
कसैले थुनिदियोस् 
समयको आँखा 
अन्धो होस समय
एक जुगलाई !
अन्धो समय
थुनियोस् सानो भ्वाङमा
उभियोस् समय
रोकियोस् जुग, सासै रोकेर।
एक जुगपछि 
बल्ल ब्युँझिऊँ म !
लेखिदिन्थेँ
एउटा नाम 'तिमी' !
अनि फेरि
सुतिदिन्थे
लगाएर पुर्नबिराम
आउँदो सबै जुगभरिलाई
'तिमी' ओढेर !
                        
                     
                    
                    
                    
                        
                            प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १०:५८