Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सती जानुपर्ने कुप्रथा विरुद्धको सांस्कृतिक विद्रोहः ईहि संस्कार
सती जानुपर्ने कुप्रथा विरुद्धको सांस्कृतिक विद्रोहः ईहि संस्कार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, वैशाख ३०, २०८१

केके मानन्धर, 
काठमाडौ । काभ्रेको बनेपामा सामुहिक ईहि कार्यक्रम सम्पन्न भएको छ । परम्परागत संस्कारलाई निरन्तरता दिनको लागि वाँख्यः टोलले सामुहिक ईहि कार्यक्रम गरेको हो ।

नेवार समुदायभित्र रजश्वला हुनु अगाडि ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ।

बनेपास्थित जापाली गुठी घरमा सम्पन्न भएको ईहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरु सहभागी रहेको आयोजक संस्थाका विश्वराम मानन्धरले जनाए । वैशाख २७ बाट सुरु भएको दुई दिने कार्यक्रम अक्षय तृतीयाको पावन अवसरमा सम्पन्न भएको छ।

bel-bibah-1-1715478557.jpg


स्थानिय भाषामा ‘ई’को अर्थ समय हुन्छ र ‘हि’ भनेको रगत हो । त्यसैले बालिकाको रजश्वला हुनु अगावै गरिने संस्कार नै ईहि हो। ईहि कार्यक्रममा सहभागी हुने बालिकाले दिनभरी ब्रत बसेर पूजा विधि बमोजिम कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन्।

बालिकाको आमा र बुवा अनिवार्य सहभागी भएर परम्परागत मान्यता बमोजिमका पूजा पाठ गर्दछन्। कार्यक्रम अवधिमा महिलाले गृहस्थी जीवनमा गर्नुपर्ने विभिन्न कामहरु समेत सिकाइन्छ । घर सफा गर्नको लागि कुचो लगाउने, खाना पकाउनको लागि सिलौटोमा मसला पिँध्नेदेखि अन्य घरायसी विधिहरु सिकाइन्छ।

श्रीमानको मृत्यु पश्चात् श्रीमती पनि अनिवार्य सती जानुपर्ने कुप्रथालाई उन्मुलन गराउनको लागि सांस्कृतिक विद्रोहको रुपमा ईहि संस्कार सुरु गरिएको कार्यक्रममा सहभागी भएका अग्रजले बताए ।

हुन पनि ईहि कार्यक्रममा बेलसँग सांकेतिक रुपमा बालिकालाई विवाह गरिदिएर आमाबुवाले कन्यादान दिलाउने पूजाविधि गराइन्छ। त्यस्तै, तत्कालीन नेपाल मण्डलमा मुसलमानहरुले आक्रमण गर्दा अविवाहित किशोरीहरुलाई अपहरण गर्ने उर्दी जारी भएको बताइन्छ।

त्यसैले सोही उर्दीबाट बालिकाहरुलाई बचाउन बेलसँग सांकेतिक रुपमा बिबाह गरिदिएर सिउँदोमा सिन्दूर राख्ने चलन सुरु भएको अर्कोथरी स्थानियहरु दाबी गर्दछन् ।

नेवार समुदायभित्र ईहि परम्परा कहिलेदेखि सुरुआत भएको भन्ने विषयमा थप अध्ययन आवश्यक छ। खासमा नेवार समुदायभित्र प्रत्येक बालिकालाई बिजोर वर्षमा रजश्वला हुनु अगाडि यो संस्कार गराउनै पर्ने अनिवार्य प्रचलन रहेको छ।

bel-bibah-14jpg-1715479239.jpg

bel-bibah-13jpg-1715479238.jpg

bel-bibah-12jpg-1715479237.jpg

bel-bibah-11jpg-1715479236.jpg

bel-bibah-10jpg-1715479235.jpg

bel-bibah-9jpg-1715479232.jpg

bel-bibah-8jpg-1715479233.jpg

bel-bibah-6jpg-1715478608.jpg

bel-bibah-4jpg-1715478607.jpg

bel-bibah-2-1715478604.jpg

bel-bibah-3jpg-1715478604.jpg

bel-bibah-5jpg-1715478607.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:४९
##belbibah
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्