Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मिरा राई इनिसिएटिभलाई बेलायतवासी राजेन्द्र गुरुङद्वारा सहयोग
मिरा राई इनिसिएटिभलाई बेलायतवासी राजेन्द्र गुरुङद्वारा सहयोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन ४, २०८१

लण्डन । बेलायतवासी राजेन्द्र गुरुङले  मिरा राई इनिसिएटिभलाई सहयोग गरेको छ ।

प्रख्यात म्याराथन धाविका मीरा राईले सञ्चालन गरेको मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि सहयोगदाता गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेको हाे ।

mira-rai-13-1721378198.jpg


उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गरेका हो । दिवंगत आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाएका उनले परिवार, साथीभाई र इष्टमित्रहरुबाट च्यारिटी रकम संकलन गरेका हुन।

Nepal Oil Corporation

उक्त दौड उनले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पुरा गरेका थिए । रकम दक्षिणकाली नगरपालिका ३ फर्पिङमा निर्माणाधिन मीरा राई टे«निङ सेन्टर तथा आवासका लागि खर्च गरिने छ ।

london-marathon-rajendra-gurung-1721378407.jpg


राजेन्द्रलाई उक्त रकम उनकी पत्नी अनिता, इष्टमित्र तथा आफन्त सन्तोष राई, प्रकाश गुरुङ, लव गुरुङ, प्रदीप गुरुङ, नेपाल रन युके लगायत लालीगुराँस एसोसियसन हङकङ, युके, अष्ट्रेलिया र नेपाल लगायतले सहयोग गरेका हुन्। राजेन्द्र तेक्वान्दो, भलिबल र शारीरिक सुगठनका पूर्व खेलाडी पनि हुन् ।

भवन निर्माणस्थल फर्पिङमै पुगेर व्यवसायी तथा सामाजिक अभियन्ता सुनिल गुरुङ र प्रकाश गुरुङले बिहिबार मीरा र इनिसियटिभका महासचिव तेन्जी शेर्पालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए। खेलकुदप्रेमी सुनिल प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार पनि हुन् ।

विश्वभर छरिएर रहेका नेपालीहरुलाई सहयोगका लागि अपिल गर्दै गुरुङले संसारभर नेपालको नाम चम्काउँने मीरा जस्ता साहसी खेलाडीहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

करिब १ करोड ५० लाखको लागतमा बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवन अल्ट्रा ट्रेल रनिङ खेलाडीहरुका लागि आवास तथा तालिमका लागि प्रयोगमा ल्याइनेछ ।

‘देशविदेशमा रहेर अथक मेहनतका साथ आर्जन गरेको रकम हाम्रो सपना पूरा गर्न खर्चिनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु’, मीराले खुशी व्यक्त गर्दै भनिन, ‘यो सहयोगले हामीलाई अत्यन्तै खुशी मात्र बनाएको छैन, खेलाडीहरुका लागि यथासम्भव छिटो आवास निर्माण गर्न थप बल पुगेको छ ।

अल्ट्रा ट्रेल रनिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य साथ अघि बढेको यो अभियानमा  यस्तो सहयोगले ठूलो आत्मबल मिल्ने समेत उनले बताइन ।

‘आफूले अहिलेसम्म जाने सिकेका कुरा नयाँ पिढीलाई हस्तान्तरण गर्न चाहन्छु’, मीराले भनिन, ‘अवसर नपाएका प्रतिभावान खेलाडीहरु खोजी नेपाली ट्रेल रनिङलाई विश्वमाँझ चिनाउँने लक्ष्य छ ।’

देश विदेशमा खेलेर जम्मा गरेको पैसाले जग्गा जोडन सफल भएपनि भवन बनाउन सम्भव थिएन तर विश्वभर रहने शुभचिन्तकहरुका सहयोगले आज सपना साकार हुने अवस्थामा आइपुगेको समेत धाविका राईले वताइन्।

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गरेकी नेपाली धाविका मीरा राई सन् २०१७ मा नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) की विजेता हुन् ।

ट्रेल रनर मीराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी छन् । हिमाली दौडमा विश्वमै चर्चित उनले २०७० को चैतमा अल्ट्रा रेसमा प्रवेश गरेकी थिइन् । तत्कालीन् सेना समायोजनमा माओवादी छापामारको रुपमा ‘अयोग्य’ ठहरिएपछि उनको जीवन खेलतर्फ मोडिएकी थियो मीरा राई।

उनले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किलोमिटरको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी थिइन् भने उनले हङकङ, इटाली, नर्वे लगायत देशमा भएका अल्ट्रा म्याराथनमा च्याम्पियन भइसकेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:१७
##mirarai #rajendragurung
प्रतिक्रिया दिनुहोस्
थप समाज
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु शुक्रबार, असार २७, २०८२
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु बिहीबार, असार २६, २०८२
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु बिहीबार, असार २६, २०८२
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती बिहीबार, असार २६, २०८२
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान बिहीबार, असार २६, २०८२
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता बुधबार, असार २५, २०८२
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति बुधबार, असार २५, २०८२
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान बुधबार, असार २५, २०८२
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ?
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ? बुधबार, असार २५, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्