Top Navigation
Main Navigation
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुल्ला
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १०, २०८१

काठमाडौ । विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को लागि आवेदन खुल्ला भएको छ।

आज राजधानीको कमलादिस्थित २ सय ५६ फिट उचाईको २२औं तल्लामा अवस्थित स्काई वाक टावरमा आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वर्ल्डका लागि आजबाट आवेदन खुल्ला गरिएको जानकारी दिएको हो।

नयाँ संस्करणको मिसेस नेपाल वर्ल्ड २०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ भने आगामी भाद्र ८ गते नयाँ वानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरण्को अडिसन गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिईन् ।

Mrs-world--2-1721919287.jpg
यस वर्ष पनि मिसेस नेपाल वर्ल्डको विजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी उनले गराए।

Nepal Oil Corporation

यसका साथसाथै, सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने आयोजक निशुकान्त झाले जानकारी गराए। ‘यस पटक हामी केहि परिमार्जित र फरक किसिमले कार्यक्रम गर्ने छौँ । जुन, महिला सशक्तिकरणका लागि उपलब्धिम्रलक कार्यक्रम सावित हुनेछ’ उनले भने ।

कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२३ तथा मिसेस वर्ल्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागीताले विवाहित र विभिन्न पेशामा आवद्ध महिलाईलाई थप माथि उठ्ने मौका दिने बताईन् ।

उनले मिसेस नेपाल वर्ल्ड २०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जित्दाको अनुभव शेयर गर्दै मिसेस नेपाल वल्र्डमा सहभागी भएपश्चात आफूले विभिन्न संघ संस्थामा आवद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताईन्।

त्यस्तैगरी एमएस नेपाल २०२३ सिता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वर्ल्ड निकै उपयोगी मञ्च भएको बताईन्।

nishu-kant-jha-1721919289.jpg

‘यो प्ल्याटफर्म नभएको भए शायद मैले यो यात्रा शूरु गर्न सक्दिनथेँ होला। प्रतियोगिताको विजेता बन्नु भनेको टाईटल जित्नु मात्र नभई व्यक्तित्व विकास तथा आफूमा भएका कमीकमजोरीलाई निखार्दै अगाडि बढ्ने कला सिक्नु पनि हो’ कथ्थक नृत्यागंंना समेत रहेकी सिताले आफूले विभिन्न अप्ठेरोलाई चिर्दै मेहनत गर्दै गएर एमएस नेपालको उपाधि जितेको अनुभव सुनाउँदै प्रतिस्पर्धामा सबै स्पर्धीलाई समान अवसर र तालिम दिईने गरको अनुभव भएको बताइन्। 

प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वर्ल्डलाई यस पटक बृहत ढंगले आयोजना गर्न लागेको बताए।

‘हामी मिसेस नेपालको विजेतालाई अमेरिकामा हुने मिसेस वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पठाउँछौं। नेपाली समुदाय र संघ संस्थाहरुसंग समन्वय र सहज वातावरण तय गर्नका लागि म केहि समय अमेरिका गएर हालै फर्किएको छु। त्यस आधारमा मिसेस वर्ल्डको यात्रा हाम्रा लागि अझै सहज हुने विश्वास लिएको छु’ उनले भने।

prithiviya-thapa-1721919288.jpg

प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरीले मिसेस नेपाल वर्ल्डले प्रत्येक वर्ष उचाई लिईरहेको चर्चा गर्दै आगामी कार्यक्रमले थप उचाई लियोस् भन्दै शुभकामना दिए।

स्काई वाक टावरका प्रमूख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठले विवाहपछि महिलाहरु अगाडि बढ्न असजिलो हुन्छ भनिने नेपाली समाजमा रिबन ईन्टटेन्मेन्टले विवाहित महिलाका लागि आयोजना गर्दै आईरहेको कार्यक्रममा जोडिन पाउँदा खुशी व्यक्त गरे। कार्यक्रममा स्काई भ्यु टावरको टुप्पोबाट मिसेस नेपाल वर्ल्डको व्यानर प्रदर्शन गरिएको थियो।

आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ। सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरुले प्रशिक्षण दिनेछन्।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २०:४२
##mrsworld
प्रतिक्रिया दिनुहोस्
थप समाज
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड बुधबार, साउन २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्