Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विवाह गर्न गएका दुई युवती बिचल्लीमा
विवाह गर्न गएका दुई युवती बिचल्लीमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, वैशाख ३०, २०८२

काठमाडौँ । समलिंगी सम्बन्धलाई स्वीकार नगर्ने परिवारका कारण विवाह गर्न गएका दुई युवती बिचल्लीमा परेका छन्।

एक युवतीलाई प्रहरीले बचाए पनि अर्की युवतीलाई भने जबरजस्ती परिवारको जिम्मा लगाइएको छ, जसमा प्रहरीकै संलग्नता देखिएको छ। २२ वर्षीया रमिता तामाङ (परिवर्तित नाम) र उनकी समकक्षी शिलु रम्तेल (परिवर्तित नाम) दुई वर्षदेखि समलिंगी सम्बन्धमा थिए।

उनीहरू विवाह गर्न सिन्धुलीको सुनकोशी गाउँपालिकामा निवेदन लिएर पुगेका थिए। तर रमिताको परिवारले जबरजस्ती उनलाई छुट्याउन ‘हराएको’ भनी प्रहरीमा उजुरी दिएको थियो।

शुक्रवार बिहान सातदोबाटो प्रहरी वृत्तमा दुवै परिवार पुगेपछि तनावग्रस्त स्थिति बन्यो। रमिताकी भाउजू प्रहरी कार्यालयमै शिलुसँग झम्टिइन्। प्रहरीले दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गर्दा रमिता शिलुसँगै विवाह गर्न चाहेको खुलेको थियो। तर, परिवारले मानेन।

Nepal Oil Corporation

प्रहरीले सुरक्षाको कारण देखाएर दुवै युवतीलाई जाउलाखेल महिला सेलमा पठायो। तर, त्यहाँ पनि रमिताकी भाउजू आक्रामक रूपमा प्रस्तुत भइन्। उनले रमितालाई अपहरण शैलीमा तानेर लैजाने प्रयास गरिन्। प्रहरीले ‘कानुनी कारबाही हुन्छ’ भनेपछि उनी केही समय शान्त भइन्।

तर, अन्ततः जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले रमितालाई दाइभाउजूकै जिम्मा लगाउने निर्णय गरे। रमिता असुरक्षित हुने बताउँदै रोएकी थिइन्, तर उनको आवाजलाई बेवास्ता गर्दै उनलाई जबरजस्ती परिवारसँग पठाइयो।

शिलुले प्रहरीकै अगाडि अपहरणजस्तो शैलीमा रमिता लगिएको भन्दै आपत्ति जनाइन्। “जसबाट म असुरक्षित छु, त्यसैको जिम्मा दिन मिल्छरु” भन्ने उनको प्रश्नमा महिला सेलका अधिकारी मौन भए।

यस घटनाप्रति प्रतिक्रिया दिँदै संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले गम्भीर मानवअधिकार उल्लङ्घन भएको भन्दै विज्ञप्ति जारी गरेका छन्। “प्रहरीकै संलग्नतामा समलिंगी महिलाको अपहरण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यो केवल प्रशासनिक लापरबाही होइन, समलिंगी समुदायप्रति राज्यको गैरजिम्मेवार रवैया पनि हो।”

नेपालको सर्वोच्च अदालतले २०८० असार १२ गतेको आदेशबाट समलिंगी तथा तेस्रोलिंगी व्यक्तिहरूलाई विवाहको अधिकार दिएको छ। हालसम्म १५ भन्दा बढी समलिंगी जोडीहरूले विवाह दर्ता गराइसकेका छन्। मायाको पहिचान नेपालले रमिता र शिलुको सुरक्षाको ग्यारेन्टी गर्न, दोषी प्रहरी अधिकारीमाथि छानबिन गर्न र भविष्यमा यस्ता घटनाबाट जोगिन सरकारसँग आग्रह गरेको छ।

प्रहरीको संलग्नतामा समलिंगी महिलाको अपहरण स् गम्भीर मानवअधिकार उल्लंघनप्रति आपत्ति : मिति २०८२ बैशाख २६ गते, जिल्ला प्रहरी कार्यालय ललितपुरको प्राङ्गणबाट समलिंगी जोडीमध्ये एक सदस्य, परिवर्तित नाम ‘रमिला लामा’, लाई उनका दाजु र भाउजुले अपहरण गरी जबरजस्ती लगेका छन्।

