Top Navigation
Main Navigation
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • धनवहादुरकाे बाख्रापालन फार्म बन्यो बिउको स्रोत केन्द्र
धनवहादुरकाे बाख्रापालन फार्म बन्यो बिउको स्रोत केन्द्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार ६, २०८१

म्याग्दी, बेनी । बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा कृषकको पहिचान बनाएको छ ।

तेह्र वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई बिट मारेर श्रीषले स्थानीय जातका बाख्रापालन सूरु गरेको हो।

जीविकोपार्जन र स्वरोजगार बन्ने उदेश्यले सानो लगानीमा सुरु गरेको बाख्रापालनलाई व्यावसायिक बनाएका श्रीषले अहिले उन्नत जातका बोयर बाख्राको स्रोत केन्द्र स्थापना गरेको छ ।

कृषक श्रीषले सञ्चालन गरेको श्रीष पशुपालन तथा बहुउदेश्यीय कृषि फार्ममा विगत ५ बर्षदेखि शुद्ध बोयर जातका बाख्रापालन हुँदै आएको छ। श्रीषले बोयर बाख्रा भने ९ बर्षदेखि पालन गर्न सुरु गरेको थियो । श्रीषको फार्मलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले बाह्य स्रोत केन्द्को रुपमा समावेश गरेको छ ।

Nepal Oil Corporation

लामो समयसम्म मासु उपभोगका लागि बाख्रापालन गरेको र पछिल्लो समय फार्मलाई बिउका लागि शुद्ध बोयर बाख्र्रा उत्पादन केन्द्रको रुपमा विकास गरेको फार्मका सञ्चालक श्रीषले बताए ।

श्रीषको फार्ममा अहिले ४५ वटा शुद्ध बोयर बाख्रा छन् । फार्ममा ३ वटा ब्याडे बोका छन् । फार्ममा रहेका २० वटा माउ बाख्राले पाठापाठी जन्माउँछन्।फार्मबाट बार्षिक रुपमा ५० वटा शुद्ध बोयर बाख्रा र बोका बिउको लागी विक्रि हुँदै आएको श्रीषले बताए। यहाँबाट देशका विभिन्न ५५ जिल्लामा बिउको रुपमा बाख्रा लगिएको छ ।

बार्षिक रुपमा १७ लाख बराबरको बोयर बाख्रा विक्रि गर्दै आएका श्रीषले व्यवस्थित र व्यावसायिक रुपमा स्थापना गरेको यो बाख्रा फार्ममा देशका विभिन्न ठाउँबाट नयाँ किसानहरु अध्ययन अवलोकनका लागि समेत आउने गर्छन।

बाख्रापालनको लागि श्रीषले ६० रोपनी जग्गामा घाँसका विरुवा रोपेको छ । केहि बर्ष अघिसम्म बार्षिक रुपमा १ करोड बढीको बोयर विक्रि गरेका श्रीषले पछिल्लो समय स्वदेशमा युवाहरुको अभाव र विदेश पलायन हुने क्रमले बाख्रापालनतर्फ आकर्षण घटेको कारण आफले फार्ममा बोयर बाख्राको संख्या बढाउन समस्या भएको बताए ।

बाख्रापालनमा लगानी, मेहनत, परिश्रम र आम्दानी सबैको चाँजो मिल्नुपर्ने बताउने कृषक श्रीषले बाख्रापालनबाटै घरखर्च धानेको र पो पेशाबाट आफु सन्तुष्ट रहेको बताए ।

श्रीषले बाख्रा फार्ममा खोर बनाउन मात्रै ५० लाख बढी लगानी गरेको छ । आफूले बाख्रापालन गरेपछि धेरै जना यो पेशामा जोडिन आउने र जाने क्रम भएपनि आफू भने आफ्नै घरमा आफ्नै पौरखमा रमाउन बाख्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाएर बसेको उनको भनाई छ ।

राज्यले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान लगायतमा धेरथोर सहयोग गरेपनि पछिल्लो समय कृषि सहुलियत ऋण पाउन मुस्कील पर्ने र बिमा बापतको रकम भुक्तानीमा ढिलासुुस्ती हुँदा आफूहरु समस्यामा परेको कृषक श्रीषले गुनासो गरे। 


 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८१  १९:३०
##goat
प्रतिक्रिया दिनुहोस्
थप Multimedia
मन्त्रीपरिषद्को बैठकले के के निर्णय गर्यो ?
मन्त्रीपरिषद्को बैठकले के के निर्णय गर्यो ? शुक्रबार, असोज २४, २०८२
मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय बिहीबार, असोज २३, २०८२
काठमाडौको गुह्येश्वरी मन्दिरमा दर्शनार्थीहरु
काठमाडौको गुह्येश्वरी मन्दिरमा दर्शनार्थीहरु बिहीबार, असोज ९, २०८२
मन्त्रीपरिषदको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषदको महत्वपूर्ण निर्णयहरु सोमबार, असोज ६, २०८२
जेनजी प्रदर्शनको क्रममा जलाइएका भवनहरुमा रंगरोगन
जेनजी प्रदर्शनको क्रममा जलाइएका भवनहरुमा रंगरोगन आइतबार, असोज ५, २०८२
संविधान दिवसमा के भने प्रधानमन्त्री कार्कीले ?
संविधान दिवसमा के भने प्रधानमन्त्री कार्कीले ? शुक्रबार, असोज ३, २०८२
जेनजी प्रदर्शनमा खरानी भएका संसदभवनको निरीक्षण
जेनजी प्रदर्शनमा खरानी भएका संसदभवनको निरीक्षण बिहीबार, असोज २, २०८२
काठमाण्डूको इन्द्रजात्रा
काठमाण्डूको इन्द्रजात्रा शनिबार, भदौ २१, २०८२
नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्री अधिकारी
नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्री अधिकारी आइतबार, भदौ १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्