तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका-४ स्थित खुमखानीमा विद्युत पुगेको छ ।
दाङको विकट ठाउँका रुपमा रहेको खुमखानीमा शुक्रबार पहिलो पटक विद्युत पुगेको हो ।
यस अघि त्यहाँ विद्युत नहुँदा सोलार र टुक्कीको भर पर्नुपर्ने बाध्यता थियो ।
सोही ठाउँमा तुलसीपुर उपमहानगरपालिका-४ र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको सहकार्यमा विद्युत पुगेको हो।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८१ १८:१५