कञ्चनपुर । कञ्चनपुरमा एक दशकदेखि निर्माणधीन चार पक्की पुल अलपत्र परेका छन् । चारै पुल ठेकेदारकाे लापरवाहीले अलपत्र परेका हुन् ।
सरकारले जिल्लाका विभिन्न नदी, नाला खोलाहरुमा निर्माणका लागि ठेक्का दिएका चार पुल अहिलेसम्म निर्माण भएका छैनन । दोदा नदी, ओदाल खोला, मलरिया नाला र मुसेपानी खोलामा अहिलेसम्म पुल निर्माण नहुँदा सर्वसाधारण मारमा परेका छन । चारै पुलको पहिलो सम्झौता निर्माण म्याद सकिएको चौथौँ, पाचौँ पटक म्याद थप हुँदा समेत पुल निर्माण हुन सकेको छैन् ।
यी हुन अलपत्र परेका पुल
आर्थिक वर्ष ०७१/०७२ मा ठेक्का भएको देखतभूली लालझाडी जोड्ने दोदा नदीको पुल अझै अधुरै छ । लुम्बिनी राजेन्द्र कुमार शर्मा जेभीले २४ करोड, २२ लाख, ५७ हजार लागतमा निर्माणको जिम्मा पाएको उक्त पुलको २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यस अघि उक्त पुलेको पहिलो डिजायन असफल भएपछि दोस्रो बनाईएको थियो ।
पुल निर्माणका लागि लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभीले सडक डिभिजन कार्यालय महेन्द्रनगरसंग ७० मिटर लम्बाई फुटपात सहित ११ मिटर चौडाईको पुल निर्माणका लागि २६ पुष ०७२ मा सम्झौता गरेको थियो । २६ पुष ०७५ मा सम्पन्न गर्नुपर्ने भएपनि पुल निर्माणका क्रममा प्राविधिक त्रृटी देखिएपछि पुल निर्माण कार्य अलपत्र परेको थियो ।
तीन पिलर गाडेर चौथो पिलर गाड्ने क्रममा दलदल भेटिएपनि पुलको डिजायन नै परिर्वतन गरेपनि ३ बर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल १० बर्षवितिक्दा पनि पुल निर्माण भएको छैन ।
सम्झौता सकिएपछि पहिलो पटक २७ पुष ०७५ देखि २५ माघ ०७७ सम्म म्याद थप भयो, पहिलो पटक म्याद थप भएपनि काम शुरु नै नभएपछि दोस्रो पटक २६ माघ ०७७ मा ३० असार ०८० सम्म सक्नेगरी म्याद थप गरिएको म्याद निरन्तर थप्दै आगामी ०८२ माघसम्मै भएपनि पुल निर्माण समयमै नहुने शंका उब्जाएको छ ।
बुडर नायल बंक रोड अन्र्तरगत कृष्णपुर नगरपालिका १ बंकको ओदाल खोलामा आर्थिक बर्ष ०७२/०७३ मै जिम्मेबारी पाएको थागिम गल्वा भेजी भेन्चरले ५ करोड, ४७ लाख, ४ हजारमा ठेक्का पाएको थियो । हाल ८० प्रतिशत मात्रै प्रगति भएको छ । समयमै निर्माण सम्पन्न नसकेको भन्दै निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालय महेन्द्रनगरले १० प्रतिशत हर्जना लगाएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले समयमै पुल निर्माण गर्न नसकेपछि दोधाराचाँदनी १ मलरिया नालाको ठेक्का तोडिदिएको छ । शंकरमाली अकेला जेभीले ४करोड ६१लाख, ३४ हजार लागतमा निर्माण जिम्मा पाएको पुलको हालको प्रगती ५५ प्रतिशत मात्रै रहेको छ ।
बेलकोट नगरपालिका ६ र ७ जोड्ने मुसेपानी खोलामा राजेन्द्र लुम्बिनी जेभीले १५ करोड, ४३ लाख, २९ हजार लगातमा निर्माण जिम्मा पाएको थियो । हाल ७० प्रतिशत मात्रै प्रगति भएको छ ।
चारै पुलकोे पटक पटक म्याद थप गर्दा समेत पुल निर्माण गर्न नसकेपनि भौतिक प्रगति भन्दा बढि वित्तिय भुत्तानी गरिएको छ । दोदा पुलको भौतिक प्रगति २० प्रतिशत, वित्तिय भुक्तानी ४५ प्रतिशत, ओदाल खोलाको भौतिक प्रगति ८० प्रतिशत वित्तिय झुक्तानी ७८ प्रतिशत, मलरिया नालाको भौतिक प्रगति ५५, वित्तिय प्रगति ५३ र मुसेपानी खोलाको भौतिक र वित्तिय प्रगति बारबरी ७०/७० रहेको छ ।
सडक डिभिजन कार्यालयले काम नगर्ने ठेकेदारमाथि डण्डा बजाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकार समेत रहेका ईन्जिनियर प्रसाद जोशीले अलपत्र पारिएका चारै पुलमा कार्यालयबाट उच्च निगरानी राखिएको बताए।
