काठमाडौँ । हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ।
काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम २ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिको हो।
आज बिहान ५ बजेतिर न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन भएकामा अहिले विहान ८ः४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम २ दशमलव ५ डिग्री मापन गरिएको छ। दुई दिनअघि न्यूनतम तापक्रम ३ डिग्री मापन भएको थियो।
जुम्लामा माइनस ५ दशमलव ३ र मुस्ताङको जोमसोममा माइनस ५ दशमलव ५ डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए। उनले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको बताए।
अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले बताए। तराईमा राम्रोसँग घाम नलाग्ने तर लागे पनि कम न्यानो हुन्छ।
प्रकाशित मिति: शनिबार, माघ १३, २०८० १०:४०