Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
बिहीबार, चैत ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, चैत ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पाल्पा दरबारको पुनः निर्माण अन्तिम चरणमा
पाल्पा दरबारको पुनः निर्माण अन्तिम चरणमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार २६, २०८१

रामपुर, पाल्पा । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ।

दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको हो।

लुम्बिनी प्रदेश सरकार, पुरातत्व विभाग र तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका पुनःनिर्माण जारी छ ।

दरबारको सुरक्षार्थ बनाइएको पर्खाल र यसभित्रको संरचनामा ढुङ्गा बिछ्याउने काम यस आर्थिक वर्षभित्रै सक्नेगरी धमाधम भइरहेको छ । पुनः निर्माणका लागि तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४१ लाख र लुम्बिनी प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेका थिए ।

यसैगरी मूलढोका पुनःनिर्माण गर्ने काममा पुरातत्व विभागले रु ८१ लाख ९५ हजार विनियोजन गरेको जनाइएको छ ।

राणाकालीन समयमा बनेको मूलढोका जीर्ण बनेपछि यसलाई पुरानै स्वरुप नबिग्रने गरी बनाउन थालिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जानकारी दिए।

पाल्पाको पहिचानका रूपमा रहेको दरबारको ऐतिहासिक स्वरुप नबिग्रने गरी पुनःनिर्माण सम्पन्न गरेर आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन गरी संरचना तयार पारी पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने स्थानीय सन्तवीर बराल बताए ।

उनले भने, “पाल्पालीको शान बनेको पाल्पा दरबारको ऐतिहासिकतालाई जोगाउँदै यसलाई थप परिस्कृत गरी आकर्षक बनाउने र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा स्थापित गराउन सबैले आ-आफ्नो ठाउँबाट पहल गरौँ।”

तत्कालीन द्वन्द्वका समयमा पूरै ध्वस्त बनेको दरबारलाई पुरानै शैलीमा पुनःनिर्माण गरी सङ्ग्रहालय बनाइएको छ।अहिले सो दरबारलाई थप सुन्दर र आकर्षक बनाउन विभिन्न कार्य भइरहेका छन्।

दरबारलाई सङ्ग्रहालयका रूपमा स्थापित गरिएपछि यहाँ अवलोकन गर्न पर्यटक आउने गर्दछन्। पाल्पाको सदरमुकाम तानसेनमा रहेको दरबार जिल्लाको चिनारीका रूपमा रहेको छ ।

इतिहासकारका अनुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरका भाइ बद्रीनाथ सिंहले विसं १९३० ताका मूलढोका निर्माण गरेका थिए । सोही बेला बनेको मूलढोका पर्खाल र दरबार परिसरलाई थप आकर्षक बनाउन पुनःनिर्माण गरिएको हो ।

तत्कालीन समयमा दरबारलाई सुरक्षाका दृष्टिले पर्खाल बनाइएको बताइएको छ। ऐतिहासिक दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गत वर्ष यहाँ रहेका ५७  घर तथा टहरा भत्काइएको थियो।

पुनःनिर्माण भइरहेका संरचना बनाउने काम पूरा भएपछि तानसेन सहर थप आकर्षणको केन्द्र बन्नेछ। पुरानो सहरका रूपमा परिचित पाल्पाको तानसेन सहरमा ऐतिहासिक, धार्मिक सम्पदा प्रशस्त छन्।

पुराना संरचना तथा सम्पदालाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नै र यहाँको आयस्रोतमा टेवा पुग्ने स्थानीय बताउँछन् ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:०१
##palpa #durbar #musiem #palpadurbar
प्रतिक्रिया दिनुहोस्
थप समाज
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
अरुण नदीमा जेटबोट चढेर
अरुण नदीमा जेटबोट चढेर शनिबार, फागुन ३०, २०८२
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर बुधबार, फागुन २७, २०८२
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि मंगलबार, फागुन २६, २०८२
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र बुधबार, फागुन २०, २०८२
विसं २०८३ सालकाे सार्वजनिक बिदा
विसं २०८३ सालकाे सार्वजनिक बिदा मंगलबार, फागुन १९, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः २ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः ३ बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
  • नंः ४ मौसम बारे मौसमविद् वरुण पौडेलको भनाई यस्तो छ
  • नंः ५ सीमाना पारको सम्बन्ध
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्