माेरङ । मोरङबाट एकै दिन २० जना लागु औषध ब्राउनसुगर सहित पक्राउ परेका छन । मोरङको रतुवामाई र उर्लाबारीबाट २ जेठ शुक्रवार लागूऔषध ब्राउन सुगर सहित २० जना पक्राउ परेका हुन् ।
स्थानिय प्रहरी र कोशी प्रदेशको लागु औषध ब्युरोले साना नाकाहरुबाट भारतीय सिमा क्षेत्रमा गएर ब्राउन सुगर सेवन गरि खरिद गरेर फर्कने गरेको सूचना प्राप्त गरेपछि चेकजाँचका क्रममा मोरङ रतुवामाइ नगरपालिका–२ बाट १७ जनालाई र उर्लाबारी नगरपालिका–४ बाट जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले झण्डै ४० ग्राम बरावार ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
केशी प्रदेश प्रहरीका अनुसार चालु बर्ष २०८१ । ०८२ को चैत सम्म १ केजी ८ सय ४० ग्राम ब्राउन सुगर बरामद गरेको छ । यसैगरि विभिन्न लागू औषध ओसार पसार आरोपमा चैत सम्ममा १५ सय १६ जना पक्राउ परिसकेका छन ।
प्रहरीका अनुसार पहिले सस्तो मेडिकल ड्रग्सलाई लागु औषधका रुपमा प्रयोग गर्दै आएका दुब्र्यसनीहरुले आजकल महंगो केमिकल ड्रग्स ब्राउन सुगर प्रयोग गर्न थालेका छन ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२ १६:१९