Top Navigation
Main Navigation
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विवाह पञ्चमी महामहोत्सव : सीताराम स्वयम्बर
विवाह पञ्चमी महामहोत्सव : सीताराम स्वयम्बर रङ्गभूमी मैदान बाह्रबिघामा सीतारामको विवाह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस १, २०८०
Ramjanaki Temple janakpurdham

जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ।

गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिएको हो।

आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा सीतारामको विवाह भएको प्रसङ्गअनुसार आज स्वयम्बरको आयोजना हुनलागेको महन्थ दासले बताए। सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ।

sitaram bibah1702782882.jpg

Nepal Oil Corporation

आज राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुर्याइन्छ भने जानकी मन्दिरबाट लिइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिले त्यहाँ स्वागत अभिनन्दन गर्दछन्।

सोही मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्थले जानकी (सीता)लाई माला लगाई आरती पूजनपछि विधिवत स्वयम्बर हुन्छ।

तत्पश्चात लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याएर आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ भने आजै राति मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ।

यसअघि पहिलो दिन मङ्गलबार जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला भयो। तेस्रो दिन बिहीबारका दिन ‘धनुष यज्ञ’ सम्पन्न गरिएको थियो।

धनुष यज्ञ त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार कार्यक्रम सम्पन्न भई सीतारामबीच स्वयम्बर हुने पक्का भएको थियो।

चौथो दिन शुक्रबार तिल्कोत्सव अर्थात् राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्न, वाग्दान) सम्पन्न भएकामा हिजो शनिबार मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिएको थियो।

जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले आज छैटौँ दिन रङ्गभूमी मैदान बाह्रबिघामा सीतारामको विवाह सुसम्पन्न भएर भोलि पुस २ गते रामकलेवा अर्थात् जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन खुवाई बिदाइ गरी यस वर्षको महामहोत्सव कार्यक्रम समापन हुने बताए।

अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन्।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०८:५५
##janakpur #ramjanaki #sitaram #bibah
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा सोमबार, कात्तिक १८, २०८२
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्