Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विमानस्थलमा आपतकालीन उद्धार अभ्यास
विमानस्थलमा आपतकालीन उद्धार अभ्यास
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ २१, २०८१

भैरहवा, रुपन्देही । सोमबार एकाविहानै भैरहवामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलतर्फ आगोको ठूलो मूस्लो देखियो।

त्यहाँ विमान दुर्घटना भएको भैरहवावासीको अड्कल थियो । लगत्तै दमकल र एम्बुलेन्स लगायतको साईरन घन्किन थाले पछि भैरहवावासीले गरेको दुर्घटनाको अड्कललाई थप बल पुग्यो । आगोको मूस्लो बिमान दुर्घटनाकै थियो ।

गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट कुवेतको लागि उडेको शिवम एयरलाईन्सको ए ३२० प्रकारको फ्लाईट नम्बर शिवम ३४६ विमानको ईन्जिनमा एक्कासी चरा ठोक्किदा विमानलाई भैरहवा विमानस्थलमै आकस्मिक अवतरण गराउने प्रयास गरिएको थियो।

आकस्मिक अवतरणको क्रममा विमान दुर्घटनामा परेको हो । जहाजको बाँया ईन्जिनमा समस्या देखिएपछि बिमानलाई आकस्मिक अवतरण गराउनु परेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको भनाई छ ।

विमानमा सवार चालकदलका सहित १सय ६ यात्रु थिए । जसमध्ये २५ जनाको मृत्यु भएको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता दिपककुमार बज्राचार्यले बताए। दुर्घटनामा परि अन्य ८१ जना घाईते भएका छन् ।

विमानस्थलमा अवतरण हुँदै गरेको शिवम एयरको विमानमा आगलागी भए पछि विमानस्थमा रहेको उद्दार तथा अग्नी निवारण शाखाबाट खटिएको उद्दारकर्मी र नेपाली सेना तथा नेपाल प्रहरीबाट विमानको आगो निभाई सफल रुपमा घाईतेहरुको उद्दार गरिएको थियो।

भैरहवा विमानस्थल पुग्दा सूचना अधिकारी दिपक बज्राचार्यले जानकारी गराई रहेको थियो । यी सबै दृश्य वास्तविक थिए तर दुर्घटना वास्तविक थिएन ।

गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन विमानस्थलमा पूर्णकालीन आपतकालीन उद्धार अभ्यास गरिएको दृश्य थियो यो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यास गरिएको हो।

अन्तराष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास गर्नुपर्ने मापदण्ड रहेको छ । सोही अनुसार गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा वृहत अभ्यास सहित दोश्रो पटक अभ्यास गरिएको हो ।

व्यवहारिक अभ्यास र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे प्राविधिकलाई जानकारी दिईएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा व्यस्त हुने विमानस्थल पनि हो ।

जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस्तो अभ्यास गरिएको विमानस्थलका महाप्रवन्धक अजितबाबु तिवारीले बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डभित्र रहेर सोमबार विहान ९ बजेदेखि साढे ९ बजेको बीचमा फायर फाइटर, सेना, सशस्त्रप्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यास गरिएको विमानस्थल प्रमुख तिवारीले जानकारी दिए ।

यसले भोलिका दिनमा जहाज वास्तविक रुपमा दुर्घटना हुँदा नआत्तिकन मनोबल बढाउदै उद्दारमा सहज हुने उनको बुझाई छ। कुनै पनि दुर्घटना भए हामी त्यसको सामान तयार गर्न र आत्मबल बढेको सन्देश दिन यो अभ्यास गरेको तिवारीले भने ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:२०
##rescue #airport
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्