Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • गोरखा दरबार शैक्षिक भ्रमणको प्रमुख गन्तव्य 
गोरखा दरबार शैक्षिक भ्रमणको प्रमुख गन्तव्य 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर १७, २०८०
Gorkha Durbar

गोरखा । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ।

शैक्षिक भ्रमणको याम सुरु भएसँगै सङ्ग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढ्नुले गोरखा सङ्ग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो।

विभिन्न जिल्लाबाट दैनिक सयौँका सङ्ख्यामा सङ्ग्रहालय घुम्न र अध्ययनका लागि विद्यार्थी शैक्षिक भ्रमणमा आउन गरेको सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

‘‘गएको चार महिनाको अवधिमा मात्र करिब ३० हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन्, पछिल्लो समय सङ्ग्रहालय घुम्न आउनेहरूमा अधिकांश शैक्षिक भ्रमणमा आउने विद्यार्थी छन्”, उनले भने।

गएको कात्तिक महिनामा मात्र १४ हजार ३ सय ८० जनाले सङ्ग्रहालय अवलोकन गरेको उनले बताए। त्यस्तै गएको साउनमा ६ हजार २ सय ४९, भदौमा ४ हजार ८ सय ४९, असोजमा ५ हजार ३ सय ९ जनाले सङ्ग्रहालयको अवलोकन गरेको कार्यालयको तथ्याङ्क छ। मङ्सिरमा २० हजारभन्दा बढीले सङ्ग्रहालय अवलोकन गर्ने अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ छ।

शैक्षिक भ्रमणको सिजन सुरु भएपछि कात्तिकदेखि सङ्ग्रहालय घुम्न आउनेको सङ्ख्या ह्वात्तै वृद्धि भएको उनको भनाइ छ। ‘‘शैक्षिक भ्रमणका लागि विद्यार्थीको रोजाइमा मुख्य गोरखा पर्ने गरेको र गोरखा आएपछि एकपटक ऐतिहासिक सङ्ग्रहालयको अवलोकन नगरी फर्कन प्रायः कोही हुँदैन”, उनले भने, ‘‘अहिले सङ्ग्रहालयमा आउने विद्यार्थीको चाप अत्यधिक छ।”

सङ्ग्रहालयमा तत्कालीन गोरखा राज्यको इतिहाससँगै संस्कृति, परम्परा रीतिरिवाज झल्कने पुरातात्विक महत्वका वस्तुको समेत अवलोकन गर्न पाइन्छ। “सङ्ग्रहालयमा पृथ्वीनारायण शाहसँग सम्बधित ऐतिहासिक वस्तुको अवलोकन गर्नसक्ने व्यवस्था मिलाइएको छ, गोरखा राज्य र पृथ्वीनारायण शाहको इतिहास अध्ययनका लागि धेरैजसो विद्यार्थी गोरखा सङ्ग्रहालयको अवलोकन गर्न आइपुग्छन्”, प्रमुख अधिकारीले भने।

नेपाल एकीकरणको थालनी भएको तत्कालीन गोरखा राज्यको इतिहास बुझ्ने उद्देश्यले गोरखा सङ्ग्रहालयको भ्रमणमा विद्यार्थी आउने गरेको उनको भनाइ छ। “अधिकांश जिल्लाका विद्यालयबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी लिएर गोरखा सङ्ग्राहलय आउने गरिएको पाइन्छ”, प्रमुख अधिकारीले भने, “यसले पनि सङ्ग्रहालय शैक्षिक भ्रमणको मुख्य रोजाइमा पर्ने गरेको बुझ्न सकिन्छ।”

मुख्य गरी हरेक वर्षको कात्तिकदेखि पुससम्मको अवधि शैक्षिक भ्रमणका लागि उपयुक्त मानिन्छ। तल्लो दरबारको नामले चिनिने गोरखा सङ्ग्रहालय भएको भवन आफैँमा पनि परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेकाले त्यसको अवलोकनसमेत शैक्षिक भ्रमणमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको उनले बताए।

सङ्ग्रहालयमा पृथ्वीनारायण शाहको ५२ हात लामो चिनासहित तैलचित्र कक्ष, वंशावली कक्ष, जन्मकुण्डली कक्ष, दिव्यउपदेश कक्ष, हातहतियार कक्ष, धार्मिक परम्परागत कक्ष, जनजातिको झाँकी कक्ष, परिचात्मक कक्ष, भाँडावर्तन कक्ष, श्रव्यदृश्य कक्ष, चैत्य कक्ष र हस्तलिखित गरी १२ प्रदर्शनी कक्षसमेत प्रदर्शनीका लागि राखिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०९:४०
##gorkhadurbar
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्