Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छः उपराष्ट्रपति यादव
नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छः उपराष्ट्रपति यादव सीता जयन्ती
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ ३, २०८१

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्ने तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

सीता उत्पत्ति दिवस (सीता जयन्ती) २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिएको छ ।

“वैदेही, जनकनन्दिनी, जनकदुलारी, जानकी मातालगायत विभिन्न नामले सम्बोधन गरिने माता सीता हाम्रा राष्ट्रिय विभूति हुनुहुन्छ, उनको जयन्ती देशभरिका रामजानकी मन्दिरहरुमा विशेष पूजाअर्चनासहित धुमधामका साथ मनाउने परम्परा रही आएको छ। सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । यी गुणहरु वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै अनुशरणीय र अनुकरणीय छन्”, उपराष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले यो जयन्ती सीताको आदर्शबाट प्रेरित वैदिक समाज र प्राचीनकालमा कायम रहेको मातृशक्तिको भूमिकालाई स्मरण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई यो अवसरमा स्मरण गरिने बताएको छ।

सीताले आफ्नो जीवनमा अवलम्बन गरेको आदर्शलाई ग्रहण गर्नसके परिवार र समाजमा आपसी द्वन्द्व र मनोमालिन्यताको अन्त्य भई परस्पर शान्ति, प्रेम र मेलमिलापमा वृद्धि हुनसक्ने उनको विश्वास छ ।

“भजन, कीर्तन र आरती सीता जयन्तीको केही महत्वपूर्ण आकर्षण हुन्, यी सबै हाम्रो मौलिक संस्कृतिसँग जोडिएका छन्, यी सबैको संरक्षण अति आवश्यक छ,  सीताको पूजाअर्चना भक्तिभाव र श्रद्धाभावले गरे व्यक्तिको जीवनमा सुख-समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ। यसैगरी रोग, दोष र पारिवारिक कहलबाट मुक्ति पाइने मान्यता पनि छ, यी मान्यतालाई जीवन्त राख्दै आपसी सद्भाव र मैत्रीभाव कायम गर्न प्रतिबद्धता जनाउने अवसरका रुपमा पनि सीता जयन्तीलाई लिन सक्नुपर्दछ”, उनले भनेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०६:४३
##sitajayanti
प्रतिक्रिया दिनुहोस्
थप समाज
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा बुधबार, जेठ १३, २०८३
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु बुधबार, जेठ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
विचार
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्