काठमाडौं। कुनैबेला काठमाडौंका पर्यटकीय नगरी ठमेल देखि हनुमानढोका वरपरसम्म संघर्षको बेला रिक्सा चलाउँदै जिन्दगीलाई अगाडि बढाएका ताराबहाुदुर कुँवर त्यसपछि टेम्पु ड्राइभर हुँदै ट्याक्सी चालक समेत बने।
जिन्दगीको उकालो ओरालोमा जस्तोसुकै संघर्षमा पनि कहिलेपनि हार नखाएका अनि संघर्षमा नै जिन्दगी देखेका ताराबहादुर कुँवरको त्यो संघर्षले सगर चुम्दै गयो।
जिन्दगीले कोल्टे फेर्दे गयो। डोजर, क्रेन तथा स्काभाइटर जस्ता हेभी इक्विप्मेन्टको व्यवसायसम्ममा लागेर नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको संस्थापक अध्यक्षसम्म बन्न सफल कुँवरले त्यसअघि र त्यसपछिका दिनमा चक्रपथ सरसफाई अभियान लगायत विभिन्न सामाजिक सेवामा आफूलाई अहोरात्र क्रियाशील गर्दैगए।
महाभूकम्प देखि कोरोनाको महामारीको लकडाउनमा समेत श्रमिकहरुलाई पर्न गएको चरम समस्याको बेला खाद्यान्न लगायतका राहत सामाग्री निरन्तर वितरण गरेर आयामिक सामाजिक कार्य गर्न र गराउन चुकेनन्।
समाज सेवालाई उच्चस्थानमा राखेर आफूपनि श्रमिक वर्गवाटै माथि उठेको कारण श्रमिकको सेवामा तल्लिन उनै तारा बहादुर कुँवरलाई भारतको नयाँ दिल्ली स्थित सोक्रेट सोसियल रिसर्च युनिभरसिटीले उनको बारेमा धेरै रिसर्च गरेर मानार्थ डाक्टर अवार्ड प्रदान गरेको छ।
जसवाट सामान्य तारा बहादुर कुँवर असामान्य तारा बहादुर कुँवर बन्न पुगेको प्रमाणित भएको हो। कर्मश्री अवार्ड २०२३ अन्तर्गत मानार्थ डाक्टर उपाधि पाएका ताराबहादुर कुँवरले श्रमिकको ठूलो कदर भएको बताउँदै शानले डाक्टर ताराबहादुर कुँवर लेख्न थालेको बताएका छन्।
प्रकाशित मिति: शनिबार, माघ १३, २०८० १९:३८