Top Navigation
Main Navigation
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • रजस्वला तथा बेल विवाह नभएका कन्यालाई पुजिने सहर
रजस्वला तथा बेल विवाह नभएका कन्यालाई पुजिने सहर श्रीकृष्ण जन्माष्टमी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ १०, २०८१

बनेपा, काभ्रेपलाञ्चोक । श्रीकृष्ण जन्माष्टमीका अवसरमा काभ्रेमा करिब १० हजार कन्यालाई पुजिँदैछ।

प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई)लाई हरेक वर्ष यही दिन पुजिँदै आइएको छ ।

आज मध्याह्नबाट सुरु गरिने पूजामा बनेपाका करिब ७ हजार कन्या पुजिने सनातन कन्या-पूजा प्रबन्ध समितिले जनाएको छ।

यस्तै केही वर्षदेखि जिल्लाका विभिन्न स्थानमा पनि कन्या पूजालाई निरन्तरता दिन थालिएको छ। कन्या-पूजा बनेपा नगरको पुरानो बजारमा विसं १९५९ देखि वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गर्दै आइएको हो ।

बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा कन्या लस्करै बस्छन्। कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् ।

समितिका सदस्य प्रकाश कायस्थका अनुसार कन्यापूजामा समितिमार्फत १ सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् ।

पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल दलेर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ। रजस्वला नभएका तथा बेल-विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ।

यस मान्यताका साथ पछिल्ला वर्षदेखि काभ्रेपको नाला, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको हो ।

बनेपामा काभ्रे तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब ७ हजार कन्या सहभागी हुने गर्दछन् । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याहरूको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेत मानवकन्याका वेशमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा ७ गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीका रूपमा ‘कन्या’नै भएकाले कन्यालाई पुज्दै आइएको हो। कन्याहरूको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाती या वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ। बनेपा-३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्यापूजा सुरु हुने गर्दछ। किंवदन्तीअनुसार  कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए। 

सोहीलाई सुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्र पुजिँदै आइए पनि केही समयपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराउँदै आइएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०८:५२
##banepa #banepacity #kavrepalnchwok
प्रतिक्रिया दिनुहोस्
थप समाज
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
  • नंः ५ नामी साप्ताहिक
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्