Top Navigation
Main Navigation
शनिबार, पुस ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, पुस ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सिन्धु बहिरा बिद्यालय बाह्रबिसेको स्थापना दिवस एबं विद्यार्थी पुनर्मिलन कार्यक्रम
सिन्धु बहिरा बिद्यालय बाह्रबिसेको स्थापना दिवस एबं विद्यार्थी पुनर्मिलन कार्यक्रम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज ७, २०८१

बाह्रबिसे, सिन्धुपाल्चोक ।  सिन्धु बहिरा बिद्यालय बाह्रबिसे सिन्धुपाल्चोकको २५औं स्थापना दिवस एबं विद्यार्थी पुनर्मिलन कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे छ।

पूर्वमन्त्री नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एबं प्रतिनिधि सभा सदस्य मा. मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा पानसमा  दीपप्रज्वल र केक काटेर उदघाटन भएको  हाे ।         

समारोहमा  बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामांङ्ग, नेपाली कांग्रेसका नेता भुपेन्द्रबहादुर थापा, अरनीको कलेजका प्राचार्य यमबहादुर बस्नेत, राष्ट्रीय अपाङ्ग महासंघका कोषाध्यक्ष कुमार रेग्मी, राष्ट्रीय बहिरा महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारी, कम्युनिटी एक्सन युकेका आवासिय प्रतिनिधि मुरारी गौतम, क्यान नेपालका अध्यक्ष तेजबहादुर तामाङ्ग, लाएन्स क्लब अफ काठमाण्डौ रञ्जना सिस्टर्सका अध्यक्ष कल्पना श्रेष्ठ, बागमती प्रदेश बहिरा संघका कृष्ण गजुरेल, इलाका प्रहरी कार्यलयका प्रमुख, ट्राफिक प्रहरी प्रमुख, नगर शिक्षा प्रमुख तोयनाथ नेपाल, अभिनय कलाक्षेत्रमा उदायका मिस युनिभर्सिटी चौथो रनरअप २०२४ का सुजल बम, बाह्रबिसे नगरपालिकका वडाध्यक्षहरु जिबनकुमार भण्न्डारि, श्याम लामा, बिमलप्रसाद पौडेल, कृष्णबहादुर राय, बिब्यसका शेरबहादुर राय, सुनकोशी गापा-४ का वडाअध्यक्ष भोजलाल श्रेष्ठ, छिमेकी बिद्यालयका प्रतिनिधिहरु, बाह्रबिसे बजारका महिला समुहका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्वशिक्षक एबं पुर्व विद्यार्थीहरु,अभिभावकहरु समाजसेवी बुद्धिजिबी लगायत पत्रकारहरुको उलेख्य उपस्थिति रहेको थियो।

रजत महोत्सब २०८१ को कार्यक्रममा नेपालको पहिलो स्विकृत बिद्यालय स्थापना गर्न गठित संस्थापक अध्यक्ष र सदस्यहरुलाई  दोसल्ला ओढाएर भरतबहादुर श्रेष्ठ, भोजराज श्रेष्ठ,भरतकाजी श्रेष्ठ, सृजना रञ्जित,सीता श्रेष्ठलाई संस्थापक सदस्यको प्रमाण-पत्र साथ प्रमुख अतिथि मा.मोहनबहादुर बस्नेतले  सम्मान गरेको थियो ।

लामो समयदेखि आया पदमा कार्यरत कबिता न्यौपाने, कार्यालय सहयोगीदेखि सिन्धुपाल्चोक बहिरा संघको अध्यक्ष हुँदै नेपाली सांकेतिक भाषाको प्रशिक्षक भै निबृत्त भएका चेतनाथ नेपाललाई रअभिनय कला र मिस युनिभर्सिटि प्रतियोगिताका चौथो रनरअप  ख्यातिप्राप्त सुजल बम र बिद्यालयको उत्कृष्ठ शिक्षकमा छनौट भएका बिद्यालय संस्थापक सदस्य सृजना रञ्जितलाई पनि "उत्कृष्ठ शिक्षक सम्मान पत्र प्रदान गरे।

प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तब्य राख्दै मा.मोहनबहादुर बस्नेतले यो बिद्यालय नेता राजेन्द्र खरेल शिक्षा राज्य्यमन्त्री हुंदा भोजराज श्रेष्ठ सहित मैले पहल गरि क्याबिनेटको निर्णयबाट शिक्षक दरबन्दी उपलब्धा गराएक स्मरण गर्दै जिल्ला बिकास समितिबाट जिल्लाभरका अपाङ्गता भएका ब्यक्तिहरुको बजेट पनि सबै यसै बिद्यालय र संघलाई बिनियोजन गराएंकाे बताएका थिए।

अप्ठेरो अवस्थामा विभिन्न माध्यमबाट आवस्यक सहयोग पुर्‍याएको र भबिष्यमा पनि भोटेकोशी कटान रोक्न यसै पर्ष पहल गर्ने प्रतिबद्धता जनाएका थिए। कक्षा १२ सम्म नि:शुल्क शिक्षा बाह्रबिसे नगरपालिकाबाट शुरु गरि देशब्यापी अभियान थालनी गरेको,कक्षा ८ सम्म बिद्यार्थीहरुलाई दिवा खाजा उपलब्ध गराएको प्रसंग उठाउँदै अपाङ्गताको शिक्षामा झन सहयोग गर्नु पर्ने र आफू त्यस तर्फ पनि प्रतिबद्ध रहेको बताए।

