१३ माघ, काठमाडौं । न्यरोडको सडकमा पार्किङ पूर्णतया निषेध गरेपछि उत्पन्न तनाबलाई शान्त पार्ने कार्य काठमाडौं महानगरपालिकाले उपाय रचेको छ।
न्यूरोडमा सवारी साधन लिएर आउनेहरुलाई सहजता दिन न्यूरोड नजिकको धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा माघ १४ गते आइतबारदेखि सवारी साधन पार्किङ खुला गरिने भएको छ।
काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा पनि निःशुल्क पार्किङ सेवा रहेको र त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि निःशुल्क पार्किङ उपलब्ध हुने बताएका छन्।
शहीद गेटबाट न्यूरोड जाँदा बाँयापट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ जाँदा पार्किङ गर्ने ठाउँमा पुगिन्छ।संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो।
प्रकाशित मिति: शनिबार, माघ १३, २०८० १९:२८