Top Navigation
Main Navigation
मंगलबार, भदौ २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • धार्मिक आस्था र विश्वासकाे केन्द्र बुढासुब्बा मन्दिर
धार्मिक आस्था र विश्वासकाे केन्द्र बुढासुब्बा मन्दिर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस १९, २०८०
Budhasubba Temple, Dharan Sunsari

धरान, सुनसरी । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन।

दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएको थियो। उनले भने, “बुढासुब्बाप्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु।”

सन्ध्या गुरुङ पनि सिक्किमबाट धरान आएका बेला बुढासुब्बाको दर्शन गर्न मन्दिर आइपुगेको थियो। उनी पनि बुढासुब्बाप्रति अगाध आस्था रहेको बताउँछन्।

परिवारसँगै बुढासुब्बा मन्दिरको दर्शन गर्न आएकी गुरुङले भने, “बुढासुब्बासँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ। हामीलाई पनि विश्वास लागेरै यहाँसम्म आएका हौँ।”

Nepal Oil Corporation

धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिर धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ। नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतका सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत बुढासुब्बा दर्शन गर्न आउने तीर्थालुहरुको सङ्ख्या बढिरहेको छ।

बुढासुब्बाप्रति आस्था राख्ने दर्शनार्थीहरु पूर्वी पहाड र तराईबाट धेरै आउने गर्दछन्। त्यसबाहेक नेपालका विभिन्न जिल्लादेखि भारतका नेपाली भाषीहरु उत्तिकै हुन्छन्।

सुनसरीको इटहरीबाट दर्शनका लागि बुढासुब्बा मन्दिर आएकी सुनिता राई आफू धेरैपटक बुढासुब्बा आइसकेको बताउँछन्। उनी भन्छिन्, “हामी त वर्षैपिच्छे जस्तो भाले चढाउन यहाँ आउँछौँ। यहाँ पूजा गरेपछि हामीले सोचेका कुराहरु पनि पूरा भएकै छन्। बुढासुब्बाप्रति गहिरो आस्था छ।”

२०६४ सालदेखि बुढासुब्बा मन्दिरको द्वार बाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आएका प्रेमप्रसाद पराजुली भूटान र वर्मादेखिका भक्तजनसमेत बुढासुब्बा आउने गरेको बताउँछन्।

बुढासुब्बामा दर्शन गर्न आउनेहरुको सङ्ख्या बर्सेनि बढिरहेको उनको भनाइ छ। उनी भन्छन्, “पहिला बुढासुब्बालाई जनजातिको देउता भन्ने गरिन्थ्यो तर अहिले सबै जातिका मान्छे पूजा गर्न आउँछन्। अहिले बुढासुब्बा सबैका साझा देउता भएका छन्।”

एक दशकअघिसम्म बुढासुब्बाको बाँसमा नाम लेख्दा प्रेम अमर हुने विश्वास गरेर बाँसमा नाम लेख्ने प्रचलन थियो। त्यसो गर्दा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तार जाली लगाएको छ। अहिले युवापुस्ता माझ प्रेम अमर हुने विश्वासका साथ बाँस वरिपरि मालाको डोरी बाँध्ने लहर चलेको छ।

टाढादेखिका भक्तजन कुखुराको भाले, अण्डा, फलफूल लिएर पूजा गर्न यहाँ आइपुग्छन्। वरिपरि हरियालीले ढाकिएको बुढासुब्बा मन्दिर क्षेत्रमा बस्दा मनै आनन्द हुने गरेको दर्शनार्थीहरु अनुभव सुनाउँछन्।

बुढासुब्बा मन्दिरमा पहिला बिहान मात्र पूजा हुने गरेकामा अहिले दिनभरजसो नै हुने गर्दछ। बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बुढासुब्बा मन्दिरमा दर्शन गर्न दैनिक सदरदर ५ सयभन्दा बढी भक्तजन आउने गर्दछन्।

विशेषगरी शनिबार र मङ्गलबारका दिन अझै धेरै भक्तजन आउने उनको भनाइ छ। कात्तिक र चैत महिनाका शनिबार र मङ्गलबारका दिन अन्य महिनाका शनिबार र मङ्गलबारभन्दा दोब्बर, तेब्बर आउने गर्दछन्।

