Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार प्रदान
सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार प्रदान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस १३, २०८०

काठमाडौँ, पुस १३ गते । नेवाः पत्रकार राष्ट्रिय दबूले शुक्रबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार गोरखापत्रका वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वर्गीय श्रेष्ठको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा चौधरीलाई २५ हजार रुपियाँसहित ताम्रपत्र प्रदान गर्नुभयो । सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रि दबूको मुखपत्र आज्जुको विमोचन पनि गरिएको थियो ।

पत्रकार चौधरीले २०७२ सालदेखि स्वर्गीय श्रेष्ठका बारेमा खोज गरी निरन्तर लेख, रचना लेख्ने र नेपाल पत्रकार महासंघको इतिहासलाई पुनःलेखनको बारे सार्वजनिक बहस र विमर्शको विषय बनाउन पु-याउनुभएको योगदानको आधारमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । प्रेस काउन्सिल नेपालले २०७२ पुसमा प्रकाशित संहितामा इतिहास बांँङिगएको दुःखेसो, प्रेस चौतारी नेपालले २०७३ सालमा प्रकाशित गरेको पत्रिकामा नेपाली पत्रकारिताको बहस र यथार्थ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाट विसं २०८० भदौंमा महासंघको संस्थापक प्रकाशित सत्यनारायणबहादुर श्रेष्ठ गरी चौधरीका लेख प्रकाशित छन् । चौधरीले विभिन्न सार्वजनिक बहसमा सो सम्बन्धी अनुसन्धात्मक कार्यपत्र प्रस्तुत गर्दै आउनुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउने अभियान चलाउँदै आएको छ । सोही अभियानअन्तर्गत सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्षदेखि थालनी गरिएको हो ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको हो । २००९ सालमा संघको दोस्रो सभाबाट पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालीहरु आफ्नै पहिचान मेटाइरहेकोले नेपाल उँभो लाग्न नसकेको हो, भन्नुभयो । सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष हो, भन्ने विषय घाम जस्तै छर्लङग छ । तर आप्mनै क्षेत्रको बारेमा हामीले सही तथ्य बङ्ग्यारहेका छौँ । आफ्नै छिनोफानो गर्न नसक्दा नेपाली पत्रकारितालाई कसरी विश्वास गर्छ भन्ने पनि प्रश्न हुनसक्छ– उहाँले भन्नुभयो । उहाँले श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्षमा स्थापित गर्न अझै अध्ययन, अनुसन्धानको आवश्यकता भएमा प्रेस काउन्सिलको सहयोग रहने जानकारी पनि दिनुभयो ।

नेपाल पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपाल पत्रकार दबूले विगत चार वर्षदेखि श्रेष्ठलाई संस्थापक अध्यक्षको पहिचान दिन अभियान चलाएको र यसपटक उहाँको १०८ औँ जन्मजयन्तीको अवसरमा सत्यनारायणबहादुर श्रेष्ठ स्मृति फुटसल र पत्रकारिता पुरस्कारको स्थापना गरेर यो अभियानलाई अझ बृहत् रुपमा लगेको जानकारी दिनुभयो ।

यसैगरी, श्रेष्ठकी छोरी तथा आदर्श विद्या मन्दिरकी प्रिन्सिपल सुजिता मानन्धरले सत्यनारायण बहादुर श्रेष्ठ कर्म गर्ने तर फलको आशा नगर्ने व्यक्तित्व भएको भन्नुहुँदै जानकारी दिँदै पत्रकारिता गर्ने क्रममा राजनीतिक वितृष्णाले उहाँ शिक्षा क्षेत्रमा होमिनुभएको र त्यसपछि शिक्षामै बढी फोकस हुनुभयो, भन्नुभयो । श्रेष्ठलाई नेपालका अग्रज शिक्षाविद्को रुपमा पनि चिनिन्छ ।

सो अवसरमा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने चौधरीले यस सम्मानपछि सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्षको पहिचान दिलाउने अभियानमा अझ बढी शोध गर्न आफूलाई घच्घचाएको र त्यसलाई सफल बनाइछाड्ने अठोट व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– सत्यनारायणबहादुर श्रेष्ठले पत्रकार महासंघको संस्थापक अध्यक्षको मान्यता पाएपछि मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । न्याय हुनेछ ।

नेवाः पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर र सचिव तथा कार्यक्रम संयोजक राजु नापितले पनि श्रेष्ठबारे आआप्mनो धारणा प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको विजेता नेवाः पत्रकार राष्ट्रिय दबु, चितवन, उपविजेता नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौँ र तेस्रो स्थान हािसल गर्ने नेवाः कलाकारको टिमलाई ट्रफी, पदक तथा प्रमाण पत्र प्रदान गरियो । यसैगरी सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कपका संयोजक प्रजित शाक्य, नेवाः पत्रकार राष्ट्रि दबुद्वारा प्रकासित बुलेटिन आज्जुका प्रधान सम्पादक सुरजवीर वज्राचार्य, भिडियो÷फोटो संयोजन गर्ने अनुप प्रधान र सत्यनारायण बहादुर श्रेष्ठ जन्मजयन्ती कार्यक्रमका संयोजक राजु नापितलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।

Newa Patrakara 11703868773.jpeg

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्