Top Navigation
Main Navigation
आइतबार, भदौ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेपालभाषा र तामाङ भाषा अब कामकाजीको प्रयोगमा चाँडै आउने
नेपालभाषा र तामाङ भाषा अब कामकाजीको प्रयोगमा चाँडै आउने नेपालभाषाको न्यूज पोर्टल ebukhan.com शुभारम्भ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, फागुन ५, २०८०

ललितपुर । वागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै वागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन्।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्वन्धि विधेयक पारित भइसकेको अवस्थामा अब चाँडै कार्यान्वयनमा आउने बताएकाे हाे।

कार्यक्रममा सांसद बज्राचार्यले कन्फराक्टीभ मिडिया सोलुसनको कन्फराक्टीभ हलको उद्घाटनको साथमा नेपालभाषाको न्यूज पोर्टल ebukhan.com को शुभारम्भ गरेका हुन्।

Nepal Oil Corporation

सोही कार्यक्रममा बोल्दै बज्राचार्यले विधेयक सजिलै पारित भएको नभई धेरै जनाले धेरै संघर्ष र योगदान गरेको र भाषा सम्वन्धि विधेयक कार्यान्वयनमा ल्याउन स्थानीय संचारमाध्यमको पनि उत्तिकै सक्रिय भूमिकाको आवश्यकता रहेको विचार राखेका थिए।

‘गणतन्त्र, लोकतन्त्रमा यो विधेयक सजिलै पारित भएको जस्तो लाग्ला, जुन होइन। अब यसलाई कार्यान्वयनमा ल्याउन स्थानीय समाज र स्थानीय संचार माध्यमले पनि सक्रिय भूमिका खेल्नु आवश्यक छ’ बज्राचार्यले भने।

अब स्थानीय नेपालभाषा प्रदेशको कामकाजी भाषा बन्ने अवस्थामा नेपालभाषाका संचारमाध्यमहरुले पनि व्यावसायिक रुपमा अघि बढ्न स्पष्ट योजना बनाउन आग्रह गर्दै यसमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए।

कार्यक्रममा कन्फराक्टीभ मिडिया सोलुसनका अध्यक्ष बिराजकाजी राजोपाध्यायले स्थानीय विषयवस्तुको उठान र नयाँ खोजीका लागि कन्फराक्टीभ हललाई सम्वाद र अन्तरक्रियाको थलोको रुपमा विकास गर्ने बताए।

मूलधारका भनिएका ठुलठुला मिडियाको आँखामा नपर्ने स्थानीय आवाज, मुद्दा र विषयवस्तु समाचारडेस्क र ईबुखँको मेन न्यूज बन्ने अध्यक्ष राजोपाध्यायको भनाई हो।

‘विगत ६ वर्षदेखि चलाउँदै आएको नेपाली न्यूज पोर्टल समाचारडेस्कको प्राथमिकता स्थानीय विषयवस्तु नै थियो, अब ईबुखँले स्थानीय विषय स्थानीय भाषामै सम्प्रेषण गर्छ। यी दुई डिजिटल डबलीको साथै कन्फराक्टीभ हल भौतिक रुपमा भेला भई स्थानीय विषयवस्तुमाथि सम्वाद, अन्तरक्रियाको लागि प्रयोग गरिनेछ’ राजोपाध्यायले भने।

ईबुखँका सम्पादक विशाल राजभण्डारीले स्थानीय मुद्दा, विषयवस्तुलाई सशक्त ढङ्गले सम्प्रेषण गर्न स्थानीय समाजको सक्रिय सहयोगको लागि आग्रह गरेका थिउ।

‘ईबुखँ आज बल्ल सुरु भएको छ, धेरै बोल्नु केही छैन। स्थानीय विषयवस्तु, मुद्दालाई सशक्त ढंगले सम्प्रेषण गर्न आउनुस्, हामी सबै सँगै अघि बढौं’ सम्पादक राजभण्डारीको भनाई हो।

कार्यक्रममा विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभियानकर्मी, समाजसेवी लगायतको उपस्थिती थियो ।

कन्फराक्टीभ मिडिया सोलुसनले विगत ६ वर्षदेखि नेपाली न्यूज पोर्टल समाचारडेस्क संचालन गर्दै आएको छ, जसमा बिराजकाजी राजोपाध्याय सम्पादक छन्। अहिले नेपालभाषाको न्यूज पोर्टल ebukhan.com संचालन गरेको छ। यस न्यूज पोर्टलमा बिशाल राजभण्डारी सम्पादक छन्।

 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाज
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
  • नंः ५ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्