यो मन्दिरमा हिन्दू धर्मावलम्बी र किरात धर्मावलम्बिका साथै अन्य धर्मका मान्छेसमेत आउने गरेको सचिव आले बताउँछन्। “हिन्दू धर्मावलम्बीहरु बुढासुब्बालाई किरातेश्वर महादेवका रुपमा पूजा गर्छन्”, आले भन्छन्, “किरात धर्माबलम्बीहरुमध्ये कसैले यलम्बरको प्रतीकका रुपमा पूजा गर्छन्, त कसैले बुद्धिकर्ण रायको समाधिका रुपमा पनि पूजा गर्छन्। बुद्ध धर्मावलम्बी र मुसलमानहरु समेत मन्दिरभित्र पूजा नगरे पनि मन्दिर घुम्न आउने गरेका छन्।”

बुढासुब्बाका बारेमा विभिन्न किंवदन्ती छन्। बुढासुब्बा एक शिकारी भएको कथा पढ्न पाइन्छ। बुढासुब्बा र उनकी बहिनी शिकार खेल्दै विजयपुर डाँडामा आइपुगेको र त्यहीँ आफ्नो बाँसको धनुष गाढेर समाधि लिएको कथा पनि जनमानसमा पाइन्छ।

उनै शिकारीले गाडेको धनुषबाट बाँस पलाएर झ्याङ भएको हुनाले बुढासुब्बा मन्दिर क्षेत्रमा भएका बाँसको टुप्पा नपलाएको जनश्रुति छ। बुढासुब्बाका बाँसमा टुप्पा हुँदैनन्।

बुढासुब्बा वरपर माटोका मट्याङ्ग्राहरु अहिले पनि भेटिन्छन्। त्यही किंवदन्तीका आधारमा बुढासुब्बा मन्दिरसँगै उनकी बहिनी भनिने छुट्टै मन्दिर पनि छ।

कवि लक्ष्मी आचार्यले बुढासुब्बालाई महाभारतका पात्र एकलव्यको समाधी भनेका छन्। महाभारतको कथामा धनुर्विद्याका गुरु दोर्णाचार्यलाई नभेटे पनि गुरु मानेर धनुर्विद्या सिकेका एकलव्यले आफू निपूर्ण भएपछि दोर्णाचार्यलाई भेट गरेको र भेटमा गुरु भेटी चढाउन खोज्दा दोर्णाचार्यले बुढी औंला चढाउन लगाएको कथा पाइन्छ। तिनै दोर्णाचार्यलाई आफ्नो बुढीऔंला चढाएका एकलव्यको समाधि भएको कवि आचार्यले आफ्ना लेखहरुमा उल्लेख गरेको छ।

इतिहासकारहरुले भने बुढासुब्बालाई तत्कालीन किरात राज्यका राजा बुद्धिकर्ण रायको समाधिस्थल भनेर उल्लेख गरेको पाइन्छ। इतिहासकारहरुले कुनै समय विजयपुरमा छुट्टै सेन राज्य रहेको उल्लेख गरेका छन्।

विजयपुरका राजा कामदत्त सेनको हत्यापछि  १८२६ सालमा विजयपुरगढीको सिंहासनमा चौतारिया बुद्धिकर्ण राय बसेको इतिहास पाइन्छ। विसं १८३४ मा गोर्खाली फौजले बुद्धिकर्ण रायलाई मारेको उल्लेख छ।

हाल बुढासुब्बा मन्दिरभित्र रहेको ढिस्को उनै बुद्धिकर्ण रायको समाधि वा चिहान भएको इतिहासकार इमनसिंह चेम्जोङले लेखेका छन्। मन्दिरभित्र रहेको यही माटोको ढिस्कोमा कुखुराको बलि दिने, फूल अक्षता र रक्सी चढाउने प्रचलन छ।

मन्दिर नजिकै माला तथा फूल व्यापार गर्दै आएका प्रेमप्रसाद पराजुली पहिला बुढासुब्बामा भाले, रक्सी, अण्डा, पान, सुपारीसँगै गाँजा पनि चढाने गरेको तर गाँजा प्रतिबन्ध भएपनि हाल चढाउन छाडिएको बताउँछन्।