उमेर पुगेकी रमिला र उनकी पार्टनर आपसी सहमतिमा विवाह गर्न चाहन्थे। विवाह दर्ताका लागि सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका गएका बेला रमिलाको भाउजुले ‘रमिला हराइन्’ भन्ने झुटो उजुरी प्रहरीमा दर्ता गराइन्।

सोही उजुरीका आधारमा ललितपुर प्रहरी परिसरले दुवैलाई कार्यालयमा बोलाएको हो, यद्यपि उनीहरू भागेका थिएनन् र परिवारसँग निरन्तर सम्पर्कमै थिए। प्रहरी कार्यालयमा उपस्थित भएपछि रमिलाले आफू अघिल्लो समयदेखि नै परिवारबाट गालीगलौज र कुटपिटको सिकार भएको, र अहिले पनि असुरक्षित महसुस गरिरहेकी स्पष्ट रूपमा बताइन्।

तर ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले गम्भीरता नदेखाई अपमानजनक शैलीमा, “तैले के नाटक लिएर आको ?”, “त साला हरूको के नाटक हो ?”, “केटा र केटी त हात समाएर हिँड्दैनन्” जस्ता शब्द प्रयोग गर्दै रमिलालाई पुनः उनका भाउजुको जिम्मा लगाइदिए।

असुरक्षित हुने कुराको जानकारी हुँदाहुँदै पनि प्रहरीकै अगाडि समलिंगी महिलालाई जबरजस्ती परिवारको नियन्त्रणमा फर्काइने कार्य गम्भीर प्रशासनिक त्रुटी मात्र नभई मानवअधिकारको स्पष्ट उल्लंघन हो। नेपालको सर्वोच्च अदालतले २०८० साल असार १२ गते दिएको आदेशअनुसार समलिंगी तथा तेस्रोलिंगी व्यक्तिहरूलाई विवाह गर्न सक्ने कानुनी अधिकार प्रदान गरिएको छ।

हालसम्म १५–१६ समलिंगी जोडीहरूले विवाह दर्ता गराइसकेका छन्। रमिला र उनकी पार्टनरले पनि यही अधिकार प्रयोग गर्दै विवाह गर्न खोजेका थिए। तर, राज्यका अंगबाटै उक्त अधिकार हनन हुनु, अपहरणमा सघाउन प्रहरीको संलग्नता देखिनु अत्यन्त निन्दनीय र अस्वीकार्य छ। यस घटनाप्रति मायाको पहिचान नेपाल गम्भीर आपत्ति प्रकट गर्दछ। हामी नेपाल प्रहरीसँग निम्न मागहरू गर्दछौं : 

१. रमिला र उनकी पार्टनरको तत्काल सुरक्षा सुनिश्चित गरियोस्।
२. उनीहरूले आपसी स्वीकृतिमा सँगै बस्न चाहेका खण्डमा त्यसमा कुनै हस्तक्षेप नगरियोस्।
३. घटनामा संलग्न प्रहरी अधिकारीमाथि निष्पक्ष अनुसन्धान गरी आवश्यक अनुशासनात्मक कारबाही गरियोस्।

मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्नु राज्यको मौलिक कर्तव्य हो। प्रहरीबाटै हुने यसप्रकारको गैरजिम्मेवार, पूर्वाग्रही र विभेदपूर्ण व्यवहारले समलिंगी समुदायमाथि थप अन्याय र भयको वातावरण सिर्जना गर्दछ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाज
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु शुक्रबार, असार २७, २०८२
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु बिहीबार, असार २६, २०८२
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु बिहीबार, असार २६, २०८२
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती बिहीबार, असार २६, २०८२
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान बिहीबार, असार २६, २०८२
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता बुधबार, असार २५, २०८२
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति बुधबार, असार २५, २०८२
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान बुधबार, असार २५, २०८२
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ?
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ? बुधबार, असार २५, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्