Top Navigation
Main Navigation
मंगलबार, भदौ २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार प्रदान
सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार प्रदान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस १३, २०८०

काठमाडौँ, पुस १३ गते । नेवाः पत्रकार राष्ट्रिय दबूले शुक्रबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार गोरखापत्रका वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वर्गीय श्रेष्ठको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा चौधरीलाई २५ हजार रुपियाँसहित ताम्रपत्र प्रदान गर्नुभयो । सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रि दबूको मुखपत्र आज्जुको विमोचन पनि गरिएको थियो ।

पत्रकार चौधरीले २०७२ सालदेखि स्वर्गीय श्रेष्ठका बारेमा खोज गरी निरन्तर लेख, रचना लेख्ने र नेपाल पत्रकार महासंघको इतिहासलाई पुनःलेखनको बारे सार्वजनिक बहस र विमर्शको विषय बनाउन पु-याउनुभएको योगदानको आधारमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । प्रेस काउन्सिल नेपालले २०७२ पुसमा प्रकाशित संहितामा इतिहास बांँङिगएको दुःखेसो, प्रेस चौतारी नेपालले २०७३ सालमा प्रकाशित गरेको पत्रिकामा नेपाली पत्रकारिताको बहस र यथार्थ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाट विसं २०८० भदौंमा महासंघको संस्थापक प्रकाशित सत्यनारायणबहादुर श्रेष्ठ गरी चौधरीका लेख प्रकाशित छन् । चौधरीले विभिन्न सार्वजनिक बहसमा सो सम्बन्धी अनुसन्धात्मक कार्यपत्र प्रस्तुत गर्दै आउनुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउने अभियान चलाउँदै आएको छ । सोही अभियानअन्तर्गत सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्षदेखि थालनी गरिएको हो ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको हो । २००९ सालमा संघको दोस्रो सभाबाट पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ ।

Nepal Oil Corporation

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालीहरु आफ्नै पहिचान मेटाइरहेकोले नेपाल उँभो लाग्न नसकेको हो, भन्नुभयो । सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष हो, भन्ने विषय घाम जस्तै छर्लङग छ । तर आप्mनै क्षेत्रको बारेमा हामीले सही तथ्य बङ्ग्यारहेका छौँ । आफ्नै छिनोफानो गर्न नसक्दा नेपाली पत्रकारितालाई कसरी विश्वास गर्छ भन्ने पनि प्रश्न हुनसक्छ– उहाँले भन्नुभयो । उहाँले श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्षमा स्थापित गर्न अझै अध्ययन, अनुसन्धानको आवश्यकता भएमा प्रेस काउन्सिलको सहयोग रहने जानकारी पनि दिनुभयो ।

नेपाल पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपाल पत्रकार दबूले विगत चार वर्षदेखि श्रेष्ठलाई संस्थापक अध्यक्षको पहिचान दिन अभियान चलाएको र यसपटक उहाँको १०८ औँ जन्मजयन्तीको अवसरमा सत्यनारायणबहादुर श्रेष्ठ स्मृति फुटसल र पत्रकारिता पुरस्कारको स्थापना गरेर यो अभियानलाई अझ बृहत् रुपमा लगेको जानकारी दिनुभयो ।

यसैगरी, श्रेष्ठकी छोरी तथा आदर्श विद्या मन्दिरकी प्रिन्सिपल सुजिता मानन्धरले सत्यनारायण बहादुर श्रेष्ठ कर्म गर्ने तर फलको आशा नगर्ने व्यक्तित्व भएको भन्नुहुँदै जानकारी दिँदै पत्रकारिता गर्ने क्रममा राजनीतिक वितृष्णाले उहाँ शिक्षा क्षेत्रमा होमिनुभएको र त्यसपछि शिक्षामै बढी फोकस हुनुभयो, भन्नुभयो । श्रेष्ठलाई नेपालका अग्रज शिक्षाविद्को रुपमा पनि चिनिन्छ ।

सो अवसरमा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने चौधरीले यस सम्मानपछि सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्षको पहिचान दिलाउने अभियानमा अझ बढी शोध गर्न आफूलाई घच्घचाएको र त्यसलाई सफल बनाइछाड्ने अठोट व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– सत्यनारायणबहादुर श्रेष्ठले पत्रकार महासंघको संस्थापक अध्यक्षको मान्यता पाएपछि मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । न्याय हुनेछ ।

नेवाः पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर र सचिव तथा कार्यक्रम संयोजक राजु नापितले पनि श्रेष्ठबारे आआप्mनो धारणा प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको विजेता नेवाः पत्रकार राष्ट्रिय दबु, चितवन, उपविजेता नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौँ र तेस्रो स्थान हािसल गर्ने नेवाः कलाकारको टिमलाई ट्रफी, पदक तथा प्रमाण पत्र प्रदान गरियो । यसैगरी सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कपका संयोजक प्रजित शाक्य, नेवाः पत्रकार राष्ट्रि दबुद्वारा प्रकासित बुलेटिन आज्जुका प्रधान सम्पादक सुरजवीर वज्राचार्य, भिडियो÷फोटो संयोजन गर्ने अनुप प्रधान र सत्यनारायण बहादुर श्रेष्ठ जन्मजयन्ती कार्यक्रमका संयोजक राजु नापितलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।

Newa Patrakara 11703868773.jpeg

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाज
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ५ काठमाण्डूको इन्द्रजात्रा
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्