Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • साहित्यकारको भीमरथारोहणमा आफ्नै पुस्तक सरप्राइज
साहित्यकारको भीमरथारोहणमा आफ्नै पुस्तक सरप्राइज
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस २१, २०८०

काठमाडौ । युगिन नेपाली साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ।

साहित्यकार निर्मलकै पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गत शनिबार आयोजित पार्टीमै उपन्यास सार्वजनिक गरिएको हो।

अनौपचारिक रुपमा चलिरहेको जंक्व पार्टीको बीचमै एक कार्यक्रम गर्दै उपन्यासको लोकार्पण गरिएको थियो। कार्यक्रममा अधिकारकर्मी साथै उपन्यासकार मल्ल के. सुन्दर, लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, साहित्यकार निर्मल र उनकी पत्नी विन्दीरा राजोपाध्यायको साथमा उनकै परिवारले उपन्यासको सामूहिक रुपमा विमोचन गरे। 

उपन्यास विमोचन पछि कार्यक्रममा बोल्दै अधिकारकर्मी मल्लले विगतमा भाषा आन्दोलन र पत्रकारिता क्षेत्रमा आफ्ना सहकर्मी आर. के. निर्मलको उपन्यास सार्वजनिक भएकोमा खुसी व्यक्त गरे।

‘भाषा आन्दोलनदेखि लिएर मैले इनाप साप्ताहिक पत्रिका प्रकाशन गर्दाको समयमा मलाई सबैभन्दा साथ दिने मेरो साथी निर्मलको उपन्यास आज उनकै भीमरथारोहणको अवसरमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लाग्यो’ अधिकारकर्मी मल्लले भने।

बीचमै केही समय विश्राम लिएको निर्मलको कलम अब नरोकियोस्, चल्दै गरोस्, नयाँ श्रृजनाहरु प्रकाशन हुँदै गरोस्, मेरो शुभकामना।’ त्यस्तै साहित्यकार निर्मलका कनिष्ठ पुत्र बिराजकाजी राजोपाध्यायले आजभन्दा करीब ५ बर्ष अघि नै तयार भइसकेको पुस्तक लकडाउन लगायत विविध कारणले प्रकाशन हुन नसकिरहेको र जंक्वको अवसरमा आफ्ना बुबालाई थाहै नदिई सरप्राइज गिफ्टको रुपमा पुस्तक प्रकाशन गरेको जानकारी दिए।

"प्रकाशक संस्थाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, कभर डिजाइनर र स्केच आर्टिस्ट सचिना राजोपाध्याय, ले आउट डिजाइनर रोशन राजोपाध्याय र मलाई मात्र जानकारी थियो। लेखकलाई नै थाहा थिएन, पुस्तक प्रकाशन हुँदैछ भनेर" राजोपाध्यायले भने, ‘उनको जंक्वको अवसरमा हामीले यो सरप्राइज गिफ्तको रुपमा यो पुस्तक टक्र्यायौं।’

चाङ थ्येन ईबाट लिखित चाइनिज उपन्यासलाई श्यामा बल्लभले हिन्दी भाषामा अनुवाद गरी ‘जादुकी तुम्बी’ नामबाट प्रकाशन गरेका थिए। सोही हिन्दी उपन्यासलाई साहित्यकार निर्मलले नेपालभाषामा अनुवाद गरी नेपालभाषाको दैनिक विश्वभुमि पत्रिकाको परिशिष्टाङ्क शुक्रबाःया तँसापौ मा धारावाहिक रुपमा प्रकाशन गरेका थिए।

‘विश्वभुमि पत्रिका बन्द हुन जाँदा त्यो बेला कथा अपुरो नै रहन गएको थियो। अहिले पुस्तकको रुपमा यसले पूर्णता पाउँदा खुसी लाग्यो। यो सरप्राइज गिफ्ट पाउँदा म निकै खुसी छु’ लेखक निर्मलले भने।

पुस्तकको प्रकाशक लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ र व्यवस्थापक सुरेन्द्र भक्त श्रेष्ठले प्रकाशन गर्छु भन्दाभन्दै ढिला हुन गएपनि लेखककै भीमरथारोहणको अवसरमा पुस्तक प्रकाशन गरेर उपहारको रुपमा दिन पाउँदा निकै गौरवान्वित महसूस गरेको बताए। 

पुस्तक लहना मिडियाले प्रकाशन गरेको छ भने पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ। पुस्तक होम डेलिभरीको व्यवस्था रहेको प्रकाशकले जनाएको छ।

Biraj Kaji News 11704539466.jpg

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्