Top Navigation
Main Navigation
बुधबार, माघ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, माघ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख १०, २०८२

मनाङ । गण्डकी प्रदेशको विकट मानिएको जिल्ला मनाङमा विधिवत रुपमा नै सार्वजनिक बस नियमित रुपमा सञ्चालन भएको छ ।

ट्रयाक खोलिएको २२ वर्षपछि जिल्लाको सदरमुकाम चामेसम्म सार्वजनिक बस चलेपछि यहाँका स्थानीयबासीमा खुशीयाली छाएको छ ।

बस नियमित चल्ने भएपछि यहाँका स्थानीयले लमजुङ र मनाङको सिमानामा नै फुलमालासहित स्वागत गरेका छन् । प्रतिनिधि सभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको प्रमुख आतिथ्यतामा नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरिएको हो ।

कालो पहाड बाटो भएर बस सञ्चालन हुन्छ भन्ने लागेको स्थानबाट नै बस चलेपछि हर्षित बनेका स्थानीयले भव्यरुपमा बसलाई स्वागत गरेका हुन् । सांसद गुरुङले नेपाली सेनाले द्वन्द्वकालमा सुरुआत गरेको ट्रयाक खोल्ने कार्य द्वन्द्वकालमा नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण भएको मनाङको मेरुदण्डको रुपमा रहेको एक मात्र सडकमा बस सेवा सञ्चालन गर्ने लक्ष्य पुरा भएको बताए।

विसं २०८१ चैत ७ गते पहिलो पटक यात्रु लिएर बस आइपुगेको मनाङमा सहज रुपमा सार्वजनिक बस सेवा नियमित हुने गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । लमजुङ सदरमुकाम बेसीशहरबाट रिजर्भ यात्रु लिएर बेसीशहर पोखरा रुट चल्ने कान्छा सफारीको ना ६ ख ९५७९ नम्बरको यात्रुबहाक बस पहिलो पटक मनाङ सदरमुकाम चामे ल्याउन सफल भएको थियो । परीक्षण सफल भएपछि  नियमित सञ्चालन गरिएको हो ।

ना ६ ख ९५७९ र ना ७ ख ७२६७ नम्बर बस नियमित रुपमा यात्रुसहित आवतजावत गर्नेछन् । मनाङमा निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युतका सामान लिएर १० चक्के ट्रकहरु समेत सहज रुपमा पुग्ने गरेका छन् । बस पनि लान सकिन्छ भन्ने लागेर परीक्षणमा पठाइएको बस चालकले सकिने बताएपछि समन्वय गरिएको हो।

डेढ दशक अघि नै मोटर चल्न थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यातायात सेवा दिइरहेका छन्। बेसीशहरबाट चामेसम्मको ६५ किलोमिटर सडकमा यात्रा गर्न अब बोलेरो जीपसँगै बसमार्फत सेवा प्रवाह हुने भएको छ । बेशीसहर–चामेसम्मको भाडादर सात सय ४० कायम गरिएको छ।

बेसीशहरबाट चामेसम्म तिनै सवारीसाधनले मालसामान समेत ढुवानी गर्ने गरेकामा बसमार्फत सहज रुपमा ढुवानी गर्न सकिनेछ । अझ पर्यटक चल्ने सिजनमा अधिकांश सर्वसाधारणले तिनै सवारीसाधनमा समेत सहजै यात्रा गर्न पाउँदैनन् । बस सञ्चालनमा आएपछि स्थानीयबासीलाई सहज हुनेछ । चर्को भाडाको मारमा परेका स्थानीयका साथै पर्यटकलाई आर्थिक भार समेत कम हुने भएको छ ।
बेसीशहर–चामे सडक अन्तर्गत बेसीशहरदेखि खुदीसम्मको ७ किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ–ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ। बाँकी ४७ किलोमिटर कच्ची सडक रहेकोमा सडकका साँघुरा घुम्तीहरुमा मर्मत सुधार गरी बस सञ्चालन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०८:२४
##manang #chame #publicbus #bus #busoperation
प्रतिक्रिया दिनुहोस्
थप समाज
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा 
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा  मंगलबार, माघ ७, २०८२
आज कस्ताे रहला माैसम ?
आज कस्ताे रहला माैसम ? मंगलबार, माघ ७, २०८२
आज विदेशी मुद्राको विनिमयदर कुनकाे कति ?
आज विदेशी मुद्राको विनिमयदर कुनकाे कति ? मंगलबार, माघ ७, २०८२
आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै
आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै सोमबार, माघ ६, २०८२
चिसोले सुनसान छ खुम्बु क्षेत्र
चिसोले सुनसान छ खुम्बु क्षेत्र सोमबार, माघ ६, २०८२
गाई–भैँसी पालनबाट मासिक डेढ लाख आम्दानी
गाई–भैँसी पालनबाट मासिक डेढ लाख आम्दानी सोमबार, माघ ६, २०८२
मुस्ताङमा हिउँचितुवाको आतङ्क
मुस्ताङमा हिउँचितुवाको आतङ्क शनिबार, माघ ४, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना शनिबार, माघ ४, २०८२
कालीकोटमा नदीमा जिप खस्दा तीन जनाको मृत्यु
कालीकोटमा नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः २ यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
  • नंः ३ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्