ताप्लेजुङ । ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका– ३ मा एकजनाकाे हत्या भएको छ । गएराति १:४५ बजेतिर २८ वर्षका तेजेन्द्र लिम्बूकाे हत्या गरेको ताप्लेजुङका प्रहरी प्रमुख वेदप्रसाद गौतम बताए ।
ताप्लेजुङ फुङलिङ नपा– ६ उकालीपानी बस्ने वर्ष ३२ को अर्जुन गुरुङले खुकुरी प्रहार गरेको गौतमले बताए । फुङलिङ नगरपालिका –६ निवासी गुरुङ फक्ताङलुङ गाउँपालिका ३ तावा बस्ने फुपू योगमाया लिम्बूको घरमा पाहुना गएका थिए । यहाँ उनी र श्रीमतीबिच सामान्य विवादपछि झगडा भएकाे थियाे ।
झगडा भएछछि फुपूले सम्झाइबुझाई आफ्नो घर जानु भनी श्रीमतीसहित छिमेकी खड्कबहादुर लिम्बूको छोरा वर्ष २८ को तेजेन्द्र लिम्बूको साथ लगाई पठाइन् । घर आउने क्रममा फक्ताङलुङ गाउँपालिका– ३ सिस्ने खोलानजिक बाटोमा अर्जुन गुरुङले एक्कासि धारिलो हतियार खुकुरीले तेजेन्द्र लिम्बूको बायाँपट्टिको कोखमा प्रहार गरे । खुकुरी प्रहारपछि लिम्बूकाे मृत्यु भयाे । गुरुङलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०८२ १७:१७