Top Navigation
Main Navigation
शनिबार, कात्तिक ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, कात्तिक ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भुटानी नरेश वाङ्चुकको स्वयम्भूनाथ क्षेत्रमा ५० मिनेट
भुटानी नरेश वाङ्चुकको स्वयम्भूनाथ क्षेत्रमा ५० मिनेट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, मंसिर २१, २०८१

काठमाडौँ । भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका क्रममा काठमाडौँ ओर्लदै गर्दा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा उनको स्वागतको तयारी चल्दै थियो।

बिहान १० बजे आसपास स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासममितिका कर्मचारी स्वयम्भूनाथको प्रवेशद्वारमा ‘भुटानी नरेशलाई स्वयम्भूमा हार्दिक स्वागत’ लेखिएको व्यानर टाँग्न व्यस्त थिए।

स्वयम्भू प्रवेशद्वार अगाडि नेपाल र भुटानका राष्ट्रिय झण्डा फहराइएको थियो। महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति, पुरातत्व विभागका अधिकारी र सुरक्षाकर्मी उनको स्वागतमा तयारी अवस्थामा रहेको थियो। 

स्वयम्भू परिसरमा सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो। करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भुटानका नरेश विमानस्थलबाट सिधैँ बानेश्वर, कालीमाटी हुँदै १०ः५० बजे स्वयम्भू पुगेको थियो।

Nepal Oil Corporation

स्वयम्भू परिसर पुग्दा उनलाई बौद्ध परम्पराअनुसार धर्मगुरु, महासमितिका पदाधिकारी र पुरातत्व विभागका अधिकारीले स्वागत गरेका थिए।

त्यसलगत्तै भुटानी नरेशले विश्वशान्ति पोखरीको दर्शन गरे । स्वयम्भू महाचैत्य, ‘शान्तिपूर’लगायत पुरातत्वतिक संरचनाका बारेमा पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले नरेशलाई ‘ब्रिफिङ’ गराएको थियो ।

स्वयम्भूनाथको परिक्रमापश्चात भुटानी नरेशले काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेको थियो।

स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिर आगाडि भुटानी नरेशले दीप प्रज्वलन र पूजाअर्चना तथा हारती मन्दिरमा मौलिक परम्पराअनुसार पूजाआजा गरे । सोही क्रममा बज्राचार्य गुरुहरुले स्वस्ती पाठ गरको थियो।

स्वयम्भूनाथ परिसरमै रहेको भुटानसँग सम्बन्धित महायानी मन्दिरमा रहेको भगवान् गौतमबुद्धको प्रतीमामा दीपप्रज्वलनसँग पूजाअर्चना गरेको थियो । त्यसक्रममा लामा गुरुहरुले स्वस्ती वाचन गरेको थियो।

महासमिति र पुरातत्व विभागका तर्फबाट नरेशलाई स्वयम्भूनाथको ऐतिहासिक, पौराणिक र सांस्कृतिक पक्षबारे जानकारी गराइएको अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिए ।

स्वयम्भूनाथको दर्शनमा आएका भुटानी नरेशलाई महासमितिका तर्फबाट ‘धर्म उपहार’ स्वरुप बुद्धको मूर्ति प्रदान गरी ११ः४० बजे बिदाइ गरिएको थियो ।

नेपाल बुद्ध जन्मेको देश भएर पनि आफूहरुले नरेशलाई शान्ति नायक गौतमबुद्धको मूर्ति उपहार दिइएको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिए । यसबाट विश्वशान्ति अभियानमा थप बल पुग्ने उनको भनाइ छ।

स्वयम्भूको भ्रमण सकेर नरेश बौद्धनाथको दर्शनका लागि प्रस्थान गरेको थियो । भुटानी नरेशले स्वयम्भूनाथ दर्शन, पूजाअर्चना र न्यानो आतिथ्यता पाएकामा निकै प्रशन्नता व्यक्त गरेको महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए।

भुटानका नरेश स्वयम्भूनाथको दर्शनका लागि आउने जानकारी सुरक्षा निकायबाट प्राप्त भएसँगै महासमिति उनको भ्रमणलाई सफल बनाउन जुटेको थियो ।

स्वयम्भूनाथ परिसरमा वृहद् सरसफाइ गरिएको थियो । नरेशको स्वयम्भू भ्रमणलाई सफल बनाउन परराष्ट्र मन्त्रालय, पुरातत्व विभाग र सुरक्षा निकायसँगको समन्वयलाई महासमितिले चुस्त बनाएको थियो।
 
परराष्ट्र, पुरातत्व र सुरक्षा निकायसँग छलफल गरेर महासमितिले भुटानी नरेशलाई स्वयम्भूको दर्शन, अवलोकन र पूजाआजाको प्रबन्ध मिलाएको थियो ।

भुटानी नरेशको विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रको भ्रमणबाट धार्मिक पर्यटन प्रवद्र्धनमा पनि बल पुग्ने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको विश्वास छ ।

“भुटानी नरेश यहाँ आउने भनेपछि हामी निकै खुसी भएका थियौँ, स्वयम्भूनाथ क्षेत्रको ऐतिहासिक पक्षबारे उनले जानकारी गराउन पाउँदा गौरवान्वित छौँ, छोटो तयारीमा पनि नरेशका स्वयम्भू भ्रमणलाई सफल बनाउन सक्यौँ”, अध्यक्ष भीक्षु धर्ममूर्तिले भने, “भुटानका नरेश स्वयम्भूनाथ पुगेर दर्शनसहित पूजाअर्चना गरेबाट बौद्ध धर्मावलम्बी मात्रै नभई विश्वभरका शान्तिप्रिय महानुभावलाई स्वयम्भूनाथको दर्शन गर्नुपर्छ भन्ने भाव जाग्नेछ, यसबाट नेपाललाई थप लाभ हुनेछ।”

नरेशको स्वयम्भू भ्रमणको उचित प्रबन्ध मिलाइदिएकामा अध्यक्ष धर्ममूर्तिले सरकारलाई धन्यवाद दिए। भुटानका नरेश भारत भ्रमण गरेर स्वदेश फर्कने क्रममा काठमाडौँ ‘ट्रान्जिट’ रहेकाले यहाँ आएको थियो।

भुटानी नरेश आफू जन्मे, हुर्केको क्षेत्रको भ्रमणमा आउनु मुलुकका लागि महत्वको विषय भएको उनको बुझाइ छ। स्वयम्भूनाथ दर्शन गर्ने नरेशको चाहनालाई पूरा गर्न महासमितिका तर्फबाट आफूहरुले सहयोग गरेको बताउँदै उनले यसबाट नरेश प्रशन्न भएको विश्वास व्यक्त गरे ।

भुटानी नरेश वाङ्चुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वागत गरेको थियो। भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका उनी आजै स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
थप समाज
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन आइतबार, कात्तिक ३, २०८२
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित शुक्रबार, कात्तिक १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
  • नंः २ कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
  • नंः ३ दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान
  • नंः ४ तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
  • नंः ५ यस्ताे छ, आज देशभर मौसम 
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्