Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असार ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, फागुन ६, २०८०
mundhum art exhibition

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०’ सुरु गरेको छ। 

स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी-२०८०’मा कोरिएका २ सय १ वटा क्यानभास चित्रलाई नगरपालिकाले  काठमाडौँको नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो।

प्रदर्शनी आगामी फागुन १७ गतेसम्म जारी रहने छ। चित्रकला प्रदर्शनीको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्।

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताएको छ।

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्कोे शृङ्खलाको रूपमा आयोजना गरिएको छ।

“प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ”, उनले भने, “संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ। चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ।”

प्रदर्शनीमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतको उपस्थिति थियो। कार्यक्रमको शुभकामना दिनुहुँदै मन्त्री किरातीले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले नगरपालिकालाई मात्र नभई सिङ्गो खोटाङलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको बताए।

दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर साख्वाचोक र शुभम् फाउण्डेसनमा पुगेर उतारेका क्यानभास चित्रलाई प्रदर्शनमा राखिएको छ।

दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनमा राखिएको हो। 

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका लाइभ चित्रकलालाई काठमाडौँमा ल्याएर प्रदर्शनी गरिएको नगर उपप्रमुख विशन राईले बताएको छ।

“स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरू हाम्रो नगरपालिकाको सम्पत्ति हो। ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष कोरेका यी चित्रहरू नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ”, उनले भने, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा इतिहास निर्माण गरेका छौँ। आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ।”

नगरपालिकाले पहिलो चरणको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा १८ लाख खर्च गरेको जानकारी दिएको छ। जिल्लाका कतिपय स्थानीय बासिन्दाले भने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ कार्यक्रमलाई अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन्।

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुचि राख्ने प्रतिभालाई ऊर्जा मिलेको, चित्रकलासम्बन्धी ज्ञान आर्जन भएको, विदेशी चित्रकारको मानसपटलमा नगरपालिकाको छाप बस्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवर्द्धनमा टेवा पुगेको नागरपालिकाको दाबी छ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम उद्घाटनको अवसरमा विभिन्न जातजातिको सांस्कृति झाँकीसमेत प्रदर्शन गरिएको थियो। स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको पाइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले बताएको छ।

“चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभई समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा परिचित गराउँदै यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुगेको छ”, उनले भने, “नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारले समग्र खोटाङको चित्र कोरेका छन्। यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएको छ।”

बबरमहलमा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रमको पहिलो दिन राष्ट्रपति पौडेल, मन्त्री किराती, उच्च पदस्त व्यक्तिहरू, विभिन्न देशका चित्रकार, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यार्थी, जिल्लाबासी लगायत हजारौँले अवलोकन गरेको नगरपालिकाले जनाएको छ। प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।

प्रदर्शनीमा जिल्लास्थित दशवटै स्थानीय तहका धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलका तस्वीरहरू राखिएका छन्। तेह्र दिनसम्म जारी रहने प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सरकारी उच्चपदस्त व्यक्तिलगायतलाई निम्तो दिइएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:२५
##mundhum #art #artexhibition
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
  • नंः २ सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
  • नंः ३ कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
  • नंः ४ कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
  • नंः ५ दर्जनका दर्जन सल्लाहकारहरु विशिष्ट श्रेणीको तलब र सुविधा पाउने गरि नियुक्त गरिएको भन्ने छ यो के हो ?
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्