Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भुटानी नरेश वाङ्चुकको स्वयम्भूनाथ क्षेत्रमा ५० मिनेट
भुटानी नरेश वाङ्चुकको स्वयम्भूनाथ क्षेत्रमा ५० मिनेट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, मंसिर २१, २०८१

काठमाडौँ । भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका क्रममा काठमाडौँ ओर्लदै गर्दा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा उनको स्वागतको तयारी चल्दै थियो।

बिहान १० बजे आसपास स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासममितिका कर्मचारी स्वयम्भूनाथको प्रवेशद्वारमा ‘भुटानी नरेशलाई स्वयम्भूमा हार्दिक स्वागत’ लेखिएको व्यानर टाँग्न व्यस्त थिए।

स्वयम्भू प्रवेशद्वार अगाडि नेपाल र भुटानका राष्ट्रिय झण्डा फहराइएको थियो। महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति, पुरातत्व विभागका अधिकारी र सुरक्षाकर्मी उनको स्वागतमा तयारी अवस्थामा रहेको थियो। 

स्वयम्भू परिसरमा सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो। करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भुटानका नरेश विमानस्थलबाट सिधैँ बानेश्वर, कालीमाटी हुँदै १०ः५० बजे स्वयम्भू पुगेको थियो।

स्वयम्भू परिसर पुग्दा उनलाई बौद्ध परम्पराअनुसार धर्मगुरु, महासमितिका पदाधिकारी र पुरातत्व विभागका अधिकारीले स्वागत गरेका थिए।

त्यसलगत्तै भुटानी नरेशले विश्वशान्ति पोखरीको दर्शन गरे । स्वयम्भू महाचैत्य, ‘शान्तिपूर’लगायत पुरातत्वतिक संरचनाका बारेमा पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले नरेशलाई ‘ब्रिफिङ’ गराएको थियो ।

स्वयम्भूनाथको परिक्रमापश्चात भुटानी नरेशले काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेको थियो।

स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिर आगाडि भुटानी नरेशले दीप प्रज्वलन र पूजाअर्चना तथा हारती मन्दिरमा मौलिक परम्पराअनुसार पूजाआजा गरे । सोही क्रममा बज्राचार्य गुरुहरुले स्वस्ती पाठ गरको थियो।

स्वयम्भूनाथ परिसरमै रहेको भुटानसँग सम्बन्धित महायानी मन्दिरमा रहेको भगवान् गौतमबुद्धको प्रतीमामा दीपप्रज्वलनसँग पूजाअर्चना गरेको थियो । त्यसक्रममा लामा गुरुहरुले स्वस्ती वाचन गरेको थियो।

महासमिति र पुरातत्व विभागका तर्फबाट नरेशलाई स्वयम्भूनाथको ऐतिहासिक, पौराणिक र सांस्कृतिक पक्षबारे जानकारी गराइएको अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिए ।

स्वयम्भूनाथको दर्शनमा आएका भुटानी नरेशलाई महासमितिका तर्फबाट ‘धर्म उपहार’ स्वरुप बुद्धको मूर्ति प्रदान गरी ११ः४० बजे बिदाइ गरिएको थियो ।

नेपाल बुद्ध जन्मेको देश भएर पनि आफूहरुले नरेशलाई शान्ति नायक गौतमबुद्धको मूर्ति उपहार दिइएको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिए । यसबाट विश्वशान्ति अभियानमा थप बल पुग्ने उनको भनाइ छ।

स्वयम्भूको भ्रमण सकेर नरेश बौद्धनाथको दर्शनका लागि प्रस्थान गरेको थियो । भुटानी नरेशले स्वयम्भूनाथ दर्शन, पूजाअर्चना र न्यानो आतिथ्यता पाएकामा निकै प्रशन्नता व्यक्त गरेको महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए।

भुटानका नरेश स्वयम्भूनाथको दर्शनका लागि आउने जानकारी सुरक्षा निकायबाट प्राप्त भएसँगै महासमिति उनको भ्रमणलाई सफल बनाउन जुटेको थियो ।

स्वयम्भूनाथ परिसरमा वृहद् सरसफाइ गरिएको थियो । नरेशको स्वयम्भू भ्रमणलाई सफल बनाउन परराष्ट्र मन्त्रालय, पुरातत्व विभाग र सुरक्षा निकायसँगको समन्वयलाई महासमितिले चुस्त बनाएको थियो।
 
परराष्ट्र, पुरातत्व र सुरक्षा निकायसँग छलफल गरेर महासमितिले भुटानी नरेशलाई स्वयम्भूको दर्शन, अवलोकन र पूजाआजाको प्रबन्ध मिलाएको थियो ।

भुटानी नरेशको विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रको भ्रमणबाट धार्मिक पर्यटन प्रवद्र्धनमा पनि बल पुग्ने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको विश्वास छ ।

“भुटानी नरेश यहाँ आउने भनेपछि हामी निकै खुसी भएका थियौँ, स्वयम्भूनाथ क्षेत्रको ऐतिहासिक पक्षबारे उनले जानकारी गराउन पाउँदा गौरवान्वित छौँ, छोटो तयारीमा पनि नरेशका स्वयम्भू भ्रमणलाई सफल बनाउन सक्यौँ”, अध्यक्ष भीक्षु धर्ममूर्तिले भने, “भुटानका नरेश स्वयम्भूनाथ पुगेर दर्शनसहित पूजाअर्चना गरेबाट बौद्ध धर्मावलम्बी मात्रै नभई विश्वभरका शान्तिप्रिय महानुभावलाई स्वयम्भूनाथको दर्शन गर्नुपर्छ भन्ने भाव जाग्नेछ, यसबाट नेपाललाई थप लाभ हुनेछ।”

नरेशको स्वयम्भू भ्रमणको उचित प्रबन्ध मिलाइदिएकामा अध्यक्ष धर्ममूर्तिले सरकारलाई धन्यवाद दिए। भुटानका नरेश भारत भ्रमण गरेर स्वदेश फर्कने क्रममा काठमाडौँ ‘ट्रान्जिट’ रहेकाले यहाँ आएको थियो।

भुटानी नरेश आफू जन्मे, हुर्केको क्षेत्रको भ्रमणमा आउनु मुलुकका लागि महत्वको विषय भएको उनको बुझाइ छ। स्वयम्भूनाथ दर्शन गर्ने नरेशको चाहनालाई पूरा गर्न महासमितिका तर्फबाट आफूहरुले सहयोग गरेको बताउँदै उनले यसबाट नरेश प्रशन्न भएको विश्वास व्यक्त गरे ।

भुटानी नरेश वाङ्चुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वागत गरेको थियो। भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका उनी आजै स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
थप समाज
पशुपतिनामा पितृ पक्ष सुरु
पशुपतिनामा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्