Top Navigation
Main Navigation
सोमबार, फागुन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, फागुन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अमेरिकाको अस्टिनवासी नेपाली समुदायसँग नेजाद्वारा अन्तरक्रिया
अमेरिकाको अस्टिनवासी नेपाली समुदायसँग नेजाद्वारा अन्तरक्रिया
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, मंसिर १२, २०८०

    टेक्सास (अमेरिका ) ! अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सास राज्यको अस्टिन सहरमा रहनुभएका समुदायसँग समुदाय र पत्रकारबीचको अन्तरसम्बन्ध अभिवृद्धि एवं सूचना प्रवाहमा सहजताका सम्बन्धमा केन्द्रित रहेर ‘नेजा-समुदाय अन्तरक्रिया’ गरेको छ । नोभेम्बर २६, २०२३ आइतबार ग्रेटर अस्टिन नेपाली सोसाइटीको भवनमा आयोजित कार्यक्रममा विभिन्न पेसा एवं व्यवसायमा आबद्ध व्यक्ति र पत्रकारबीच सो अन्तरक्रिया गरिएको हो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अमेरिकामा नेपालीको बढ्दो जनसंख्याका साथै यहाँको रहनसहन, परिवेशमा हाम्रो समाजलाई सहभागी गराउन र जीवनयापन सहज बनाउनका साथै दोस्रो पुस्तालाई कसरी आकर्षित गर्ने र सहभागी बनाउनेजस्ता विषयमा छलफल एवं अनुभव आदान-प्रदान गरिएको थियो । समुदायका अगुवाहरूले समाजमा भएका गतिविधि एवं आवश्यक सूचना प्राप्त गर्न नसकेको गुनासो गर्नुभएको थियो भने पत्रकारहरूले समुदायमा गरिने गतिविधि एवं कार्यक्रमका बारेमा सम्बन्धित व्यक्ति एवं संस्थामार्फत आवश्यक सूचना प्राप्त गर्न नसकिएको गुनासो गर्नुभएको थियो ।

कार्यक्रममा समग्र अस्टिनवासीको प्रतिनिधित्व गर्दै अग्रज चलचित्रकर्मी, पत्रकार एवं नेजाका सदस्य नारायण पुरीले समुदायले नेजामार्फत गरेका अपेक्षा, पत्रकारसँग समुदायका गुनासो, सल्लाह एवं सुझावका बारेमा प्रकाश पार्नुभएको थियो । पुरीले पत्रकार तथा सञ्चारमाध्यमलाई आफ्नो भूमिका निर्वाह गर्ने क्रममा सबैलाई समान व्यवहार र समान रुपमा समेट्न पनि आग्रह गर्नुभएको थियो । यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिकाभर रहनुभएका विशेषगरी नेपाली समुदायलाई आवश्यक पर्ने सूचना एवं समुदायले गर्ने कार्यक्रमका बारेमा जानकारी सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन कठिनाइ हुन सक्ने हुँदा सम्पूर्ण व्यक्ति एवं संघ-सस्थालाई आफूले गर्ने कार्यक्रमका बारेमा सङ्कलन गरिएका सूचना नेजालाई उपलब्ध गराइदिनुभएमा नेजाको तर्फबाट उत्तर अमेरिकाबाट सञ्चालित सम्पूर्ण सञ्चारमाध्यममा प्रवाह गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष भण्डारीले नेजाले आगामी दिनमा आफ्नो विद्यमान दायरा र भूमिकालाई समुदायको आवश्यकता र समयको मागबमोजिम फराकिलो बनाउँदै अमेरिकामा रहेका दोस्रो पुस्तालाई सक्रिय रुपमा सहभागी गराउन आफू लागिपर्ने बताउनुभयो । यस्तै, नेजाका महासचिब बाबुराम दाहालले कार्यक्रम सञ्चालन गर्ने क्रममा नेजा आफैंमा सञ्चारमाध्यम नभएको तर उत्तर अमेरिका रहेका सम्पूर्ण सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको साझा संस्था भएको हुँदा समुदायमार्फत नेजालाई प्राप्त सूचना एवं समाचारलाई सबै सञ्चारमाध्यममा प्रवाह गर्ने मध्यस्थकर्ताको भूमिका खेल्ने बताउनुभयो । साथै, महासचिव दाहालले नेपाली पत्रकार एवं समुदायको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै नेजाले आफ्नो दायरा एवं भूमिकालाई समयानुकूल विस्तार गर्दै जाने बताउनुभयो ।

नेजाका सचिव प्रतिमा बाँस्कोटाले स्वागत तथा कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यसमिति सदस्य झरना अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायलाई आवश्यक पर्ने सूचना तथा समाचार समेटेर नेजालाई छुट्टै मुखपत्र प्रकाशन गर्नसमेत सुझाव दिनुभएको थियो । कार्यक्रममा ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्ट, पूर्वअध्यक्ष गेहेन्द्र केसी, पर्यटन दूत उद्वब खनाल, एनआरएनए आईसीसी सदस्यद्वय पदम ठकुराठी र महेश रेग्मी, एनआरएनए एनसीसी अमेरिकाका पूर्वकोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, एनआरएनए एनसीसी टेक्सास च्याप्टरका कोषाध्यक्ष विनोद साह, एनआरएनए अभियन्ता प्रदीप चौलागाईं, सामाजिक अभियन्ता दीपक हुमागाईं, समाजसेवी धीरेन्द्र यादव, शिव न्यौपाने, अजय बस्नेत, चन्द्रमान लिंखा, अशोक साही, दिपेश भण्डारी, युवा व्यवसायी रोशन बुढाथोकी, क्षितिज लोहनीलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, पत्रकार एवं नेजाका सदस्य शम्भु दवाडी, रवीन पिया, नारायण भण्डारी, भीषण न्यौपाने, दिपक गुरुङलगायतको उपस्थिति रहेको थियो । उत्तर अमेरिकामा रहनुहुने आमसमुदायलाई आफूले गर्ने कार्यक्रम एवं आवश्यक सूचना उपलब्ध गरानका लागि नेजाको आधिकारिक इमेल [email protected] रहेको नेजाका महासचिव दाहालले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा शनिबार, फागुन १६, २०८२
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन बिहीबार, फागुन १४, २०८२
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
  • नंः ३ कविता : गाउँ-शहर
  • नंः ४ मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
  • नंः ५ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्