Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • गलेश्वर शिवालयमा शतबीज छर्नेको घुइँचो
गलेश्वर शिवालयमा शतबीज छर्नेको घुइँचो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर १५, २०८१

म्याग्दी, बेनी । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचतुर्दशीको अवसरमा सतबीज छर्ने भक्तजनको घुइँचो लागेको छ।
पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको गलेश्वर शिवालयलाई मुक्तिनाथ प्रवेशद्धारको रुपमा समेत लिने गरिन्छ।

गलेश्वर शिवालय परिसरमा बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कालीगण्डकी नदीकिनारमा ९ रोपनी क्षेत्रफलको विशाल चक्रशिलामा अवस्थित गलेश्वर धाममा सतबीज छर्नका लागि शुक्रवार साँझदेखि टाढाका भक्तजनहरु भजनकृतन सहित जाग्राम बस्न आएका थिए ।

रातिदेखि नै टाढाटाढाका भक्तजनहरुले सतबीज छरेको र विहानदेखि भक्तजनहरुको उपस्थित बढ्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले बताए ।

सतबीज छर्न आएका भक्तजनहरुलाई सहज रुपमा कालीगण्डकी नदीमा स्नान गर्न र मन्दिरमा आएर पूजा अर्चना गर्नका लागि विभिन्न २४ वटा उपसमितिले सहजीकरण गरेको अध्यक्ष रेग्मीले जानकारी दिए ।

भक्तजनको सहजताको लागि सुरक्षाकर्मीका साथै स्वंसेवकहरु परिचालन गरिएको छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ।

शालिग्राम शिला पाईने एकमात्रै नदी कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सातथरीका बीउ छर्ने गरिन्छ ।

यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि छर्ने प्रचलन रहेको छ ।

गलेश्वरमा सतबिज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, नवलपरासी लगाएतका स्थानबाटसमेत भक्तजनहरु आएका गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

गत बर्षको तुलनामा यस बर्ष भक्तजनहरुको सख्ंया बढेको र दिनभरमा ३० हजार बढी भक्तजन आउने अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिए।

द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि आउने भक्तजनहरुले अघिल्लो दिनमै आएर रातभरी भजन कीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीको दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीपदानसहित शतबीज छर्ने प्रचलन रहेको छ ।

गलेश्वरधामको महिमाको कारण पछिल्लो समय यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भएको सतबीज छर्न आएका क्षेत्रबहादुर चोखालले बताए ।

बालाचर्तुदशी पर्वको अवसरमा गलेश्वरमा परम्परागत रुपमा मेला समेत लाग्दै आएको छ। सतबीज छर्न आएका भक्तजनहरुलाई लक्षित गरेर गलेश्वरमा घरायसी सामानको किनबेच समेत हुने गर्छ ।

मेला भर्न आएका सर्वसाधारणले डालो, नांगो, ठेकी संगै जाडोका लक्तकपडाहरु खरिद गरेर लैजाने भएकाले यहाँ व्यापारीक चहलपहल समेत बढेको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:३५
##galeshwar #shivalaya #galeshwartemple #myagdi
प्रतिक्रिया दिनुहोस्
थप समाज
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की आइतबार, असोज १८, २०८३
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक 
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक  शनिबार, असोज १७, २०८३
रूम नं १९४
रूम नं १९४ शुक्रबार, असोज १६, २०८३
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला शुक्रबार, असोज १६, २०८३
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
  • नंः ५ मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्