Top Navigation
Main Navigation
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • तीन करोड ३५ लाख नगदसहित बम्जनलाई सार्वजनिक
तीन करोड ३५ लाख नगदसहित बम्जनलाई सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस २५, २०८०
Rambahadur Bamjan

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

हिजो साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले ४ तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट हिजो साँझ पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार निजको साथबाट ३० लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै ३ करोड ३ लाख ७५ हजार बरामद गरिएको छ।

निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो।

विसं २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो। 

साथै अवैधरुपमा विदेशी तथा नेपाली मुद्रा सञ्चित गरी राखेको छन् भन्ने सूचनाका आधारमा बम्जनको खोजतलास गरी पक्राउ गर्न अनुमति प्राप्त भएको सिआईबीले जानकारी दिएको छ।

लामो समयको खोजतलासपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-६ रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जनलाई हिजो साँझ पक्राउ गरिएको थियो।

“पक्राउ गर्ने क्रममा घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम्फालेर भाग्न लागेका बेला ब्यूरोको टोलीले निजलाई पक्राउ गरेको हो”, सिआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकरीले भने।

निजको साथबाट १४ थान मोबाइल, ४ थान ल्यापटप र ट्याब, २० वटा पेन ड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्री बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। 

बम्जनको आश्रमबाट बेपत्ता भएका व्यक्तिहरुको हकमा भने अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:१६
##rambahadurbamjan #pakrau
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्