Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • एकै वडामा दुई पक्कि पुल, मुख्यमन्त्रीले गरे शिलान्यास
एकै वडामा दुई पक्कि पुल, मुख्यमन्त्रीले गरे शिलान्यास
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस ७, २०८१

त्रिशूली, नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका-३ स्थित सिन्दुरे खोलामा दुईवटा पक्कि पुलको निर्माण थालिएको छ।

लिखु गाँउपालिकालाई जिल्लाको बेलकोटगढी नगरपालिका र ककनी गाँउपालिकासंग जोड्न तथा सदरमुकाम विदुर तथा राजधानी काठमाडौ आउजाउ गर्न सहज बनाउन एकै गाँउको एउटै खोलामा दुईवटा पक्कि पुल निर्माण थालिएको हो।

उक्त दुई पुलको बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केबाट सयुक्त रुपमा शिलान्यास गरिएको छ ।

दुईवटा पुलको शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले जनताको माग अनुसार एकै गाँउमा एउटा खोलामा दुईवटा पुल बनाउन थालिएकाले निर्माण पश्चात कृषि उपज बजार पुर्याई आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण र आयोजनाको प्रभावकारिता अध्ययनन अनुसार गाँउमा उत्पादन भएका कृषि उपजलाई सहज रुपमा बजार पुर्याउन पुलको अत्यावश्यक देखिएकाले बजेट बिनियोजन गरिएको हुदाँ सोही अनुसार लाभ लिन उनले स्थानीय लाभग्राहीलाई आग्रह गरे ।

“लिखु र बेलकोटगढीमा व्यावसायिक रुपमा आलु सहितको तरकारी खेती हुने भएपनि बजार लैजान भइरहेको समस्या पुल निर्माणले सहज हुनेछ ।” मुख्यमन्त्री तामाङले भने, “निर्माण व्यावसायीले पुल बनाउन सुरु गरेकाले उक्त पुलहुँदै सवारीसाधन मार्फत सजिलै बजार लैजाने कृषि उपज उत्पादन फलाउन किसान पनि लाग्नु पर्दछ।”

कार्यक्रममा प्रदेसको भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बागमती प्रदेस मार्फत निर्माण थालिएका भौतिक संरचनाका काम गुणस्तर र तोकिएको अवधिभित्र सम्पन्न गर्न मन्त्रालय सक्रिय रहेको बताए। सोही अनुसार एकैसाथ शिलान्यास गरिएका दुई पुललाई पनि समयअवधि भित्रै काम पूरा गर्न उनले निर्माण व्यावसायीलाई सचेत गराए।

सो अवसरमा बागमती प्रदेससभा सदस्य रमेशकुमार महत, नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनाली लगायतले पुल निर्माणसगैँ सडकलाई व्यवस्थित (कालोपत्र) गर्न आवश्यक रहेको बताए ।

सिन्दुरे खोलामा निर्माण थालिएका दुई पुल मध्ये लिखु गाँउपालिका-३ स्थित सुपारीखोल्छीबाट बेलकोटगढी-१३ स्थित ढाडेँफेदी जोड्ने पक्कि पुलको लागत ८ करोड ४६ लाख रहेको छ ।

लिखु-३ स्थित कटरबोटेबाट ककनी-७ चतुरालेफेदी जोड्ने पक्कि पुलको लागत ५ करोड ८६ लाख रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए । उक्त दुई पुल विसं.२०८२ असोजसम्म सम्पन्न गर्नुपर्ने गरेर निर्माण व्यावसायीलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप समाज
पशुपतिनामा पितृ पक्ष सुरु
पशुपतिनामा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्