ईन्जिनियर जोशीका अनुसार मलरिया नाला पुलको ठेक्का तोडिएको बताए । ठेकेदारले बदमासी गरेपछि कार्यालयले ठेक्का तोडेर नयाँ ठेक्का लगाउने तयारी गरेको बताए। हाल उक्त पुलको प्रगति आधा मात्रै भएको छ । ओदाल खोलाको पुल निर्माणका लागि निर्माण कम्पनीलाई १० प्रतिशत हर्जना लगाएको बताए । दोदा नदीको पुलेको आगामी १२ माघ ०८२ सम्म म्याद थप भएकाले निर्माण कार्य अघि बढेको बताए ।
सडक डिभिजन कार्यालय मातहत ठेक्का भएका पुल १०औँ बर्ष वितिसक्दा पुरा नभएपछि पुर्वपश्चिम महेन्द्रराजमार्ग मर्मत सम्भार भने तिव्र रुपमा भईरहेको जनाएको छ। गड्डाचौकी अत्तरिया, अत्तरिया चिसापानी र अत्तरिया फल्टुडेसम्मको बिग्रीएको सडक मर्मत कार्य भर्ईरहेको जनाएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी ईन्जिनियर हरिस प्रशाद जोशीले एमएस कस्ट्रक्सनले ७०लाख बजेटमा गड्डाचौकी अत्तरिया सडक, कापली कस्क्ट्रक्सन प्रालिले ४५लाखमा अत्तरिया चिसापानी र घोडासैनी निर्माण कम्पनीले २९लाखमा अत्तरिया फल्टुडे सडक मर्मत गरेको छ । ठेकेदारले दशकौँ वितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र पारेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
स्थानीयले पुल निर्माण नहुँदा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको बताएका छन । लालझाडी, कृष्णपुर, बेदकोट र दोधाराचाँदनी क्षेत्रका स्थानीय मारमा परेका हुन ।
दोधाराचाँदनीका स्थानीय महादेव भट्टले ठेक्का भएको आठ बर्ष वितिसक्दा पनि पुल निर्माण नहुनु दुखत भएको बताए । ‘काम शुरु गरेको आठ बर्ष भयो, ‘उनले भने, ‘ठेकेदार कहिले आउँछ, जान्छ ।’ ठेकेदारले स्थनीयसंग बजेट नभएको बहाना गरेर काम नगरेको बताउँदै फर्किने गरेको उनले बताए ।
लालझाडी गाँउपालिका ५ देखतभूलीका स्थानीय पदमा रानाले पक्की पुल निर्माण नहुँदा बषौँदेखि नदी तर्न काठको पुलको पुल प्रयोग गर्दै आएको बतार्ईन । ‘बषौँ भइसक्दा पनि शुल्क तिरेर काठको पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना छ, ‘उनले भनिन, ‘चुनावमा जहिले पनि नेताहरू पुल बनाउँछु भन्छन, चुनाव जितेर गएपछि बिर्सिन्छन्न ।’
दोदामा पुल नहुँदा नागरिकले काठेपुलमा मोटरसाईकल, साईकलको शुल्क तिरेर आवत जावत गर्नुपर्ने बाध्यता भएको बताए । ‘नदिमा पुल छैन, स्थानीय समितिले निर्माण गरेकै काठेपुल प्रयोग गर्दा सवारी साधनको शुल्क तिनुपर्छ, ‘उनले भनि, ‘शुल्क भन्दा पनि जान जोखिममा राखेर आवत जावत गर्नुपर्ने बाध्यता छ ।’ एक पटकका लागि साईकल २० र मोटरसाईकल ४० रुपैँया तिनुपर्ने बाध्यता छ । देखतभूलीका स्थानीय अगुवा जनकराज जोशीले सम्बन्धीत निकायबाट ताकेता नहुँदा ठेकेदार कम्पनीले लार्पबाही भएपछि पुल निर्माण कार्य अलपत्र परेको बताए ।
लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी पुल निर्माण तत्त्कालिन साईड इन्चार्ज गोबिन्द विष्टले अहिलेनिर्माण कार्य शुरु भएको बताए ।‘विगतको डिजायन अनुरुप त्रृटी भेटियो, कंङक्रिड भेटिएन, ‘उनले भने, ‘दोस्रो पटकको डिजायन समेत ढिलापाईयो, अहिलेको थपको समयमले काम समयमै सम्पन्न नहुने भएकाले म्याद थप्नुपर्छ ।’ अहिले पुल निर्माणको काम भईरहेको बताउँदै अब निरन्तर काम हुने उनले बताए । लालझाडी गाँउपालिका अध्यक्ष निर्मल रानाले समयमै पुल निर्माणका लागि पालिकाले सम्बन्धीत निकायलाई दवाव दिने बताए ।