Top Navigation
Main Navigation
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • साहित्यकारको भीमरथारोहणमा आफ्नै पुस्तक सरप्राइज
साहित्यकारको भीमरथारोहणमा आफ्नै पुस्तक सरप्राइज
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस २१, २०८०

काठमाडौ । युगिन नेपाली साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ।

साहित्यकार निर्मलकै पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गत शनिबार आयोजित पार्टीमै उपन्यास सार्वजनिक गरिएको हो।

अनौपचारिक रुपमा चलिरहेको जंक्व पार्टीको बीचमै एक कार्यक्रम गर्दै उपन्यासको लोकार्पण गरिएको थियो। कार्यक्रममा अधिकारकर्मी साथै उपन्यासकार मल्ल के. सुन्दर, लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, साहित्यकार निर्मल र उनकी पत्नी विन्दीरा राजोपाध्यायको साथमा उनकै परिवारले उपन्यासको सामूहिक रुपमा विमोचन गरे। 

उपन्यास विमोचन पछि कार्यक्रममा बोल्दै अधिकारकर्मी मल्लले विगतमा भाषा आन्दोलन र पत्रकारिता क्षेत्रमा आफ्ना सहकर्मी आर. के. निर्मलको उपन्यास सार्वजनिक भएकोमा खुसी व्यक्त गरे।

Nepal Oil Corporation

‘भाषा आन्दोलनदेखि लिएर मैले इनाप साप्ताहिक पत्रिका प्रकाशन गर्दाको समयमा मलाई सबैभन्दा साथ दिने मेरो साथी निर्मलको उपन्यास आज उनकै भीमरथारोहणको अवसरमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लाग्यो’ अधिकारकर्मी मल्लले भने।

बीचमै केही समय विश्राम लिएको निर्मलको कलम अब नरोकियोस्, चल्दै गरोस्, नयाँ श्रृजनाहरु प्रकाशन हुँदै गरोस्, मेरो शुभकामना।’ त्यस्तै साहित्यकार निर्मलका कनिष्ठ पुत्र बिराजकाजी राजोपाध्यायले आजभन्दा करीब ५ बर्ष अघि नै तयार भइसकेको पुस्तक लकडाउन लगायत विविध कारणले प्रकाशन हुन नसकिरहेको र जंक्वको अवसरमा आफ्ना बुबालाई थाहै नदिई सरप्राइज गिफ्टको रुपमा पुस्तक प्रकाशन गरेको जानकारी दिए।

"प्रकाशक संस्थाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, कभर डिजाइनर र स्केच आर्टिस्ट सचिना राजोपाध्याय, ले आउट डिजाइनर रोशन राजोपाध्याय र मलाई मात्र जानकारी थियो। लेखकलाई नै थाहा थिएन, पुस्तक प्रकाशन हुँदैछ भनेर" राजोपाध्यायले भने, ‘उनको जंक्वको अवसरमा हामीले यो सरप्राइज गिफ्तको रुपमा यो पुस्तक टक्र्यायौं।’

चाङ थ्येन ईबाट लिखित चाइनिज उपन्यासलाई श्यामा बल्लभले हिन्दी भाषामा अनुवाद गरी ‘जादुकी तुम्बी’ नामबाट प्रकाशन गरेका थिए। सोही हिन्दी उपन्यासलाई साहित्यकार निर्मलले नेपालभाषामा अनुवाद गरी नेपालभाषाको दैनिक विश्वभुमि पत्रिकाको परिशिष्टाङ्क शुक्रबाःया तँसापौ मा धारावाहिक रुपमा प्रकाशन गरेका थिए।

‘विश्वभुमि पत्रिका बन्द हुन जाँदा त्यो बेला कथा अपुरो नै रहन गएको थियो। अहिले पुस्तकको रुपमा यसले पूर्णता पाउँदा खुसी लाग्यो। यो सरप्राइज गिफ्ट पाउँदा म निकै खुसी छु’ लेखक निर्मलले भने।

पुस्तकको प्रकाशक लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ र व्यवस्थापक सुरेन्द्र भक्त श्रेष्ठले प्रकाशन गर्छु भन्दाभन्दै ढिला हुन गएपनि लेखककै भीमरथारोहणको अवसरमा पुस्तक प्रकाशन गरेर उपहारको रुपमा दिन पाउँदा निकै गौरवान्वित महसूस गरेको बताए। 

पुस्तक लहना मिडियाले प्रकाशन गरेको छ भने पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ। पुस्तक होम डेलिभरीको व्यवस्था रहेको प्रकाशकले जनाएको छ।

Biraj Kaji News 11704539466.jpg

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा सोमबार, कात्तिक १८, २०८२
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्