Top Navigation
Main Navigation
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भगवती माई माइत झरिन्
भगवती माई माइत झरिन्
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर २८, २०८०

मलेखु, धादिङ । सयौंँ मानिसको भीड। अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन्। दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ।

प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति। सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका-६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ। सयौंँ मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन्।

भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ। यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रुपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको स्थानीय शिवप्रसाद सापकोटाले जानकारी दिए। रोचक कुरा बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले छुन भने नपाउने उनको भनाइ थियो।

सापकोटाले भने, “पहिलेदेखिको चलन यही हो । भगवानलाई छुन र हेर्न पाइदैन। बाहिरबाटै दर्शन गर्ने फुलअक्षेता चडाउने हो।” देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन्। मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको उनले बताए। वडादसैँको चतुर्थीका दिन पूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सारिएको हो।

रानामगर, तिमिल्सिना र सापकोटा थरका पूजारीले त्रिपुरासुन्दरी भगवतीमाइको मूर्ति र सरसामानलाई आफ्नो पिठ्यूँमा बोकेर यात्रा गराउन परम्परा रहेको सापकोटाले जानकारी दिए।

वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ। रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने उन्को भनाइ थियो।

यी तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताए। उनका अनुसार यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन्।

विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दशै तिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको श्रेष्ठले जानकारी दिए।

सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ। जुन मामाघरको रुपमा प्रसिद्ध छ।

स्थानीय पूजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेँसीको मन्दिरमा राखिन्छ। जुन भगवतीको माइतीको रुपमा चिनिन्छ।

“सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ। यसलाई भगवतीको कर्मघरका रुपमा लिइन्छ”, उनले भने।

“पुजारीले मात्र छुन मिल्ने उक्त मूर्ति कस्तो आकारको छ वा बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन्। प्रत्येक वर्ष मेला हेर्न आउँछौँ। तर छुन/हेर्न पाइने भन्ने हुँदैन। परम्परादेखि नै चलिआएको चलन हो। हामी यो परम्परा बदल्न सक्दैनौँ”, मेला हेर्न आएकी देवकी अधिकारीले भने।

नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन्।

मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका-४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्यूँमा बोकेर करिब तीन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका-६ माईथानबेसीको मन्दिरमा ल्याइन्छ। यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:२२
##bhagawatimai #dhading
प्रतिक्रिया दिनुहोस्
थप समाज
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्