Top Navigation
Main Navigation
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • रुसी सेनामा भर्ती भएका १४० जनाले दिए उद्धारका लागि आवेदन
रुसी सेनामा भर्ती भएका १४० जनाले दिए उद्धारका लागि आवेदन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ २७, २०८०
foreign ministry of nepal

काठमाडौँ । पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन्।

परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने ५ जना युक्रेनी सेनाको कब्जामा रहेका छन्।

यसैगरी कन्सुलर सेवा विभागमा करिब १ सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन्। यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन्।

मन्त्रालयले हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।

Nepal Oil Corporation

यसैगरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्।

त्यस्तै रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ।

रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए।

साथै उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए।

मन्त्रालयले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारलाई अनुरोध गरेको छ।

गत महिना युगाण्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रुसका सहायक विदेश मन्त्रीसँग नेपाल सरकारका प्रतिनिधिले रुसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउनका लागि कुरा गरेको मन्त्रालयले जनाएको छ।

नेपाली युवा रुसी सेनामा भर्ना भएका भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलो पटक प्रेस विज्ञप्तिमार्फत परम्परागत रुपमा रहेको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो।

त्यसैगरी मन्त्रालयले सरकारी कामकाज, रुस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्सन लेटर’ ९एनओसी० लिएर मात्र यात्रा गर्न अपिल गरेको छ। कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ।

उपरोक्त व्यवस्थालाई विस्तार गरी हाल भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार, ओमान र बहराइनबाट समेत रुस यात्रा गर्नुपरेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरुबाट जारी गरिने ‘एनओसी’ लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपिल गरेको छ।

नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते नेपालीको सङ्ख्या तथा उनीहरुको अवस्थाका बारेमा रुस सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखे पनि हालसम्म यस सम्बन्धमा यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन्।

हाल परराष्ट्रमन्त्री एन पी साउद अष्ट्रेलिया र न्यूजिल्याण्डको भ्रमणमा रहनुभएको र उनी स्वदेश फर्केलगत्तै यस विषयमा कार्यक्रम गर्ने योजना रहेको प्रवक्ता राईले जानकारी दिए।

मन्त्री साउदले अन्तर्वार्ताका क्रममा करिब २ सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको हुनसक्ने बताएको थियो।

हराइरहेका र घाइते भएको भन्ने मन्त्रालयमा प्राप्त आवेदनका आधारमा त्यसभन्दा केही बढी नेपाली भर्ना भएको हुनसक्ने उनको भनाइ थियो। मन्त्री साउदले नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर नेपाल सरकारका चासो रुस सरकारसम्म पु¥याउनका लागि स्पष्ट सन्देश दिएको बताए।

साथै मस्कोस्थित नेपाली दूतावासलाई नेपाल सरकारको दृष्टिकोण सम्पे्रषण गर्न उनले निर्देशन दिएको जानकारी गराए। यससँगै युक्रेनमा बन्दी बनाइकाको हकमा युक्रेन सरकारको सम्पर्कमा रहेको र उद्धारका लागि आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी नराखेको मन्त्री साउदको भनाइ थियो।

पछिल्लो समय रुस–युक्रेन युद्ध चर्किदै गएपछि र ‘रेडजोन’मा पठाउन थालेपछि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्तमार्फत उद्धारको याचना गर्ने गरेका छन्।

यही वर्षको दशैलगत्तै रुसी सेनामा भर्ना हुन गएका एक नेपालीका आफन्तले कहिले सम्पर्क हुने र कहिले नहुने गरेको दुःखेसो पोख्दै उद्धारका लागि आग्रह गरेका छन्। सन् २०२२ फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच युद्ध जारी छ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १०:५५
##foreign #ministry #nepal
प्रतिक्रिया दिनुहोस्
थप समाज
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ दुई मन्त्रीको शपथ ग्रहण
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्