काठमाडौं। नेपाली एडभेन्चर स्टार तथा ख्यातिप्राप्त मोडल एवम् अभिनेता गौतम खातीलाई पितृशोक परेको छ। एडभेन्चर स्टार खातीलाई आइतवार राति पितृशोक परेको हो।
लामो समयदेखि क्यान्सर रोगवाट पीडित एडभेन्चर स्टार खातीका पिता खुशीलाल खातीको ७८ वर्षको उमेरमा आइतवार राति दुःखद निधन भएको थियो। स्वर्गवासी खुशीलाल खाती ललितकलाका सक्रिय कलाकार तथा समाज सुधारक थिए।
उनको जेठो छोरा गौतम खाती सहित दुई छोरा, एक छोरी र पत्नी छन्। स्वर्गवासी खुशीलाल खातीको आइतवार पशुपति आर्यघाटमा राति नै दाह संस्कार गरिएको जानकारी खाती परिवारले दिएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० २१:०४