Top Navigation
Main Navigation
सोमबार, वैशाख १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • चेपाङ बस्तीमा ‘एक घर एक धारा’
चेपाङ बस्तीमा ‘एक घर एक धारा’ भिडियाे समाचार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ ३, २०८१

chepang-settalement-1715856168.jpg

भरतपुर, चितवन । चितवनको इच्छाकामना गाउँपालिका २ को छापडाँडा खानेपानी योजना सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमका बिच खानेपानी योजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरेको हो । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरधुरीमा खानेपानीको धारा निर्माण गरिएको छ ।

अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि ‘एक घर एक धारा’ निर्माणको चरणमा रहेको बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । उनले छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए ।

उनका अनुसार गाउँपालिका, स्थानीय उपभोक्ता र वाईन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो ।

करिब ९० करोड कूल लागतको आयोजना निर्धारित समयभन्दा अघिनै सम्पन्न भएको अध्यक्ष गुरुङले बताए। साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजनाको काम सम्पन्न भएको उनको भनाई छ।

अध्यक्ष गुरुङले मिलेर काम गर्दा समयमै योजना सम्पन्न हुने भएकाले त्रिपक्षीय साझेदारीमा काम गरिएको बताए । ‘यसअघि पनि यसरी साझेदारीमा काम गरेका छौँ’, उनले भने, ‘खानेपानीको धारा निर्माणपछि स्थानीयवासीलाई उत्पादनमा जोड्न सिँचाइको पनि व्यवस्था भएको छ ।’ उनले यहाँ उत्पादित अन्न तथा तरकारी बिक्री गरी आयआर्जन गर्ने वातावरण समेत बनेको बताए ।

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अध्यक्ष गुरुङले गाउँपालिकाले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई सुविधासम्पन्न बनाउने काम गरिरहेको बताए । पूर्वाधार निर्माणमा श्रमदानको अभावमा काम अलपत्र प¥यो भन्ने अवस्था आउन नदिन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा उहाँले जोड दिए ।

घरमै खानेपानीको धारा आएपछि स्थानीयवासी खुसी भएका छन् । खानेपानी आयोजना समयमै सम्पन्न गर्नका लागि आफूहरु निरन्तर श्रमदान गरेको स्थानीय आइतबहादुर चेपाङले बताए ।

उनले श्रमदान गर्न नसक्ने घरपरिवारको पनि समुदाय मिलेर श्रमदान गरिदिएको बताए । अर्का स्थानिय सन्तोष चेपाङ घर घरमा धारा पुगेपछि उत्साहित भएको बताए । उनले भने,‘पानीको साह्रै समस्या थियो । टोलमा भएको एउटा धाराबाट लाइनमा बसेर पानी थाप्ने र बोकेर लैजानुपर्ने बाध्यता थियो । अब घरमै पानी पुगेपछि धेरै सुविधा भयो ।’

घरघरमा धारा निर्माण भएपछि नुहाउन, लुगा धुन र भाँडा माझ्न सजिलो हुने स्थानिय सोममाया चेपाङ बताए । उनले समयको समेत बचत हुने भने भन्दै दुःखका दिन अन्त्य हुँदै गएको सुनाए ।

यहाँ ५५ घरपरिवारसंगै समुदाय र विद्यालयमा पनि एक÷एक वटा धारा निर्माण गरिएको छ । सात किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्याङकीबाट सोह्र घरपरिवारलाई लिफ्ट प्रविधिबाट पानी पु¥याइएको छ । यहाँ रहेका २३ घर परिवारमा चर्पी समेत निर्माण गरिएको छ ।

गाँउपालिकाका अन्य ठाउँमा पनि खानेपानीको योजना निर्माणको चरणमा रहेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिए । वडा नम्वर १ को चौकिडाँडा र वडा नम्वर ७ को दाहाखानी दुवै ठाउँमा लिफ्टिङ प्रविधिबाट खानेपानीको योजना अघि बढाइएको उनले बताए । पालिकाले सफा, स्वच्छ र सुरक्षित खानेपानीको अबधारणा अघि बढाएको भन्दै निर्वाचनमा गरेका बाचा क्रमशः पुरा हुने क्रममा रहेको बताए ।

वाईन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न भएको भन्दै योजना निर्माणपछि स्थानीयवासीले घरमै शुद्ध खानेपानी पाएको बताए ।

आयोजनालाई दिगो बनाउन खानेपानीको मर्मत र सरसफाईमा ध्यान दिन उनले अनुरोध गरे। उनले पहुँच नपुगेका समुदायको छनोट गरेर उनीहरुको जीवनस्तर उठाउँदै आर्थिक रुपमा सक्षम बनाउन काम गरिरहेको जानकारी दिए।

छापडाँडामा खानेपानी मर्मतका लागि निश्चित रकमको कोष समेत बनाइएको भन्दै त्यसले यहाँ हुने खानेपानी समस्या समाधान गर्ने बताए ।

वडाध्यक्ष पञ्चबहादुर प्रजाले गाउँमा श्रमदान गर्ने संस्कृति क्रमशः हराउँदै गएको भन्दै यो आयोजना निर्माणपछि श्रमदान गर्ने बानीकोसमेत विकास भएको बताए । उनले यो आयोजना सम्पन्न भएपछि अन्य काममा पनि स्थानीयवासीलाई श्रमदान गर्न प्रेरित गरेको बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:२८
##chepang
प्रतिक्रिया दिनुहोस्
थप Multimedia
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु आइतबार, चैत २२, २०८२
रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा स्वर्णिम वाग्लेको भनाई
रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा स्वर्णिम वाग्लेको भनाई मंगलबार, चैत ३, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरु आइतबार, चैत १, २०८२
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु आइतबार, चैत १, २०८२
मौसम बारे मौसमविद् वरुण पौडेलको भनाई यस्तो छ
मौसम बारे मौसमविद् वरुण पौडेलको भनाई यस्तो छ बुधबार, फागुन २७, २०८२
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह मतदान गर्दै
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह मतदान गर्दै बिहीबार, फागुन २१, २०८२
एमाले अध्यक्ष केपी ओली मतदान गर्दै
एमाले अध्यक्ष केपी ओली मतदान गर्दै बिहीबार, फागुन २१, २०८२
निर्वाचन सुरक्षाबारे जानकारी दिँदै गृहमन्त्री ओमप्रकाश अर्याल
निर्वाचन सुरक्षाबारे जानकारी दिँदै गृहमन्त्री ओमप्रकाश अर्याल बुधबार, फागुन २०, २०८२
मतदान गर्न काठमाडौँबाट गाउँ जाँदै
मतदान गर्न काठमाडौँबाट गाउँ जाँदै मंगलबार, फागुन १९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लोकतन्त्रको यात्रा र यथार्थ
  • नंः २ थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
  • नंः ३  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ४ ६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
  • नंः ५ इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
विचार
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ? विदुर कटुवाल
सुकुम्बासीमाथि राज्य किन अमानवीय ?
सुकुम्बासीमाथि राज्य किन अमानवीय ? विदुर कटुवाल
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्