बुढासुब्बामा गरेको भाकल पूरा हुने दर्शनार्थीहरुको विश्वास रहेको बताउँदै उनी भन्छन्, ‘‘अहिले भक्तजनले आफ्नो कामना पूरा भएको सुनाउँदा अहिले पनि मन्दिरभित्र साक्षात बुढासुब्बा हुनुहुन्छ कि भन्ने जस्तो लाग्छ।’’

उनी बर्सेनि देश विदेशबाट आउने भक्तजन बढिरहे पनि व्यवस्थापन पक्ष फितलो रहेको बताउँछन्। बुढासुब्बामा टाढाबाट आउने भक्तजनलाई वासस्थानको व्यवस्था गर्नुपर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने पराजुलीको धारणा छ।

इतिहास अनुसार पनि बुढासुब्बाको इतिहास २ सय वर्षभन्दा बढी देखिन्छ। बुढासुब्बाका पुजारी ७२ वर्षीय डम्बर आलेमगरका अनुसार उनीहरुले १७ औँ पुस्तादेखि मन्दिरमा पुजाआजा गर्दै आएको छ।

यहाँ सुरुदेखि नै मगर पुजारी रहँदै आएका छन्। उनी भन्छन्, “जुनसुकै आस्थाले जे मानेर पूरा गरे पनि कसैसँग विवाद गर्दैनौँ, सबैको आआफ्नो आस्था हो।”

मन्दिरको नियमित आम्दानी भनेको भक्तजनले चढाउने भेटी हो। शनिबारको दिन पाँचदेखि ७ हजार रुपैयाँसम्म भेटी सङ्कलन हुने व्यवस्थापन समिति सचिव उत्तम आले बताउँछन्।

पूजाका लागि दैनिक आवश्यकपर्ने सामग्री पुजारीले नै किन्ने गरेका छन्। यसरी संकलन भएको भेटीबाट पुजारीले आफ्नो परिवार पाल्ने र घर खर्च धान्ने गरेका छन्।

पुजारी आले खलकका तीन परिवार छन् बुढासुब्बामा। उनीहरु वर्षेनी पालैपालो पुजा गर्छन्। जसले वर्षभर पूजा गर्छ, भेटी पनि उसैको हुन्छ। तीन वर्षमा मात्र फेरि पालो आउने भएकाले एक वर्षको भेटीले तीन वर्ष पुर्याउनु पर्ने अवस्था रहेको सचिव आले बताउँछन्। यो मन्दिरको कतै गुठी पनि छैन भने कुनै सरकारी निकायबाट पनि नियमित पैसा आउँदैन।

मन्दिर क्षेत्रमा ४० वटाको हाराहारीमा फूलमालाका पसल छन्, त्यसबाट मासिक ५० हजार जति आम्दानी हुने गरेको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ।

मन्दिरमा व्यवस्थापन समितिले एक जना चौकीदार र एक जना सरसफाई कर्मचारी राखेको छ। पसलको त्यो आम्दानी कर्मचारीलाई तलब दिनै ठिक्क हुने गरेको र बचेको पैसा मन्दिर र वरपरको व्यवस्थानमा खर्च हुने गरेको उनी बताउँछन्।

केही वर्षअघि कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि मन्दिर वरिपरको पर्खाल लगाइएको छ। बुढासुब्बाका बाँसमा जथाभावि नाम लेख्ने प्रचलन बढेर बाँस मर्न थालेपछि धरान उपमहानगरपालिकाको सहयोगमा बाँस संरक्षणको काम पनि थालिएको छ। हाल पुरातत्व विभाग र दाताको सहकार्यमा मन्दिरमा पित्तलको छाना, रेलिङ, खम्बा लगाएर निर्माण गरिएको छ।

मन्दिरको भेटी र पसलहरुको भाडाबाहेक सरकारी तबरबाट नियमित सहयोग नभएकाले समस्या भएको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ।

उनी बुढासुब्बा मन्दिरमा दर्शनार्थीहरु बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग गरे सहज हुने बताउँछन्। मन्दिरको व्यवस्थापनको जिम्मा सरकारबाट भए सजिलो हुने समितिको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:४४
##budhasubbatemple #budhasubba #dharan #sunsari
प्रतिक्रिया दिनुहोस्
थप समाज
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ५ काठमाण्डूको इन्द्रजात्रा
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्