Top Navigation
Main Navigation
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सरकारलाई के थाहा निसेलढोरवासीको दर्दनाक व्यथा
सरकारलाई के थाहा निसेलढोरवासीको दर्दनाक व्यथा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ ३१, २०८१

ढोरपाटन, बागलुङ । दूरको गाउँ । चारै तिर हरियाली पहाड । उत्तरगंगा नदीको आठमै छ, निसेलढोर गाउँ। गाउँको वरपर कतै समथर त कतै भीरालो जमिन टक्क अडिएको छ ।

परम्परागत शैलीमा बनेका काठैकाठको घर । नजिकै आलुबारी । स्याउका बगैचा । खाम भाषा, फरक रीतिरिवाज र परम्परा। हेर्दा त आकर्षक देखिन्छ निसेलढोर । तर, बस्तीको पीडा भने निकै जटिल रहेको छ ।

जति सुन्दरता प्रकृतिले दिएको छ उति नै सास्ती विकटताले । निसेलढोरका नागरिकको समस्या र सास्तीको कथा दर्दनाक छ। पुग्नेले पनि अड्कलबाजी काट्नै सक्दैनन् । सदरमुकाम बागलुङ बजारदेखि दूरमा रहेको निसेलढोर नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्छ। विकासका हिसाबले पछाडि परेको भूगोल पर्यटकीय सम्भावनाले अब्बल छ ।

अनेकन समस्याका बाबजुद पनि निसेलढोरबासी यहीं बस्तीमा रमाइरहेका छन् । निसीखोला गाउँपालिका-५ मा पर्ने निसेलढोरमा अधिकांश निसी गाउँबाटै गएर बस्छन्् । निसेलढोर लेकमा र निसी गाउँ बेसीमा पर्छ । यहाँका स्थानीयको कथा व्यथा एउटै छ।

परम्परागत खेतीपाती र पशुपालन गर्दै आएका स्थानीय भौतिक पूर्वाधारको विकास र अवसरको पर्खाइमा छन्। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि उत्तरगंगा ढोरपाटन हुँदै निसेलढोर सडकले जोडिए पनि हालसम्म निसीखोलाबाट सिधै सडक सञ्जालले जोडिन सकेको छैन।

निसीखोला र निसेलढोरको बिचमा रहेका भीमकाय पहाड सडक सञ्जालले जोड्न तगारो बनेको हो। अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन।
दियालो र टुकीकै भरमा अध्याँरोलाई जित्नुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत विकासको उपभोग निसेलढोरबासीले पाएका छैनन्।

निसेलढोरलाई प्रकृतिले त अनेकन चिज दिएको छ । तीन तहका सरकारले विकासे उपहार कहिले दिने हुन् कुनै अत्तो पत्तो छैन।  निर्वाचनताका नेता सुनाउने जीवनस्तर परिवर्तन र उत्कृष्ट पर्यटकीय गन्तव्यका वाचा सत्तामा पुग्नेहरुले भुलेका छन्।

त्यसैले त निसेलढोरका जनतालाई चहर्याइरहेको घाउमा अभावको खत बस्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:२०
##nisheldhorbashi #dhorbatan #baglung
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्