नगर प्रमुख बालकृष्ण बस्नेतले यो बिध्यालयको बिकास र बिस्तारमा निरन्तर लागीपरेको र बिद्यालयको स्तराेन्नतिको लागि सिन्धुपाल्चोक जिल्लाका १२ स्थानिय तहले २०-२० लाख बिनियोजन गरेर आवस्यक पुर्बाधार तयार गर्न र आफुले दोब्बर बजेट उपलब्ध गराउने,यहाको बालबालिकाहरुलाइ न्यानो कपडा ब्यवस्था गर्ने र बिद्यार्थीहरुले तयार गरेको कागजको ब्याच खरिद गर्ने  बिचार राखेका थिए।

त्यस्तै, समाजसेवी एबं नेपाली कांग्रेसका नेता भुपेन्द्रबहादुर थापाले सिन्धुपाल्चोक बहिरा संघलाई जग्गा ब्यवस्थापन र पुल निर्माण गरेको र जग्गा उपलब्ध गराउने स्व.फौदसिंह थापाको स्मरण गर्दै अपाङ्गताको क्षत्रलाई हेर्ने दृष्टिकोण परिबर्तन गर्नु पर्ने धारणा राखेका थिए।

मिस युनिभर्सको प्रतिस्पर्धामा सुजल बम चौथो रनर अप भएकाे उदाहरण दिँदै अन्तर्राष्ट्रीय खेलबाट ऐतिहासिक मेडल ल्याउने पनि अपाङ्गता भएका ब्यक्ती नै हुन् भन्दै परिवार,समाज र राज्यले हेपिएका बहिरा ब्यक्तिहरुको उत्थान हुनु जरुरी भएकाे बताए ।      

CAN (UK) का आवासिय प्रतिनिधि मुरारी गौतमले यो बिद्यालय स्थापना कालदेखि कम्युनिटी एक्सन युकेले बिद्यालय भवन छात्रबास भवन र जग्गा खरिद समेत गरि सहयोग गरेको र स्व. डग स्कटले अत्यन्त मन पराएको बिद्यालयलाई वाहाको धर्मपत्नी ट्रीस स्कटले यो बिद्यालय संधै मन:मस्तिष्क र हृदयमा रहेको सन्देश पढेर सुनाएका थिए ।

क्यानले अप्ठेरो अवस्थामा बहिरा बिद्यालयलाइ बेसहारा बनाउंदैन भन्दै भुकम्पले बनेको संरचना क्षती पुर्‍याउँदा पनि छिटो भन्दा छिटो यो भवन बनाई हस्तान्तरण गरेकाे बताउँदै अध्यक्ष तेजबहादुर तामाङ्गले यो बिद्यालय र क्यान नेपाल/युकेको सम्बन्ध अत्यन्त प्रगाढ रहेको र हातेमालो गर्दै जाने बताएका थिए ।

कुमार रेग्मी, केपि अधिकारी, तेजबहादुर तामाङ्ग, कल्पना श्रेष्ठ, तोयानाथ नेपाल, शेरबहादुर राय, बिमल पौडेल पूर्व बिध्यार्थी निमा लामाले सुनाइ सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरुलाई उचित शिक्षा दिनुपर्ने, उपेक्षा गर्न नहुने, रोजगारिको प्रबन्ध हुनुपर्ने सवाल उठाउँदै बिद्यालयलाई अझै परिस्कृत बनाउंदै नेपालकै पहिलो स्वीकृति प्राप्त बिद्यालयको उज्जल भबिष्यको कामना गरेका थिए ।

उत्कृष्ठ शिक्षक सृजना रञ्जितले सरकारले राहत शिक्षकलाई बिभेद गरि न संचय कोष न लगानी कोषकोको ब्यवस्था ? दैनिक बिद्यार्थीहरुलाई पढायो र तलब लियो, भोलि निबृत्त हुंदा खाली हात जानू पर्ने बाध्यता छ तर आज संस्थापक सदस्य देखि शिक्षण पेशामा सहभागी भै विवस र बिद्यार्थीहरुको मुल्याङ्कनले उत्त्कृष्ट शिक्षकबाट भएको सम्मान नै मेरो लागि उत्कृष्ठ पेन्सन हो भने ।

वहाँको भनाइले सबैलाई भावुक बनाएको थिए । स्वागत मन्तब्य रमेश नेपालले गरेको थियो भने बिद्यालयको प्रगती प्रतिबेदन प्रअ मैना कार्कीले प्रस्तुत गरेकाे कार्यक्रमलाई आकर्षक बनाउन बहिरा बालबालिकाले नृत्य, नाटक, र्‍याप डान्स र योगा प्रस्तुत गरेर मनोरञ्जन दिएको र सुमित्रा लामा र सरस्वती पौडेल, मिङ्गमार शेर्पा र आकृती न्यौपानेले सहजिकरण गरेका थिए।

उक्त समारोहमा लाइन्स क्लब अफ काठमाडौ रञ्जना सिस्टर्सका अध्यक्ष कल्पना श्रेष्ठ र पदाधिकारिहरुले बहिरा बालबालिकाहरुलाई ब्याग, जुत्ता चप्पल, खानेपानीको बोतल, कापी कलम, रंगिन कलम, लगायत सामाग्री र प्रत्यक बिद्यार्थिहरुलाइ विशेष प्रयोजनका लागि नगद सहित प्रोत्साहन स्वरुप शिक्षकहरु र आयाहरुलाई कपडा उपहार प्रदान गरेका थिए ।

साथै रञ्जना सिस्टर्सको चौथो स्थापनाको अवसरमा स-साना बालबालिकाको साथमा प्रमुख अतिथी मा.मोहनबहादुर बस्नेतज्युबाट केक काटेर मनाइएको थियो। अन्त्यमा प्रमुख अतिथी अतिथिहरुलाई बिब्यसका अध्यक्ष भोजराज श्रेष्ठले मायाको चिनो प्रदान गरेको थियो।

Bhoj-Raj-News-2-1727108930.jpeg


 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
  • नंः ५ मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्