धरान, सुनसरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१७ साकेला सांस्कृतिक पार्कमा सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ।
सुनसरी जिल्लामा पहिलो पटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो।
धरान–१८ निवासी कृष्णदेव राई र दया राईले २५ लाखको लागतमा मूर्ति निर्माण गरेको हो भने उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरेको हो।
किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको १२ फिट अग्लो मूर्ति सुनसरीमै पहिलोपटक निर्माण गरिएको यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए।
धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा धरान-२० चिन्डेडाँडा क्षेत्रमा पनि किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८० २१:५०