Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • भेडीगोठालो हिमबहादुर छन्त्यालको कथा
भेडीगोठालो हिमबहादुर छन्त्यालको कथा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, फागुन २१, २०८०
him bahadur chhantyal
Api Himal

वेनी, म्याग्दी । दिनभर भेडाबाख्रालाई जंगलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात खुला आकासमुनी त्रिपालको छाप्रोमा वित्ने गरेको छ।

धवलागिरि गाउँपालिका-५ मल्कबाङका हिमबहादुर छन्त्यालले यसरी जंगलमा भेडीगोठमा बस्न थालेको ८ बर्ष पुगेको छ।

करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रवन्ध मिलाएर उनी भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाहरुकै पेसालाई पच्छ्याउँदै भेडीगोठ पसेको थियो।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अगालेका छन्त्याल अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जंगल, बुकी र खर्कमा भेटिन्छन्।

Nepal Oil Corporation

छन्त्यालले करिब ५ सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आएको छ। लामो वैदेशिक रोजगारलाई बिट मार्दै पुर्खाहरुको पेसालाई अंगाल्दै आफूले भेडापालन गरेको भेडीगोठका सञ्चालक छन्त्याल बताउँछन्।

हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरुमा पुर्याउने गरिन्छ। हिउँदयाममा भेडीगोठलाई अहिले मल्कबाङको बेशीको फाँटमा झारिएको छ।

घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले वेँसीका खेतवारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ।

वैशाख-जेठसम्म्म बेँसी र पहाडका फाँट र जंगलमै राखिने भेडीगोठ जेठको अन्तिमतिर मात्रै हिमाली बुकीहरुमा पुग्छन्। घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफुले पुर्ख्याैली पेसाको निरन्तरता र स्थानीय स्तरमै आत्मनिर्भर बन्ने उदेश्यले भेडापालन गरेको छन्त्यालले बताए।

सहरको सुविधालाई छाडेर गाउँ पसेकोमा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उनी बताउँछन्। ४७ बर्षका छन्त्यालले भेडापालनबाट बार्षिक २० देखि २५ लाख सम्मको भेडाबाख्रा विक्रि हुने गरेको बताए।

घुम्ती गोठमा गरिने भेडापालन पेसा कठिन भएपनि भेडाबाख्राको बजारीकरणमा समस्या भने नरहेको कृर्षकहरु बताउँछन्। भेडा साँढ र खसी बोको खोज्दै ग्राहकहरु गोठमै पुग्ने गरेका छन्।

बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाब नहुने भएपनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाब हुने भेडापालक कृषकहरु बताउँछन्।

दशैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीहरु समेत गोठमा पुगेर भेडा, खसी गरिद गर्ने गर्छन भने स्थानीय स्तरमा हुने मण्डली, भुमे, सिद्ध, देउराली, मालिका लगायतका देवी देवताको थानमा पुजा गर्न र भाकल पुरा गर्न समेत साँढ र बोकाहरु धेरै खपत हुने गरेको छ।

हिमाली बुकीहरुमा समेत पालिने भएकाले भेडीगोठका भेडाहरुको माग अत्यधिक हुने गर्छ। भेडापालन पेसा अधिकांश समय वन जंगलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्कील पर्ने गर्छ।

पछिल्लो समय भेडापालन गर्ने कृषकहरु घट्दो छन्। युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ।

हराउँदो घुम्ती गोठमा पशुपालन गर्ने परम्परात पेसालाई अंगाएर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश हिमबहादुरको हिम्मतले देखाएको धवलागिरि गाउँपालिका-५ कल्कबाङका वडा अध्यक्ष अमर छन्त्यालले बताए। उनले भेडापालक कृषकहरुलाई अनुदान र सहुलियत दिने पहल थालिएको बताए।

जंगलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, बर्षा, हिमपात लगायतको प्राकृतिक विपत्तिहरुकोसमेत सामना गर्नुपर्छ। आफूले निरन्तर रुपमा अस्थायी टहराको लागि माग गरेपनि सम्वोधन नभएको छन्त्यालले बताए।

उनले हिमपात र भारी बर्षा हुँदा भेडाका पाठापाठीहरु बचाउन मुस्किल पर्ने भएकाले आफूले चरनक्षेत्रमा सामुहिक रुपमा भेडाबाख्रा राख्न मिल्ने अस्थायी टहरा बनाउन माग गरेको बताए।

छन्त्यालको भेडीगोठमा अहिले तीन जना हेरालु छन् भने बन्यजन्तुको आक्रमणबाट बचाउन पाँच वटा भोटे प्रजातिका कुकुरहरु समेत रहेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप Multimedia
भृकुटीमण्डपमा शुरु भयाे मह मेला
भृकुटीमण्डपमा शुरु भयाे मह मेला शनिबार, जेठ २५, २०८२
अहिलेको समितिको मोडल फेलिएर छ : सांसद माधव सापकोटा
अहिलेको समितिको मोडल फेलिएर छ : सांसद माधव सापकोटा आइतबार, वैशाख १४, २०८२
तीनकुने घटनाको रहस्य खुल्यो, रक्शी चोर्ने पनि नेताकै छोरा
तीनकुने घटनाको रहस्य खुल्यो, रक्शी चोर्ने पनि नेताकै छोरा आइतबार, वैशाख १४, २०८२
रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा भाइटीका
रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा भाइटीका आइतबार, कात्तिक १८, २०८१
नेपाल सम्वतलाई दिनचर्यामा बदल्नुपर्छ : उपमेयर डङ्गोल
नेपाल सम्वतलाई दिनचर्यामा बदल्नुपर्छ : उपमेयर डङ्गोल शनिबार, कात्तिक १७, २०८१
नेपाल संवत् ११४५ नयाँ वर्ष कार्यक्रम
नेपाल संवत् ११४५ नयाँ वर्ष कार्यक्रम शनिबार, कात्तिक १७, २०८१
तिहारमा फूलको व्यापार
तिहारमा फूलको व्यापार शुक्रबार, कात्तिक १६, २०८१
काग तिहार : कागको प्रतिमामा पूजा
काग तिहार : कागको प्रतिमामा पूजा बुधबार, कात्तिक १४, २०८१
नेकपा (माओवादी केन्द्र) को खबरदारी जुलुस ‪
नेकपा (माओवादी केन्द्र) को खबरदारी जुलुस ‪ शनिबार, कात्तिक १०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्