Top Navigation
Main Navigation
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • थकाली संस्कृतिमा फालो पर्वका मौलिक नृत्य
थकाली संस्कृतिमा फालो पर्वका मौलिक नृत्य परम्परा धान्नै मुस्किल 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ १८, २०८१

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) प्रभावित भएको छ।

रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेला प्रभावित बनेको हो।

भदौरे मेला ठिनीबासीको प्रमुख पर्व हो । ठिनीको भदौरे मेलाका संयोजक सवी थकालीले युवा जनशक्ति नभएपछि तीन दिन मनाउने भदौरे मेला पछिल्लो केही वर्षयता दुई दिन मात्र सञ्चालन गर्नुपरेको भदौरे मेला संयोजक सबी थकालीले बताए ।

मेलामा देखाउने नृत्यका लागि कलाकार जनशक्तिको कमी र गाउँमा भएकाहरुले पनि कार्यब्यस्तताले समय दिन नसकेपछि मेलाको समय अवधि छोटाइएको छ । विद्यालय पढ्ने उमेर समुहका किशोर किशोरी र जेष्ठ नागरिकहरुको भरमा भदौले मेलाको याक, झाँक्री, थकोर्चेन, योद्धा, ढोङग्री लगायतका नाँचलाई निरन्तरता दिइएको छ ।

पहिले युवाहरु मात्र सहभागी हुने नाँचमा पछिल्लो समय पाकाका साथै किशोरावस्थाका कलाकारहरु धेरै हुुन्छन्। खेतीबाली लगाएर सकिएपछि फुर्सदिला भएका गाउँलेहरुलाई मनोरञ्जन र हिउँद शुरु भएको सन्देश दिन भदौरे पर्व मनाउने चलन रहेको छ।

तल्लो मुस्ताङका थकाली समुदायको बसोबास रहेका बस्तीमा जनै पूर्णिमा पर्व पछि फरक फरक तिथिमा फालो मनाउने गर्छन्। भदौरे मेलामा थकाली संस्कृतिमा आधारित मौलिक नृत्यका साथै समाज र देशमा भइरहेका विकृती, विसंगतीहरुलाई ब्यङग्य मार्फत खबरदारी गर्ने चलन रहेको ठिनीको जनमुुक्ति युवा क्लवका सचिव निरज थकालीले बताए ।

लामाहरुबाट गुम्बामा देवीदेवताको पुजाआजाका साथै संस्कार, संस्कृति, प्रकृति, वातावरण संरक्षणसँग सम्बन्धित सन्देशमुलक नाटकहरु पनि प्रर्दशन हुुन्छ । भदौरे मेला र मौलिक नाँचहरुलाई लोप हुन नदिन पाका पुस्ताका कलाकारहरुबाट किशोर किशोरीहरुमा नृत्य कला र सीप हस्तान्तरण गराउन पहल भएको छ ।

भदौरे मेला अवलोकनका लागि ठिनीमा देशका विभिन्न ठाउँका साथै विदेशी पर्यटकहरु पनि आउँछन्।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्