Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बाजाकाे प्रचलन घटेपछि आमा समूह उत्रिए पञ्चेबाजाकाे तालमा
बाजाकाे प्रचलन घटेपछि आमा समूह उत्रिए पञ्चेबाजाकाे तालमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, फागुन १७, २०८०
Baglung

ढोरपाटन, बागलुङ । फागुन १५ अर्थात् मगर एकता दिवसको दिन ११ बज्नै लागेको थियो। बागलुङ बजारको पुरानो बसपार्क चोकबाट एउटा ठूलो र्याली निस्कियो।

त्यो र्यालीको बीचमा केही महिला ट्याम्को बजाउँदै थिए। केहीले ढोलकी, केहीले दमाहा त केहीले सनाही र झ्याली बजाउँदै हिँडिरहेका थिए। र्यालीमा झण्डै २ हजारको हाराहारीमा मगर समुदायका विभिन्न वेशभूषामा सजिएका बालबालिकादेखि युवायुवती र पाको उमेरका वृद्धवृद्धा पनि थिए।

र्यालीको बीचमा बजेको बाजाको तालमा अधिकांश व्यक्ति घुम्दै र झुल्दै नाचिरहेका थिए। बजारको मुख्य सडकमा हिँडिरहेको र्यालीमा महिला पञ्चेबाजा टोलीमा धेरैको नजर तेर्सिएको थियो। पुरुषले बजाउँदै आएको पञ्चेबाजा महिलाले बजाएको देख्दा बजारवासी अचम्म मान्दै थिए।

र्यालीमा बाजा बजाउनेको सङ्ख्या १० थियो। उनीहरुमध्ये अधिकांश अधबैसे थिए। हिजोआज पुरुषले नै बाजा बजाउन छोडेको अवस्थामा महिला आमा समूहले बाजा बजाउन थाल्दा धेरैलाई अनौठो लाग्नु स्वभाविकै हो।

गाउँ टोलमा बाजा बजाउने प्रचलन घट्दै गएपछि मौलिक संस्कृति जगेर्नाका लागि बागलुङ बजारस्थित देउरालीचोकका आमा समूहले पञ्चेबाजा बजाउन थालेका हुन्।

विवाह, ब्रतबन्ध र सार्वजनिक कार्यक्रममा मौलिक बाजाको सट्टा रेकर्डेट गीत बजाउन थालेकाले पुर्खौँदेखि बजाइँदै आएको पञ्चेबाजा लोप हुने स्थितमा पुगेका छन्। पहिले जिल्लाका ग्रामीण क्षेत्रमा व्यापक मात्रामा पञ्चेबाजा बज्ने गरे पनि पहिलेको जस्तो प्रचलन अहिले छैन।

खासगरी परियार समुदायले बजाउने पञ्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन्। परियारसँगै मगर सामुदायका युवा पनि विदेश पलायन भएपछि बाजा बजाउने जनशक्ति अभाव हुन थालेको हो।

जनशक्ति अभाव भएर बाजा बजाउने प्रचलन लोप हुन थालेपछि आमा समूहले संरक्षणका लागि अभियान थालेको देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताए।

मगर महिलाहरु एकताबद्ध भएर बाजा संरक्षण गर्न थालेको उनको भनाइ थियो। पहिले गाउँमा प्रशस्त बाजा बजाउने टोली भेटिने गरे पनि हिजोआज कोही पनि पाउन छोडेपछि महिलाले नै यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागेको अध्यक्ष थापाले बताए।

उनले भने, “सबै युवा विदेश गए, बाजा बजाउने कोही छैनन्, गाउँघरमा र बजारमा कसैको विवाह, छैटी, भातखुवाइ र व्रतबन्ध हुँदा बाजा बज्नै छाडे, त्यही भएर हामी महिला दिदीबहिनी मिलेर पञ्चेबाजा संरक्षण गर्नुपर्छ भनेर लागेका हौँ, अब आमा समूहले पनि बाजा संरक्षण नगरे मौलिक संस्कृति हराउने भयो, धेरैले राम्रो गर्नुभयो भनेर हौसला पनि दिएका छन्। हाम्रो समूहमा ५० जनाभन्दा धेरै महिला दिदीबहिनी छौँ, सबैले सिक्ने र बजाउने गर्न थालेका छौँ, गत भदौदेखि नै बाजा बजाउन सुरु गरेका हौँ।”

बाजा समूहमा कला श्रीस ढोलक बजाउँछन्। सुरुमा भकुण्डे मगर पञ्चेबाजा समूहबाट आफूहरुले सिकेको सुनाउँदै उनले १ लाख ५० हजारमा म्याग्दीबाट बाजा सेट खरिद गरेर अहिले व्यावसायिकरूपमा बजाउन थालेको बताए। कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै श्रीसले बाजा कुनै जात र समुदायले मात्रै नभई कला भएकाले जुनसुकै जातिले बजाउन सकिने उल्लेख गरे।

“कसैले लाज मान्नु हुँदैन, चोर्न, लुट्न र ढाँट्न पो लाज मान्ने, आफ्नो कला देखाउन कोही पनि हिचकिचाउनु हुँदैन, हामीहरुले अहिले पनि बाजा बजाउन सिक्दैछौँ, बजाउने ठाउँमा जान्छौँ, पोखरा, चितवनसम्म पुगियो विवाहको बाजा बजाउन”, उनले भने, “बागलुङ नगरपालिकाले पनि राम्रो सहयोग गर्यो, नगरपालिकाले १ लाख ५० हजार दिएपछि बाजा किन्यौँ, किन्नभन्दा सिक्न धेरै खर्च लाग्दोरहेछ, अहिले धेरै दिदीबहिनीले सिकिसकेका छन्। अब खासै समस्या छैन।”

त्यो समूहमा बसुन्दरी थापा सनाही बजाउँछन्। बाजाभन्दा सनाही बजाउन केही कठिन हुने भए पनि उनले निकै लयात्मक तरिकाले बजाउने गर्छन्। सानैदेखि बाँसुरी र सनाही बजाउन चासो दिने थापाले आफूलाई सिक्नका लागि धेरै समय नलागेको बताए।

जुनसुकै गीतमा पनि सनाही बजाउन सक्ने उनको जिकिर थियो। एउटा विवाहमा बाजा बजाए बापत ३० हजारदेखि ४० हजारसम्म लिने गरेको र यो  रकममध्ये केही महिला समूहमा राख्ने र केही आफूहरुले बाँड्ने गरेको थापाले बताए।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले इच्छाशक्ति भए महिलाले पनि जुनसुकै काम गर्न सक्ने बताए। आमा समूहले बाजा बजाउन तदारुकता देखाएपछि नगरपालिकाले बाजा खरिदका लागि सहयोग गरेको र उनीहरुलाई थप सहयोग पनि गरिने उनले जानकारी दिए।

पहिले एउटा जातिले बजाउने बाजा पछिल्लो समय अन्य समुदायले पनि बजाउन थालेको र महिलाले पनि बजाउनु अनुकरणीय भएको प्रमुख श्रेष्ठको भनाइ थियो।

उनले भने, “जागरुक महिलाहरूरु प्रशिक्षण लिएर बजाउन सक्ने हुनुभएको छ, बागलुङमा थप एउटा संस्कृतिको विकास भएको छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ। उनीहरुलाई थप सक्रिय बनाउनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जानेछ, आवश्यक जनशक्ति तयार भएर ठाउँ-ठाउँमा बजाउन जाने र आम्दानी पनि गर्न थालेको छ।”

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:३६
##baja #baglung
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्