Top Navigation
Main Navigation
शुक्रबार, कात्तिक ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, कात्तिक ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • एकै वडामा दुई पक्कि पुल, मुख्यमन्त्रीले गरे शिलान्यास
एकै वडामा दुई पक्कि पुल, मुख्यमन्त्रीले गरे शिलान्यास
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस ७, २०८१

त्रिशूली, नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका-३ स्थित सिन्दुरे खोलामा दुईवटा पक्कि पुलको निर्माण थालिएको छ।

लिखु गाँउपालिकालाई जिल्लाको बेलकोटगढी नगरपालिका र ककनी गाँउपालिकासंग जोड्न तथा सदरमुकाम विदुर तथा राजधानी काठमाडौ आउजाउ गर्न सहज बनाउन एकै गाँउको एउटै खोलामा दुईवटा पक्कि पुल निर्माण थालिएको हो।

उक्त दुई पुलको बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केबाट सयुक्त रुपमा शिलान्यास गरिएको छ ।

दुईवटा पुलको शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले जनताको माग अनुसार एकै गाँउमा एउटा खोलामा दुईवटा पुल बनाउन थालिएकाले निर्माण पश्चात कृषि उपज बजार पुर्याई आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

Nepal Oil Corporation

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण र आयोजनाको प्रभावकारिता अध्ययनन अनुसार गाँउमा उत्पादन भएका कृषि उपजलाई सहज रुपमा बजार पुर्याउन पुलको अत्यावश्यक देखिएकाले बजेट बिनियोजन गरिएको हुदाँ सोही अनुसार लाभ लिन उनले स्थानीय लाभग्राहीलाई आग्रह गरे ।

“लिखु र बेलकोटगढीमा व्यावसायिक रुपमा आलु सहितको तरकारी खेती हुने भएपनि बजार लैजान भइरहेको समस्या पुल निर्माणले सहज हुनेछ ।” मुख्यमन्त्री तामाङले भने, “निर्माण व्यावसायीले पुल बनाउन सुरु गरेकाले उक्त पुलहुँदै सवारीसाधन मार्फत सजिलै बजार लैजाने कृषि उपज उत्पादन फलाउन किसान पनि लाग्नु पर्दछ।”

कार्यक्रममा प्रदेसको भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बागमती प्रदेस मार्फत निर्माण थालिएका भौतिक संरचनाका काम गुणस्तर र तोकिएको अवधिभित्र सम्पन्न गर्न मन्त्रालय सक्रिय रहेको बताए। सोही अनुसार एकैसाथ शिलान्यास गरिएका दुई पुललाई पनि समयअवधि भित्रै काम पूरा गर्न उनले निर्माण व्यावसायीलाई सचेत गराए।

सो अवसरमा बागमती प्रदेससभा सदस्य रमेशकुमार महत, नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनाली लगायतले पुल निर्माणसगैँ सडकलाई व्यवस्थित (कालोपत्र) गर्न आवश्यक रहेको बताए ।

सिन्दुरे खोलामा निर्माण थालिएका दुई पुल मध्ये लिखु गाँउपालिका-३ स्थित सुपारीखोल्छीबाट बेलकोटगढी-१३ स्थित ढाडेँफेदी जोड्ने पक्कि पुलको लागत ८ करोड ४६ लाख रहेको छ ।

लिखु-३ स्थित कटरबोटेबाट ककनी-७ चतुरालेफेदी जोड्ने पक्कि पुलको लागत ५ करोड ८६ लाख रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए । उक्त दुई पुल विसं.२०८२ असोजसम्म सम्पन्न गर्नुपर्ने गरेर निर्माण व्यावसायीलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप समाज
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन आइतबार, कात्तिक ३, २०८२
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित शुक्रबार, कात्तिक १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
  • नंः २ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ३ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ४ कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
  • नंः ५ प्रेमिल भाइरल जुँगे र अनिता थापाको अनुपम प्रेमकहानी
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्