Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, फागुन ६, २०८०
mundhum art exhibition
Api Himal

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०’ सुरु गरेको छ। 

स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी-२०८०’मा कोरिएका २ सय १ वटा क्यानभास चित्रलाई नगरपालिकाले  काठमाडौँको नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो।

प्रदर्शनी आगामी फागुन १७ गतेसम्म जारी रहने छ। चित्रकला प्रदर्शनीको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्।

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताएको छ।

Nepal Oil Corporation

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्कोे शृङ्खलाको रूपमा आयोजना गरिएको छ।

“प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ”, उनले भने, “संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ। चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ।”

प्रदर्शनीमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतको उपस्थिति थियो। कार्यक्रमको शुभकामना दिनुहुँदै मन्त्री किरातीले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले नगरपालिकालाई मात्र नभई सिङ्गो खोटाङलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको बताए।

दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर साख्वाचोक र शुभम् फाउण्डेसनमा पुगेर उतारेका क्यानभास चित्रलाई प्रदर्शनमा राखिएको छ।

दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनमा राखिएको हो। 

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका लाइभ चित्रकलालाई काठमाडौँमा ल्याएर प्रदर्शनी गरिएको नगर उपप्रमुख विशन राईले बताएको छ।

“स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरू हाम्रो नगरपालिकाको सम्पत्ति हो। ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष कोरेका यी चित्रहरू नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ”, उनले भने, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा इतिहास निर्माण गरेका छौँ। आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ।”

नगरपालिकाले पहिलो चरणको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा १८ लाख खर्च गरेको जानकारी दिएको छ। जिल्लाका कतिपय स्थानीय बासिन्दाले भने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ कार्यक्रमलाई अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन्।

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुचि राख्ने प्रतिभालाई ऊर्जा मिलेको, चित्रकलासम्बन्धी ज्ञान आर्जन भएको, विदेशी चित्रकारको मानसपटलमा नगरपालिकाको छाप बस्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवर्द्धनमा टेवा पुगेको नागरपालिकाको दाबी छ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम उद्घाटनको अवसरमा विभिन्न जातजातिको सांस्कृति झाँकीसमेत प्रदर्शन गरिएको थियो। स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको पाइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले बताएको छ।

“चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभई समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा परिचित गराउँदै यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुगेको छ”, उनले भने, “नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारले समग्र खोटाङको चित्र कोरेका छन्। यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएको छ।”

बबरमहलमा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रमको पहिलो दिन राष्ट्रपति पौडेल, मन्त्री किराती, उच्च पदस्त व्यक्तिहरू, विभिन्न देशका चित्रकार, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यार्थी, जिल्लाबासी लगायत हजारौँले अवलोकन गरेको नगरपालिकाले जनाएको छ। प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।

प्रदर्शनीमा जिल्लास्थित दशवटै स्थानीय तहका धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलका तस्वीरहरू राखिएका छन्। तेह्र दिनसम्म जारी रहने प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सरकारी उच्चपदस्त व्यक्तिलगायतलाई निम्तो दिइएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:२५
##mundhum #art #artexhibition
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्