Top Navigation
Main Navigation
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सरकारलाई के थाहा निसेलढोरवासीको दर्दनाक व्यथा
सरकारलाई के थाहा निसेलढोरवासीको दर्दनाक व्यथा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ ३१, २०८१

ढोरपाटन, बागलुङ । दूरको गाउँ । चारै तिर हरियाली पहाड । उत्तरगंगा नदीको आठमै छ, निसेलढोर गाउँ। गाउँको वरपर कतै समथर त कतै भीरालो जमिन टक्क अडिएको छ ।

परम्परागत शैलीमा बनेका काठैकाठको घर । नजिकै आलुबारी । स्याउका बगैचा । खाम भाषा, फरक रीतिरिवाज र परम्परा। हेर्दा त आकर्षक देखिन्छ निसेलढोर । तर, बस्तीको पीडा भने निकै जटिल रहेको छ ।

जति सुन्दरता प्रकृतिले दिएको छ उति नै सास्ती विकटताले । निसेलढोरका नागरिकको समस्या र सास्तीको कथा दर्दनाक छ। पुग्नेले पनि अड्कलबाजी काट्नै सक्दैनन् । सदरमुकाम बागलुङ बजारदेखि दूरमा रहेको निसेलढोर नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्छ। विकासका हिसाबले पछाडि परेको भूगोल पर्यटकीय सम्भावनाले अब्बल छ ।

अनेकन समस्याका बाबजुद पनि निसेलढोरबासी यहीं बस्तीमा रमाइरहेका छन् । निसीखोला गाउँपालिका-५ मा पर्ने निसेलढोरमा अधिकांश निसी गाउँबाटै गएर बस्छन्् । निसेलढोर लेकमा र निसी गाउँ बेसीमा पर्छ । यहाँका स्थानीयको कथा व्यथा एउटै छ।

परम्परागत खेतीपाती र पशुपालन गर्दै आएका स्थानीय भौतिक पूर्वाधारको विकास र अवसरको पर्खाइमा छन्। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि उत्तरगंगा ढोरपाटन हुँदै निसेलढोर सडकले जोडिए पनि हालसम्म निसीखोलाबाट सिधै सडक सञ्जालले जोडिन सकेको छैन।

निसीखोला र निसेलढोरको बिचमा रहेका भीमकाय पहाड सडक सञ्जालले जोड्न तगारो बनेको हो। अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन।
दियालो र टुकीकै भरमा अध्याँरोलाई जित्नुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत विकासको उपभोग निसेलढोरबासीले पाएका छैनन्।

निसेलढोरलाई प्रकृतिले त अनेकन चिज दिएको छ । तीन तहका सरकारले विकासे उपहार कहिले दिने हुन् कुनै अत्तो पत्तो छैन।  निर्वाचनताका नेता सुनाउने जीवनस्तर परिवर्तन र उत्कृष्ट पर्यटकीय गन्तव्यका वाचा सत्तामा पुग्नेहरुले भुलेका छन्।

त्यसैले त निसेलढोरका जनतालाई चहर्याइरहेको घाउमा अभावको खत बस्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:२०
##nisheldhorbashi #dhorbatan #baglung
प्रतिक्रिया दिनुहोस्
थप समाज
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
  • नंः ५ नामी साप्ताहिक
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्