Top Navigation
Main Navigation
बुधबार, जेठ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, जेठ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • झापाकाे मेचीनगरमा चितुवा आतंक
झापाकाे मेचीनगरमा चितुवा आतंक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ २०, २०८२
Api Himal

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका- २ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

दिनभरि चियाबगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर- २ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतंक खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतंक खेप्नुपरेको उनले बताए ।

‘हात्तीको नियमित आतंक, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ,’ वडाध्यक्ष बराल भन्छन्, ‘प्रत्येक दिन खोरबाट बाख्रा, सुँगुर तानेर खाइरहेको छ । अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ ।’ हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगुर मारेर चितुवाले खाइसकेको छ । स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको उनले बताए ।

Nepal Oil Corporation

‘अहिलेसम्म खसी–बाख्रा मात्र मारिरहेको छ,’ उनले भने, ‘चितुवाले कुनै पनि वेला बालबालिका, बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन ।’ मानवीय क्षतिको समेत त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लिन फलामे खोरमा पासो थापिएको उनले जानकारी दिए ।

उनले डिभिजन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका संघसंस्था र व्यक्तिहरूलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरेका छन् । उनले यस क्षेत्रमा दुई वा सोभन्दा बढी वयस्क चितुवा रहेको दाबी गरे ।

दुई महिनाअघि मेचीनगर– ४, बाहुनडाँगीमा समेत चितुवाले स्थानीयवासीको एक दर्जन खसी–बाख्रा मारेको थियो । कन्काईस्थित जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याएर पासो थापे पनि हालसम्म चितुवा नियन्त्रणमा लिन नसकेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले पशु चौपाया मार्ने खाने गरे तापनि मानवीय क्षति नभएको बताए । उनले चितुवा हिँडिरहने जनावर भएका कारण इलाम–झापाको सीमावर्ती क्षेत्रमा बस्ने गरेको हुन सक्ने बताए ।

सात वर्षअघि पनि यही क्षेत्रमा चितुवा देखापरेको थियो । त्यसवेला खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको वडाध्यक्ष कार्कीले बताए । बाहुनडाँगीनजिकै सीमावर्ती भारतीय क्षेत्रमा वन्यजन्तु आरक्षण केन्द्र भएको हुँदा त्यहाँबाट कहिलेकाहीँ जंगली जनावर डुल्दै आइपुग्ने गर्छन् । विगतमा निगाले बाघ र गौरी गाईसमेत बाहुनडाँगीमा फेला परेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुदूरपश्चिम धनगढीका सडक सुनसान, सर्वसाधारणलाई सास्ती
सुदूरपश्चिम धनगढीका सडक सुनसान, सर्वसाधारणलाई सास्ती मंगलबार, जेठ २१, २०८२
विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि मंगलबार, जेठ २१, २०८२
सेनाले बनायो अछामको  बर्दादेवीमा हेलिप्याड
सेनाले बनायो अछामको  बर्दादेवीमा हेलिप्याड मंगलबार, जेठ २१, २०८२
झापामा ‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु
झापामा ‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु मंगलबार, जेठ २१, २०८२
कान्ति लोकपथ चार दिन बन्द हुने
कान्ति लोकपथ चार दिन बन्द हुने मंगलबार, जेठ २१, २०८२
उदयपुरमा विपत् पूर्वतयारी कृत्रिम घटनाकाे अभ्यास 
उदयपुरमा विपत् पूर्वतयारी कृत्रिम घटनाकाे अभ्यास  मंगलबार, जेठ २१, २०८२
कैलालीमा विषादी प्रयाेग गरिएकाे आँप जफत
कैलालीमा विषादी प्रयाेग गरिएकाे आँप जफत सोमबार, जेठ २०, २०८२
कटारी नगरपालिकाकाे नयाँ प्रशासकीय भवनबाट सेवा सुरु
कटारी नगरपालिकाकाे नयाँ प्रशासकीय भवनबाट सेवा सुरु सोमबार, जेठ २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
  • नंः ४ सेनाले बनायो अछामको  बर्दादेवीमा हेलिप्याड
  • नंः ५ सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पाबीच सम्झौता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्