Top Navigation
Main Navigation
शुक्रबार, कात्तिक ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, कात्तिक ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • त्रियुगा नदी वारवार गराउन वडाअध्यक्षले किने डुंगा
त्रियुगा नदी वारवार गराउन वडाअध्यक्षले किने डुंगा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ २४, २०८२

उदयपुर । वडावासीलाई त्रियुगा नदी वारवार गराउन चौदण्डीगढी नगरपालिका– ९ का वडाध्यक्ष प्रकाश राउतले डुंगा खरिद गरेर सञ्चालनमा ल्याएका छन् । 

राउतले आफ्नो  वडा त्रियुगा नदीको वारिपरिको बिचमा रहेकाले ज्यामिरेघाटमा डुंगा खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । हिउँदमा त्रियुगा नदीमा ह्युमपाइप राखेर क्जवे निर्माण गरी यातायात सञ्चालन गर्दै आएका वडाध्यक्ष राउतले बर्खा लागेसँगै डुंगा खरिद गरेर सञ्चालनमा ल्याएको बताए । उनी भन्छन्, ‘हिउँदमा ह्युमपाइप राखेर क्जवे निर्माण गरी यातायात सञ्चालन गर्दै आएको थिएँ । बर्खा लागेसँगै त्रियुगा नदीमा आएको बाढीले बगाएर लग्यो । त्यही भएकाले अहिले डुंगा सञ्चालनमा ल्याएको छु ।’

राउतले चौदण्डीगढी नगरपालिकासँग सहयोग मागी एक लाख ७५ हजार रुपैयाँमा खरिद गरेर ल्याएको जानकारी दिए । उनले भने, ‘त्रियुगा नदीको सिवाई–बेल्हा जोड्ने त्रियुगा नदीकै पक्की पुल पनि बनेको छैन । मेरो वडा ज्यामिरेघाटमा पक्की पुल निर्माणका लागि पटक–पटक नगरपालिका, प्रदेश र संघीय सरकारसँग पनि माग गरेँ । कसैले सुनुवाइ गरिदिएनन् । अनि बर्खा लागेपछि ढुंगा सञ्चालन गर्दै आएका छु । हिउँद ह्युमपाइम राखेर कज्वे निर्माण गर्छु ।’

Nepal Oil Corporation

डुंगामा नदी तर्न स्थानीयले प्रतिव्यक्ति ५० रुपैयाँ, खसीबाख्राको २० रुपैयाँ र चामलको बोरा पाँच रुपैयाँ प्रतिबोरा पैसा तिर्नुपर्ने नियम पनि बनाएको बताए । उनले भने, ‘जनताकै सेवाका लागि डुंगा सञ्चालनमा ल्याएको हुँ । अब भोलि त्यही डुंगा मर्मत गर्नका लागि पनि अलिअलि सहयोग लिने मौखिक नियम बनाएको छु ।’ उनले त्यस वडामा नेकपा एमालेको तर्फबाट ०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका थिए । त्यसवेला पनि उनले ज्यामिरेघाटमा पक्की पुल नगरपालिका, प्रदेश र संघीय सरकारसँग पनि माग गरेका थिए । तर, नपाएपछि डुंगा सञ्चालन गर्दै आएको गुनासो गरे । 

चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारबाट त्रियुगा नदीपारि वडा नम्बर ५, ९ र १० वडाका २० हजार नागरिक बसोबास गर्दछन् । उता त्रियुगा नदीमै पर्ने सिवाई–बेल्हा जोड्ने पक्की पुल पनि निर्माणाधीन अवस्थामा बाढीमा बगेर अलपत्र परेको छ ।  हडियाका चन्द्रलाल गिरीले हिउँदमा नदीमा ह्युमपाइप राखेर हडिया–ज्यामिरे आउजाउ भए पनि बर्खामा बन्द हुने गरेको बताए ।

उनले भने, ‘पछिल्लो समय वडाध्यक्षले डुंगा सञ्चालनमा ल्याउनुभएको छ । त्यसकारण अलि सहज भएको छ ।’ वडा नम्बर ५, ९ र १० वडाका २० हजार नागरिक वारिपारि रहेका वडा कार्यालय जान होस् वा पारि हडिया क्षेत्रका नागरिक नगरपालिकाको केन्द्र आउन होस् त्रियुगा नदी तर्नुपर्ने बाध्यता छ । उनै स्थानीय गिरी भन्छन्, ‘बर्खामा डुंगा नहुँदा नदीमा हेलिएर तर्नुपर्ने बाध्यता थियो ।’

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप समाज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन आइतबार, कात्तिक ३, २०८२
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित शुक्रबार, कात्तिक १, २०८२
यस्ताे छ, आज देशभर मौसम 
यस्ताे छ, आज देशभर मौसम  शुक्रबार, कात्तिक १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
  • नंः २ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ३ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ४ कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
  • नंः ५ प्रेमिल भाइरल जुँगे र अनिता थापाको अनुपम प्रेमकहानी
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्