Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सुत्केरी र गर्भवती महिलालाई पोषण प्याकेज र न्यानो कपडा
सुत्केरी र गर्भवती महिलालाई पोषण प्याकेज र न्यानो कपडा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, मंसिर १९, २०८१

तम्घास, गुल्मी । गर्भवती र सुत्केरी महिलाहरुका लागि गुल्मीको रेसुङ्गा नगरपालिकाले पोषण प्याकेज उपलब्ध गराएको छ।

चालु आर्थिक बर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाईका सामग्री एवम् न्यानो कपडा उपलब्ध गराएको हो ।

महिलाहरु प्रथम पटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवम् सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाईका सामग्री उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षभरी यो कार्यक्रम सञ्चालन गर्नको लागि ५ लाख बजेटमा ‘आमासँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिएको छ।

आमाले नै स्वस्थ्य खानेकुरा खाएपछि स्वस्थ बच्चा जन्मिने भएकोले सांकेतिकस्वरुप गर्भवती र सुत्केरीलाई पोषण प्याकेज उपलब्ध गराइएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख अन्जु घर्ती मगरको भनाई छ ।

चालु आर्थिक बर्षमा ३ सय जना गर्भवती हुने नगरको अनुमान छ । नगरका १४ वटा वडाका १६ वटा स्वास्थ्य संस्थामा महिनाको एकपटक नगरपालिकाको ‘आमासँग उपमेयर’ कार्यक्रम सञ्चालन हुनेछ ।

यसरी हेर्दा नगरपालिकाभरी १ सय ९२ पटक घुम्ती शिविर प्रदान गरिने छ । नगरपालिकाको समुह सेवा लिएर स्वास्थ्य संस्थामा जाँदा गर्भवतीहरुका लागि भिडियो एक्सरेको सुविधा पनि प्रदान गर्ने गरेको छ ।

यसका लागि २ लाख बिनियोजन गरिएको छ । तालिम प्राप्त जनशक्तिले भिडियो एक्सरे गर्ने नगरपालिकाले जनाएको छ। बाहिर अस्पतालमा भिडियो एक्सरे गराउँदा एकजनाको ८ देखि ९ सय रुपैँयासम्म पर्ने तर नगरपालिकाले निःशुल्क रुपमा भिडियो एक्सरेको सुविधा दिने वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन थापाले बताए ।

अस्पतालदेखि टाढा रहेका नगरको वडा नम्बर ५, ६, १०, ११, १२, १३ र १४ वडाका महिलाहरुलाई यो कार्यक्रमले धेरै नै लाभ पुग्ने गर्दछ।
यसै कार्यक्रम अन्तरगत हालसम्म नगरका ५७ महिलाले भिडियो एक्सरेको सुविधा लिएका छन्। भिडियो एक्सरेको समेत सुविधा थप हुँदा यो कार्यक्रमको प्रभावकारिता बढेको छ । रेसुङ्गा नगरपालिका-८ की विष्णु पाण्डेले बताइन्।

नगरमा अर्को पनि अल्ट्रासाउण्ड मेसिन भएकोले आगामी दिनमा घुम्ति अल्ट्रासाउण्ड सेवा थप प्रभावकारी हुने अपेक्षा छ । रेसुङ्गा नगरको घुम्ती अल्ट्रासाउण्ड सेवा अन्य पालिकाहरुको पनि अनुकरणीय छ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०८:४५
##gulmi #tamghas #resungamunicipality
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्