहित ३ जनाको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो।
दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ भने ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीकाे उपचारकाे क्रममै मृत्यु भएको छ।
घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए।
गम्भीर घाइते ५ जनालाई भने थप उपचारका लागि विराटनगर पठाइएको जिप्रका उदयपुरले जनाएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८० १८:४७