Top Navigation
Main Navigation
बिहीबार, जेठ ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, जेठ ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  •   ट्रयाक खुलेको १७ बर्षपछि बगरफाँट-भकिम्ली सडक स्तरोन्नती
  ट्रयाक खुलेको १७ बर्षपछि बगरफाँट-भकिम्ली सडक स्तरोन्नती
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, मंसिर १८, २०८१
Api Himal

म्याग्दी, बेनी । म्याग्दी सदरमुकाम बेनीसंँग जोडिएको हाँडेभिर-बगरफाँट-भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नती गर्न सुरु भएको छ ।

वि.स. २०६४ सालमा कृषि सडकको रुपमा बेनीबजारदेखि बेनी नगरपालिका वडा नम्बर २ को हाँडेभिर-बगरफाँट हुँदै भकिम्ली सडकको ट्याक खुलेको थियो । ट्रयाक खुलेको करिब १७ बर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नती गर्न थालिएको हो।

बगरफाँटदेखि दुधेखोलासम्मको करिब साढे २ किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नालि निर्माण गरि ग्राभेल सहित स्तरोन्नती गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक गत बर्ष नै कालोपत्र भइसकेको छ ।

गत बर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत बहुवर्षिय योजनाको रुपमा छनौट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले ५ करोड ५९ लाखमा सडक स्तरोन्नतीको लागि माछापुच्छे-हिमालयन जेभीसंग ठेक्का सम्झौता भएको थियो ।
यस सडक स्तरोन्नतीको लागि १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धा मार्फत योजनालाई कार्यान्वयन गराईएको हो।
यस योजनाबाट बगरफाँटदेखि दुधेखोलासम्मको करिब साढे २ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाएर ग्राभेल सहित स्तरोन्नती गरिने र दुधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३ सय ९० मिटर सडक ढलान गरेर स्तरोन्नती गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर सञ्जय सुवेदीले बताए ।

Nepal Oil Corporation

उनका अनुसार, चालु आर्थिक बर्षमा प्रदेश सरकारबाट यस योजनाको लागि १ करोड ६० लाख मात्रै बजेट प्राप्त भएको छ । गत जेठमा ठेक्का सम्झौता भएको यस योजनाको निर्माण अवधि १८ महिना मात्रै रहेको छ।

सडकको मार्ग खुलेको करिब दुई दशकपछि स्तरोन्नती हुन लागेको सडक योजनालाई गुणस्तरीय बनाउन र स्थानीय स्तरमा सहजीकरण गर्न स्थानीयबासीले सहजीकरण समिति गठन गरेर नियमित अनुगमन गर्न थालेका छन्।

सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले मार्ग खुलेको लामो समयपछि स्तरोन्नती हुन लागेको सडकको समुदाय स्तरबाट निगरानी र सहयोग गरिएको बताए ।

सडक विस्तारको क्रममा देखिएको जग्गा सम्बन्धी विवाद समाधान गरिएको र निर्माण व्यवसायीले गर्ने काममा नीगरानी बढाइएको सहजीकरण समितिले जनाएको छ ।

जिल्ला सदरमुकामसँग जोडिएको यो सडक ओझेलमा परेको थियो । अहिले स्तरोन्नतीको लागि आएको योजनालाई सफल बनाउँदै कालोपत्रे नै गर्नका लागि थप बजेटको लागि सम्बन्धीत निकायमा ध्यानकर्षण गराउने स्थानीयबासीको तयारी छ।

करिब दुई महिनादेखि कार्यक्षेत्रमा परिचालन भएका निर्माण व्यवसायीले सडक फराकिलो बनाउने, मेसिनरी पर्खाल र ग्याविन जाली लगाउने कामलाई तिब्रता दिएका छन् ।

अहिलेसम्म करिब १० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताए। अहिले कार्यक्षेत्रमा ५० जना बढी मजदुरसँगै आबश्यक मात्रामा निर्माण सामाग्री र मेसिन उपकरणहरु परिचालन गरेको र निर्माण कार्यलाई दुत्र गतिमा निर्धारित समय अगाबै निर्माण कार्यलाई सम्पन्न गर्ने लक्ष्य राखेको उनले जानकारी दिए।

मुख्य बस्तीमा सडक विस्तारको क्रममा देखिएको जग्गा विवाद स्थानीयले सहमतीमै टुंगो लगाएसँगै निर्माण व्यवसायीले पहिलो चरणमा सडक पराकिलो बनाउने कामलाई जोड दिएका छन् ।

गण्डकी प्रदेश सरकारले चालु आवमा पठाएको बजेट योजनाको लागि प्रयाप्त नभएकाले थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।

उनले जिल्लामा भित्रिएका बहुबर्षिय योजनाहरुको नियमित अनुगमन गर्ने र समुदाय स्तरमा रहेका समस्या हटाउन सहजीकरणमा समेत जुटेको जानकारी दिए ।

हाँडेभिरदेखि बगरफाँट-दुधेखोला-हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्ग अन्तरगत दुधेखोलादेखि बास्कुना-थामडाँडा-अर्जेखोला हुँदै मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजालाई समेत यो सडकले जोडेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:०४
##bagharphant
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
मुस्ताङबासीलाई पानीको चरम पीडा
मुस्ताङबासीलाई पानीको चरम पीडा सोमबार, जेठ २७, २०८२
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य आइतबार, जेठ २६, २०८२
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।। शनिबार, जेठ २५, २०८२
जनताकाे विकासको चाहनालाई पूरा गर्न शिक्षा: राष्ट्रपति पौडेल
जनताकाे विकासको चाहनालाई पूरा गर्न शिक्षा: राष्ट्रपति पौडेल शुक्रबार, जेठ २४, २०८२
बर्दियामा लागुऔषधको कसुरमा ४७५ जनालाई कैद सजाय
बर्दियामा लागुऔषधको कसुरमा ४७५ जनालाई कैद सजाय शुक्रबार, जेठ २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ त्रियुगा नदी वारवार गराउन वडाअध्यक्षले किने डुंगा
  • नंः ३ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ४ उत्तरी गोरखा चुमनुब्री गाउँपालिकाका बासिन्दाको व्यथा
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्