Top Navigation
Main Navigation
बुधबार, असार ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, असार ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पुन मगर समुदायको पुर्ख्याैली नाच
पुन मगर समुदायको पुर्ख्याैली नाच
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ ३, २०८१

म्याग्दी, बेनी । म्याग्दीका पुन मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ ।

बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सहआयोजनामा पुख्र्यौली नाच प्रतियोगिता गरिएको हो ।

पुख्र्यौली नाच पुन मगर समुदायको मौलिक संस्कृतिको रुपमा चिनिन्छ । पुख्र्यौली नाचमा अहिले बालबालिका, युवायुवति, पौढ देखि बृद्धबृद्धा सम्मका चार पुस्ता सहभागी हुने गर्छन् ।

ठाउँ र परम्परा अनुसार पुख्र्यौली नाचको शैलि र भाका समेत फरक फरक हुने गर्छ । पुख्र्यौली नाचलाई अन्तरपुस्ता हस्तान्तरण गरेर संरक्षण गर्न महोत्स्वमा आयोजित पुख्र्यौली प्रतियोगिताले सहयोग पुग्ने कलाकार थमन गर्वुजाको भनाई छ।

पुर्खाहरुले सिर्जना गरेको मौलिक संस्कृति लोप भएर जाने अवस्था आउन नदिन म्याग्दीमा पुख्र्यौली संरक्षणको लागि विभिन्न प्रयासहरु हुँदै आएका छन् । विभिन्न उत्सव र खुसीयालीको समयमा देखाइने पुख्र्यौली नाच बच्चा जन्मिएको छैटौँ दिनमा गरिने छैटी, भात खुवाउने दिन, छेवर, गुनिउचोली, विवाह लगायतका संस्कारजन्य कार्यक्रममा सोरठी भाकामा पुख्र्यौली नचाउने चलन रहेको छ।

कतिपय ठाउँहरुमा मृत्यु संस्कारमा समेत सोरठी भाकामा दुख, पीर, वेदना, जीवन भोगाई र संघर्षका गीत गाएर सान्त्वना दिने प्रचलन समेत रहेको छ । आफ्ना पुर्खाहरुले चलाउँदै आएको पुख्र्यौली संस्कृतिको मौलिकता मासिन नदिन नयाँ पुस्ताले समेत अनुसरण गर्न थालेको मालिका गाउँपालिका-१ निस्कोटका २१ बर्षिय युवा कलाकार साजन चोचाङ्गी पुनले बताए।

पछिल्लो समय म्याग्दीमा सार्वजनिक कार्यक्रमदेखि मेला, महोत्सव र साँस्कृतिक कार्यक्रमहरुमा पुख्र्यौलीलाई प्राथमिकता दिन थालिएको छ । यो नाचको सुरुवातमा मादलको तालमा सरस्वती जगाउने गरिन्छ। यसरी देवी देवतालाई सम्झेर सरस्वती जगाउँदा धेरै जसोको सरीरमा सरस्वती चढेर काप्ने गर्छन् ।

पुरुषको पोशाक लगाएका मादले कम्मरमा मादल भिरेर मादल बजाउँदै नाच्छन् भने महिलाको मौलिक भेषभुषामा सजिएका पुरुष नै मारुनी बनेर नाच्ने गर्छन् । पुख्र्यौलीमा मुख्य गीत निकाल्ने गिताङ्गेले पुराना राजा रानी र देवी देवताका कथा संगै माया, प्रेम र आफ्नो पुर्खाका दुःख–सुखलाई समेटेर सोरठी गीत गाउने गर्छन भने महिलाहरुको समूहले लामो स्वरमा हाइ भरेर साथ दिने गर्छन। 
यस पटकको आठौँ म्याग्दी महोत्सवमा मौलिक कला र संस्कृतिको संरक्षणको लागि पुख्र्यौली, भवन, रत्यौली, लोकदोहारी लगायतका प्रतियोगितालाई प्राथमिकता दिइएको म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष एवं लोकसंस्कृति प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक लिलाराम गौतमले जानकारी दिए ।

विभिन्न आठ समूहले सहभागिता जनाएको पुख्र्यौली प्रतियोगितामा धवलागिरि गाउँपालिका-३ मुना पुख्र्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका-८ को काफलडाँडा पुख्र्यौली समूह द्धितिय हुन सफल भएका छन् ।

प्रतियोगितामा बिजेता समूहलाई नगद ३५ हजार १ सय र उपबिजेतालाई नगद २० हजार १ सयको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । महोत्सवमा आयोजित पुख्र्यौली लगायतका मौलिक कला र संस्कृतिको प्रतिस्पर्धाले महोत्सव स्थल संगीतमय बनेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १८:४३
##punmagar
प्रतिक्रिया दिनुहोस्
थप समाज
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा बुधबार, जेठ १३, २०८३
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु बुधबार, जेठ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
  • नंः ५ कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं ।
विचार
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्