Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जङ्गली हात्तीको कारण रातभर जाग्राम
जङ्गली हात्तीको कारण रातभर जाग्राम
रासस
रासस शनिबार, भदौ १५, २०८१

इनरुवा, सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका-२ पुनर्वासका पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ।

उनले एक हप्तादेखि राति सुत्नै छाडेको छ । रातको समयमा जङ्गलमा दैनिक आउने जङ्गली हात्तीको गतिविधि निगरानी गर्नुपर्ने भएकाले उनी नसुतेको हो ।

प्रत्येक रात ‘टर्चलाइट’ बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या नै भएको उनको भनाइ रहेको छ। दिनभरि बाहिर काम गरेर रातिको समयमा खाना खाएर आराम गर्नका लागि आएका बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारणले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए। रातिको समयमा आउने हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ रहेको छ।

भट्टाई जस्तै बराहक्षेत्र-२, पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै रहेको छ। दैनिक रुपमा कोशी टप्पु वन्यजनतु आरक्ष तथा अन्य जङ्गलबाट आउने हात्तीका कारणले समस्या हँदै आएको छ ।

भदौै १२ गते मात्र बाहिरबाट गलेर आएका बेलामा खाना खाएर सुते पनि आएको हात्तीको समूहले घरमा क्षति पुर्याएको उनले बताए। यी दुईजना त मध्यवर्ती क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुन् ।

यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीको कारणले आर्थिक तथा भौतिक क्षति गर्ने गरेको छ । हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त भएको छैन । क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्नका लागि पटक-पटक स्थानीयले माग गरेका छन्।

कोशी टप्पु आरक्ष प्रशासनसमेत हात्तीका कारणले समस्या हुँदै आएको र यसबाट पीडित भएकालाई सुविधा सहज रुपमा उपलब्ध गराउँदै आएको जनाएको छ । 

साउनदेखि यता अहिलेसम्म एक सयभन्दा बढी घरपरिवारले क्षतिपूर्तिका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा सिफारिसका लागि आएको बराहक्षेत्र-२ का वडाअध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०८:१९
##elephant #barahkhatra #municipality #sunsari
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्